संविधानअनुसारको शासन, संवैधानिक सिद्धान्त वा शासनको अनुगमन संविधनावाद सीमित सरकार (Limited Government) र असल सरकार (Good Governance) को अवधारणा हो । निरङ्कु श शासनविपरित कानूनबमोजिमको शासन गर्नको लागि शासक र शासितको अधिकारको परिभाषा गरी जनताको हकहितको संरक्षण गर्ने, लोककल्याणकारी राज्यको स्थापना गर्ने, संवैधानिक विचारधारासहितको संविधान हुनु नै संविधानवाद हो । संविधानवाद एउटा राजनितिक दर्शन हो । लोकतान्त्रिक शासन व्यवस्थाको आधार हो । यो संविधानको दर्शन पनि हो । संविधानवादले शासनको वैधतामा जोड दिन्छ । Constitutionalism / संविधानवाद संविधानप्रतिको निष्ठा संविधानवाद हो । संविधान साधन हो भने संविधानवाद साध्य हो । सार्वभौमसत्ता र राजकीयसत्ता जनतामा निहित हुनु हो । कानून को शासन व्यवहारीक रुपमा स्थापना गर्न र जनताको आधारभूत मानव अधिकारको संरक्षण गर्नु पनि संविधानवादको उदेश्य हो । संविधानवाद निरङ्कु श सराकरविपरितको अवधारणा हो । अतः संविधानवाद हुन सुशासन, कानूनको शासन, सीमित शासन र प्रतिनिधिमूलक शासन जस्ता विषयवस्तु आवश्यक पर्छ । संविधानवादका विशेषताहरूः-
- संवैधानिक सर्वोच्चता (Supremacy of Constitution)
- शक्ति पृथकीकरण र सन्तुलन (Separation of power and checks and balances)
- स्वतन्त्र न्यायपालिका (Independent judiciary)
- न्यायिक पुनरावोलक (Judicial review)
- स्वतन्त्र संवैधानिक अंगहरू (Independent constitutional organ)
- उत्तरदायी सरकार (Responsible government)
- प्रतिनिधीमूकल शासन (Representative government)
- नागरिक अधिकारको प्रत्याभूति (Protection of civil rights)
- अल्पमतको सम्मान (Respect of minorities)
- कानूनको शासन (Rule of law)
- विविधता व्यवस्थापन अर्थात समावेशीकरण (Diversity management and inclusion)
- शासनमा स्वयत्तता र अधिकारमा विके न्द्रीकरण (Self governance and decentralization of