You are on page 1of 17

धवलागिरि-सत्यपुर युवा क्लव

(Dhawalagiri-Satyapur Youth Club)


को विधान २०७५

प्रसतावना ;

युवा शक्ति मुलुकको अत्यन्तै ठुलो जनशक्ति हो। समाजमा भएका विकृति, विसंगति तथा असंगत
कृयाकलापहरुलाई निरुतसाहित गरि एउटा सभ्य, सुसंस्कृत, शान्त तथा सवस्थ समाज निर्माण गर्नु
अनिवार्य दे खिएको छ। आफ्नै मौलिक्तामा समाजलाई एकता वद्ध गराई स्वास्थ्य, शिक्षा, वातावरण,
खेलकुद लगायतका सामाजिक सेवामा सकृयतापुर्वक सहभागी गराउँ दै चेतनामुलक कार्यक्रमहरु संचालित
गरि मुलक
ु निर्माणको अभियानमा स्वतस्फुर्त रुपमा लाग्ने उदे श्यले ], æ धवलागिरि-सत्यपुर युवा क्लव
Æ नामक जनहितकारि सामाजिक संस्थाको स्थापना गर्न वान्छनिय भएकोले संस्था दर्ता ऐन २०३४ को
अधिनमा रही यो धवलागिरि-सत्यपुर युवा क्लव को बिधान तर्जुमा गरिएको छ ।

परिच्छे द –१

प्रारम्भ

१. संस्थाको नाम : यस संस्थाको नाम "धवलागिरि-सत्यपुर युवा क्लव” हुनेछ । अंग्रेजीमा यसलाई
(Dhawalagiri-Satyapur Youth Club) भनिनेछ । छोटकरीमा यसलाई “DYC” भनिने छ ।

(क) संस्थाको कार्यालय रहने ठे गाना : यस संस्थाको कार्यालय काठमाण्डौं जिल्ला, चन्द्रागिरी
नगरपालिका वडा नं. १० सतुंगलमा रहनेछ ।

(ख) संस्थाको कार्यक्षेत्र : यस संस्थाको कार्यक्षेत्र काठमाण्डौं जिल्ला भरी हुनेछ र सम्बन्धित स्थानिय
अधिकारीको पुर्व स्वीकृती लिई नेपालको जुनसक ु ै जिल्लामा कार्यक्षेत्र बिस्तार गर्न सकिने छ ।

२. परिभाषा ;

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा

(क) विधान भन्नाले “धवलागिरि-सत्यपुर युवा क्लव” को विधानलाई बुझाउने छ ।

(ख) संस्था भन्नाले “धवलागिरि-सत्यपुर युवा क्लव” अन्तर्गत सञ्चालित संस्थालाई जनाउने छ ।

(ग) समिति भन्नाले संस्थाले निर्वाचित गरे को पदाधिकारी तथा सदस्य रहे को कार्य समितिलाई बुझाउने
छ ।
(घ) सभा भन्नाले यस बिधान बमोजिम बसेको साधारणसभा र बिशेष साधारण सभालाई समेत जनाउने
छ ।

(ङ) पदाधिकारी भन्नाले संस्थाका पदाधिकारीहरुलाई सम्झनु पर्छ ।

(च) नियम, बिनियम भन्नाले यस विधान अन्तर्गत वनेको नियम विनियमलाई जनाउने छ ।

(छ) स्थानिय अधिकारी भन्नाले प्रमुख जिल्ला अधिकारीलाई जनाउने छ ।

(ज) तोकिएको वा तोकिए बमोजिम भन्नाले यो बिधान र यस बिधान अन्तर्गत बनेका नियम
बिनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

(झ) स्थानिय निकाय भन्नाले गाउँ पालिका, महानगर वा उपमहानगर वा नगर पालिका र जिल्ला
समन्वय समितिलाई जनाउने छ ।

३. संस्थाको छाप र चिन्ह ;

प्रचलित कानुनको प्रतिकुल नहुने गरि संस्थाको एउटा छुट्टै छाप र चिन्ह हुनेछ । छाप र चिन्ह
अनस ु चि
ु १ मा उल्लेख गरिए बमोजिमको ढाँचामा हुनेछ तर संस्थाको नाम, छाप र चिन्ह पर्व
ु दर्ता
भएको कुनै संस्था संग मेल खाएमा संशोधन प्रकृया द्वारा तरु
ु न्त संशोधन गरिनेछ ।

संस्थाको छाप गोलाकारमा “धवलागिरि-सत्यपरु यव


ु ा क्लव” लेखिएको, बीचमा "अंगालो हालेका
मानिसहरुको" सांकेतिक चित्र हुनेछ ।

परिच्छे द २

उद्देश्य

४. संस्थाको उद्देश्य ;

यस संस्थाको उद्देश्य दे हाय बमोजिम हुनेछ ।

(क) यो संस्था मुनाफा रहित जनहितकारी सामाजिक संस्था हुनेछ ।

(ख) जुवा-तास, लागु पदार्थ, धुम्रपान, मध्यपान तथा अन्य बिकृति बिसंगति हटाउन पहल गर्ने ।

(ग) सामाजिक सुबिधाका लागि आवस्यक स्थानमा नयाँ प्रबिधि जडान गर्ने ।

(घ) महिला, बालबालिका, उत्पिडित तथा बिपन्न बर्ग र ग्रमीण समुदायको हक अधिकार संरक्षणका
लागी बिभिन्न चेतनामुलक कार्यक्रम, परामर्श सेवा, कार्यशाला गोष्ठी, अभिमुखिकरण तालिमहरुको
अयोजना गर्दै त्यस्ता बर्ग र समुदायको क्षमता अभिबद्धि
ृ , सीप बिकास, जिबिकोपार्जन समेतका माध्यम
द्वारा उनिहरुको पहुँच अभिबद्धि
ृ गर्ने ।

(ङ) समाजको बिकासको लागि खानेपानी, स्वास्थय, खेलकुद, सरसफाइ, सडक सुधार जस्ता कार्यक्रमहरु
संचालन गर्ने ।
(च) दे श भित्र लुकेर रहे का बिभिन्न क्षेत्रका प्रतिभाहरुको खोजी गरि उनीहरुको कला कौशलको
उजागर गर्न बिभिन्न कला, साहित्य, संगीत समेतका बिधाहरुमा राष्ट्रिय तथा जिल्ला स्तरका
प्रतियोगिताहरुको आयोजना गर्ने ।

(छ) आवस्यकता अनुसार मनोरञजनात्मक कार्यक्रमहरु संचालन गर्ने ।

(ज) समाजमा आइपर्ने प्राकृतिक प्रकोपहरुमा युवा परिचालन गर्ने ।

(झ) सार्वजनिक स्थलको संरक्षण र संवर्धन गर्ने ।

(ञ) विभिन्न ज्ञानमुलक तथा सिपमुलक कार्यक्रमहरु संचालन गर्ने ।

(च) समाजका युवा जनशक्तीलाई एकिकृत गरि हरे क कृयाकलापमा सहभागी गराउने ।

(छ) बक्ष
ृ ारोपण समेतका माध्यम बाट समाजमा सरसफाई तथा वाताबरणीय सुधारका कार्यक्रम
सञ्चालन गर्ने ।

(ज) बाढी पिडित तथा दै बी प्रकोप बाट संकट ग्रस्त क्षेत्रमा राहत तथा पुनः निर्माणका कर्यक्रमहरु
सञ्चालन गर्ने ।

(झ) बालबालिका तथा यव


ु ामा शिक्षा तथा खेलकुद को प्रवर्धन तथा आवश्यक खेलकुद तथा शिक्षाण
सामाग्रि बितरण ।

५. संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कामहरु ;

यस संस्थाको उपरोक्त उद्देश्य प्राप्त गर्न दे हायका कामहरु गर्नेछ ;

(क) संस्थाले प्रचलित नेपाल कानन


ू बमोजिम सम्बन्धित निकायबाट अनम
ु ति वा इजाजत प्राप्त गरी
उपरोक्त उद्देश्य कार्यान्वयन गर्नेछ ।

(ख) संस्थालाई आवश्यक पर्ने भवन निर्माण गर्ने वा भाडामा वा लिजमा लिने र कम्प्यूटर, टे लिफोन,
टाइपराइटर, फ्याक्स जस्ता कार्यालय सामान तथा सवारी साधन खरिद गर्नेछ वा भाडामा लिई प्रयोग
गर्नेछ ।

(ग) संस्थालाई आवश्यक पर्ने कर्मचारी नियुक्ती गर्ने तथा उनीहरुको सेवाका सर्तहरु निर्धारण गर्नेछ ।

(घ) संस्थामा प्राप्त रकम बैंकमा जम्मा गरी बैंक खाता सञ्चालन गर्नेछ ।

(ङ) संस्थाको उद्देश्य प्राप्तीको लागी नेपाल सरकारको स्वीकृती लिई सरकारी, गैरसरकारी, स्वदे शी तथा
बिदे शी निकाय वा संस्था संग आर्थिक सहयोग आदान प्रदान तथा समन्वय गर्ने र अन्य आवश्यक
कार्यहरु गर्नेछ ।

परिच्छे द –३

सदस्यता

६. सदस्यताको वर्गीकरण
(क) साधारण सदस्य ; बिधानको दफा ७ बमोजिम सदस्यताको योग्यता पुगेको व्यक्तिले साधारण
सदस्यको लागि आवेदन दिन सक्नेछ र त्यसरी आबेदन गरी सदस्यता प्राप्त ब्यक्तीहरु साधारण
सदस्य हुनेछन ् ।

(ख) संस्थापक सदस्य ; यस संस्था दर्ता हुँदाको अवस्थाका पदाधिकारीहरु संस्थापक सदस्य हुनेछन ।
संस्थापक सदस्यहरुले साधारण वा आजिवन सदस्यता लिएर बिधान बमोजिमको शुल्क बुझाउनु पर्नेछ

(ग) आजीवन सदस्य ; संस्थाको बिकासको लागी बिशेष योगदान वा सहयोग पुर्याउने ब्यक्तीलाई
तोकिएको प्रकृया अन्तर्गत रही आजीवन सदस्यता प्रदान गरिने छ ।

(घ) मानार्थ सदस्य ; बिशिष्ट समाजसेवी तथा राष्ट्रिय ख्याती प्राप्त व्यक्ति वा संस्थाको विकासमा
उल्लेखनिय योगदान पुर्याउने वरिष्ट व्यक्ति तथा संस्थाहरुलाई यस संस्थाको निर्णयले मानार्थ
सदस्यता प्राप्त गर्न सक्नेछ, मानार्थ सदस्यले मतदानमा भाग लिन पाउने छै न । संस्थाको वैठकमा
मानार्थ सदस्यलाई आमन्त्रण गर्न सकिनेछ ।

७. सदस्यता प्राप्तीको लागि आवश्यक योग्यता ;

(क) नेपाली नागरिक भएको ।

(ख) १८ बर्ष उमेर पग


ु ेको हुनु पर्नेछ ।

(ग) मानसिक सन्तल


ु न ठीक भएको हुनु पर्नेछ ।

(घ) नैतिक पतन दे खिने फौजदारी अभियोग र भ्रष्टाचारमा सजाय नपाएको हुनु पर्नेछ ।

(ङ) दामासाहीमा नपरे को ।

८. संस्थाको सदस्य प्राप्त गर्न वा वहाल रहन नसक्ने अवस्था ;

दे हायका कुनै व्यक्ति संस्थाको सदस्य पदमा नियुक्ती हुन वा शहालमा रहन सक्ने छै न ;

(क) गैह्र नेपाली नागरिक ।

(ख) १८ बर्ष उमेर पुरा नगरे को ।

(ग) मगज विग्रेको वा वौलाएको ।

(घ) सार्बजनिक सम्पत्ती हिनामिना गरे को ठहर भएको ।

(ङ) साहुको दामासाहीमा परे को ।

(च) कुनै प्रकारको चोरी, ठगी, किर्ते वा सालसाजी गरे को वा आफ्को जिम्माको धनमाल अनधिकृत तवरले
मासेको वा दरु
ु पयोग गरे को, भ्रष्टाचार गरे को अभियोगमा अदालतबाट कसुरदार ठहरी सजाय पाएको १
बर्ष भित्र ।

(छ) सम्बन्धीत संस्थाको व्यवसायमा निजी स्वार्थ भएको ।


(ज) सदस्यता शुल्क बुझाउन बाकी भएको ।

(झ) नैतिक पतन दे खिने फौंजदारी र भ्रष्टाचारको अभियोगमा सजाय पाएको ।

९.सदस्यताको समाप्ती ;

(१) दे हायको अवस्थामा कुनै व्यक्ति संस्थाको सदस्यता वहाल रहने छै न ;

(क) दफा ८ बमोजिम सदस्य पदमा नियुक्ती हुन नसक्ने भएमा ।

(ख) साधारण सभाबाट ७५ % वहुमतले संस्थाको सदस्यपदबाट हटाउने प्रस्ताव पास गरे मा ।

(ग) सदस्यले आफ्नो पदवाट लिएको राजीनामा स्वीकृत भएमा ।

(घ) संस्थाको काम कार्वाहीमा वेइमानी वा वदनियत गरे कोकुरा अदालतबाट प्रमाणित भएमा ।

(ङ) यस विधान बमोजिम संस्थाले गर्न नहुने भनी तोकिएको कुनै कार्य गरे मा ।

(च) संस्था बिघटन भै खारे ज भएमा ।

(छ) सदस्यता शुल्क बुझाउन बाकी भएमा ।

(२) कुनै व्यक्तिलाई संस्थाको सदस्यता नियक्


ु ती हुन वा वहाल रहन अयोग्य ठहराउनु भन्दा अघि
संस्थाले निजलाई सो कुराको सच ू ना दिई सफाईको सवत ु पेश गर्ने मौका दिनप
ु र्नेछ ।

१०. सदस्यता शल्


ु क र सदस्यता प्रदान गर्ने विधि ;

यस बिधान बमोजिम शल्


ु क तिरी योग्यता पग
ु ेको ब्यक्तीले सदस्यता प्राप्त गर्न सकिनेछ ।

(१) सदस्यता शल्


ु क ;

सदस्यता शल्
ु क निम्नबमोजिम हुनेछ ;

(क) यस विधान बमोजिम सदस्यता लिन चाहने व्यक्तिले रु ५००।– तिरी आबेदन गरे मा कार्य
समितिले निर्णय गरि सदस्यता प्रादान गर्न सक्नेछ ।

(ख) साधारण सभाले उपयुक्त ठानेको समाजसेवी, बिशिष्ट ब्यक्ती तथा प्रतिष्ठित नेपाली नागरिकलाई
मानार्थ सदस्य प्रदान गर्न सक्नेछ । मानार्थ सदस्यले निर्वाचनमा भाग लिन पाउनेछैन ।

(ग) साधारण सदस्यले प्रत्येक बर्ष रु २००।– तिरी प्रत्येक बर्षको भाद्र मसान्त भित्र सदस्यता
नविकरण गर्नेछ । सो अवधि पस्चात तोकेको बिलम्ब शल्
ु क तिरी नबिकरण गर्न सकिने छ ।

(२) कुनै आबेदकलाई सदस्यता नदिने निर्णय गरे मा सो को कारण सहितको जानकारी आबेदकदाई
दिइनेछ ।

(३) सबै सदस्यहरुले यस बिधान र बिधान अन्तर्गत बमोजिम बनेका नियम बिनियमको पालना गर्नु
पर्नेछ ।
(४) संस्थाले बिधान बमोजिम सदस्यता प्रदान गरे को सदस्यहरुको तोकिएको ढाँचामा छुट्टै अभिलेख
पुस्तिका राख्नेछ ।

परिच्छे द – ४

साधारण सभा, कार्य समिति तथा बैठक सम्बन्धि ब्यवस्था

११. साधारण सभाको गठन ;

(१) यस संस्थाको बिधानको दफा ७ अनुसार सदस्यता प्राप्त गर्ने मानार्थ सदस्य बाहे क अन्य सदस्यहरु
रहे को सदस्य सहितको साधारण सभा गठन हुनेछ । मानार्थ सदस्यहरु आमन्त्रित हुनेछन ् । साधारण
सभा संस्थाको सर्बोच्च अंग हुनेछ ।

(२) यस संस्थाको सभा दे हाय बमोजिम हुनेछ ः

(क) बार्षिक साधारण सभा; बर्षको एक पटक बार्षिक साधारण सभा बस्नेछ ।

(ख) विशेष साधारण सभा; संस्थाको कुल सदस्य संख्याको २५ प्रतिशत सदस्यले कारण जनाई
अध्यक्ष समक्ष लिखित निवेदन पेश गरी विशेष साधारण सभा बोलाउन अनुरोध गरे मा कार्य
समितिको निर्णय बमोजिम अक्ष्यक्षले उक्त अनुरोध प्राप्त भएको मितिले ७ दिन भित्र विशेष
साधारण सभा बोलाउनु पर्नेछ । तर साधारण साभा वा बिशेष साधारण सभा बसेको छ महिना
भित्र पुनः बिशेष साधारण सभा बस्न सक्ने छै न ।

(३) यस संस्थाको प्रथम बार्षिक साधारणसभा संस्थापना भएको आ.व. समाप्त भएको मितिले दईु
महिना भित्रमा गरिनेछ र त्यसपछिका बार्षिक साधारण सभाहरु प्रत्येक आर्थिक बर्ष समाप्त भएको
मितिले दईु महिनाभित्र गरिनेछ ।

(४) यस संस्थाको बार्षिक साधारण सभा गर्नका लागि कम्तिमा १५ दिन अगावै र बिशेष साधारण सभा
गर्नको लागी कम्तिमा ७ दिन अगाबै सभाहुने ठाउँ , मिति, समय र छलफल गर्ने विषय खोली सबै
साधारण सदस्यलाई अनिवार्य रुपले सच
ू ना दिइनेछ ।

(५) उप दफा (४) बमोजिम बोलाइएका साधारण सभामा यस बिधान बमोजिमको गणपरु क संख्या नपग
ु ी
सभा हुन नसकेमा कम्तिमा ७ दिनको म्याद दिई पन
ु ः साधारण सभा बोलाइनेछ ।

(१२) साधारण सभाको काम कर्तब्य र अधिकार;

साधारण सभाको काम कर्तब्य र अधिकार दे हाय बमोजिम हुनेछ ः

(क) कार्य समितिले पेश गरे को योजना कार्यक्रमहरु र बार्षिक बजेट पारित गर्ने ।

(ख) लेखा परिक्षक बाट प्राप्त भएको बार्षिक लेखा परिक्षण प्रतिबेदन माथी छलफल गरि अनम
ु ोदन गर्ने
र सो प्रतिबेदनमा दे खिएका अनियमित बेरुजु रकमहरु माथी छलफल गरि नियमित गर्न नमिल्ने
रकमहरु असुल उपर गरि बेरुजु फच्र्योट गर्न कार्य समितिलाई निर्देशन दिने ।
(ग) आगामी आ.ब.को लागी लेखापरिक्षक नियुक्त गर्ने ।

(घ) संस्थाको बार्षिक कार्य प्रगगि बिवरण र संस्थाको कार्यको मुल्यांकन गरि कार्य समितिलाई
आवस्यक निर्देशन दिने ।

(ड०) कार्य समितिका पदाधिकारीहरुको अवधि पग


ु ेको भए कार्य समितिका पदाधिकारीहरुको बिधान
बमोजिम निर्वाचन गर्ने ।

(च) कार्य समिति बाट पेश भएका बिधान संशोधन, नियम तथा बिनियम स्वीकृत गर्ने ।

(छ) मानार्थ सदस्यता प्रदान गर्ने ।

(ज) कार्यसमिति बाट संस्थाको हित अनुकुल भएका काम कारवाहीहरुको औचित्य हे री अनुमोदन गर्ने ।

(झ) संस्थाको आफ्नै आन्तरिक श्रोत बाट ब्यहोर्ने गरि कार्य समितिले पेश गरे को कर्मचारीहरुको
दरबन्दी, परिश्रमिक, भत्ता तथा अन्य सबि
ु धाहरु आवस्यक्तानुसार स्वीकृती प्रदान गर्ने ।

१३. कार्य समिति;

(१) साधारण सभाका सदस्यहरु बाट निर्वाचित दे हाय बमोजिमका पदाधिकारीहरु रहने ७ सदस्यको
एक कार्य समिति गठन गरिने छ ।

अध्यक्ष ................................१

उपाध्यक्ष ........................... १

सचिव .............................. १

कोषाध्यक्ष ......................... १

सह सचिव ........................ १

सह कोषाध्यक्ष ......................... १

सदस्य ............................. ७

तर प्रथम बार्षिक साधारण सभा नभएसम्मको लागि तदर्थ समितिमा रहे का अध्यक्ष तथा सदस्य रहे को
कार्य समिति रहनेछ ।

(२) कार्य समितिका सदस्यहरुको कार्यकाल २ बर्षको हुनेछ ।

(३) बार्षिक साधारणसभा हुनु भन्दा अगावै कार्य समितिमा रहे को कुनै सदस्यको पद रिक्त हुन
आएमा बाकी अवधिका लागि कार्य समितिका सदस्यहरुको नियुक्ती कार्य समितिद्धारा गर्न सकिनेछ ।
कुनै सदस्यको पद बीचमा रिक्त भएमा सो पदममा नियुक्त भएको सदस्यको कार्यकाल सो सदस्य
जुन सदस्य पद रिक्त भई नियुक्ती भएको हो सो सदस्यको बाकि कार्यकाल सम्मका लागि मात्र हुनेछ
। तर अन्य पदहरुका लागी बिधान बमोजिम बाकी अवधिकालागी निर्वाचन प्रकृया बाट पदपर्ति ू
गरिनेछ ।
(४) कार्य समितिको बैठक आवश्यकता अनस
ु ार कार्य समितिको अध्यक्षले बोलाउनेछ । जम्मा सदस्य
संख्याको ५१ प्रतिशत सदस्यले माग गरे मा अध्यक्षले कार्यसमितिको बैठक तुरुन्त बोलाउनुपर्नेछ ।

(५) कार्य समितिको बैठकमा सदस्य स्वयं उपस्थिति हुनु पर्नेछ ।

(६) सदस्यहरुको जम्मा संख्याको कम्तिमा ५१ प्रतिशत सदस्यहरु उपस्थित नभई कार्य समितिको बैठक
हुने छै न ।

(७) कार्य समितिको बैठकको अध्यक्षता समितिको अध्यक्षले गर्नेछ । अध्यक्षको अनुपस्थितिमा
उपाध्यक्षले र उपाध्यक्षको समेत अनुपस्थितिमा बैठकमा उपस्थिति सदस्यहरुले छानेको सदस्यले
अध्यक्षता गर्नेछ

(८) कार्य समितिको बैठकमा बहुमतको निर्णय मान्य हुने तर बराबर भएमा अध्यक्षले निर्णायक मत
दिन सक्नेछ ।

(९) कार्य समितिको बैठकमा छलफल भएको विषय र तत्सम्बन्धमा भएको निर्णयको विवरण (माइन्युट)
छुट्टै कितावमा लेखी राख्नप
ु र्नेछ र सो निर्णय विवरणमा बैठकमा उपस्थित सम्पर्ण
ू सदस्यहरुले सही
गर्नुपर्नेछ तर सो निर्णयमा असहमत सदस्यले कैफियत सहित जनाई सही गर्नु पर्नेछ । ।

(१०) माथिका दफाहरुमा जन


ु सक
ु ै कुरा लेखिएको भए तापनि कार्य समितिले गर्न पाउने कुनै कामको
सम्बन्धमा कार्य समितिका सबै सदस्यहरु लिखत रुपमा सहमत भएमा त्यस्तो सहमतिको निर्णय
पस्ति
ु कामा संलग्न गरी त्यस्तो काम बैठक विना पनि गर्न सकिनेछ । त्यस्तो सहमतीलाई कार्य
समितिको बैठकको निर्णय सरह मानिने छ ।

(११) संस्थाले गर्ने भनिएको सम्पूर्ण कार्य कार्यसमितिको निर्णयबाट हुनेछ ।

(१४) कार्य समितिको काम कर्तब्य र अधिकार;

(१) संस्थाको आगामी बर्षको बार्षिक कार्यक्रम तथा अनुमानित बजेट बनाई साधारणसभामा प्रस्तत
ु गर्ने ।

(२) बिधान बमोजिमको ब्यवस्था पालना गरि साधारण सभाको निर्णय कार्यान्वयन गर्ने गराउने

(३) संस्थाको हितमा हुने कार्यक्रम सञ्चालन गर्ने ।

(४) साधारण सभा प्रति उत्तरदायी रहने ।

(५) संस्थाको उद्देश्य प्राप्तीका लागी उपलब्ध साधन र श्रोतको अधिकतम उपभोग र उपयोग गर्ने

(६) संस्थाको कार्य सम्पादन गर्न कार्य योजना बनाउने, श्रोत जुटाउने, कार्यान्वयन, सुपरिबेक्षण र
अनुगमन गर्ने ।

(७) संस्थाको कोष र सम्पत्ती सुरक्षित तरिकाले राख्न लगाउने र बैंक खाता सञ्चालन गर्ने ।

(८) संस्थाको कर्मचारीहरुको सेवा सर्त र सबि


ु धा आदि सम्बन्धि नियमावली बनाई साधारण
सभा बाट स्वीकृत गराई लागु गर्ने गराउने ।
(९) संस्थाको उद्देश्य परिपर्ति
ू को लागि आफ्नो कार्य अवधिमा उपयुक्त ब्यक्तीहरुको सल्लाहकार
समिति वा अन्य समिति उप समितिहरु गठन गर्ने तथा आवस्यक्ता अनुरुप कार्य बाडफाँड
गर्ने (१०) संस्थाको नेतत्ृ वदायी भूमिका निर्वाह गर्ने ।

१५. पद त्याग गर्न सक्ने; अध्यक्षले उपाध्यक्ष मार्फ त कार्य समिति समक्ष र उपाध्यक्ष तथा अन्य
पदाधिकारीहरुले अध्यक्ष समक्ष राजीनामा दिई पद त्याग गर्न सक्नेछन ् ।

१६. अन्य समितिहरु;

(क) यस बिधानको परिधि भित्र रहे र संस्थाको कार्य सञ्चालनको लागी कार्य समितिले आवस्यक्तानुसार
अन्य समिति वा उपसमितिहरु गठन गर्न सक्नेछ तर साधारण सभाबाट अनम
ु ोदन गराउनु पर्नेछ ।

(ख) उपदफा क बमोजिमको समिति वा उपसमितिहरुको काम कर्तब्य र अधिकार कार्य समितिले तोके
बमोजिम हुनेछ ।

परिच्छे द –५

पदाधिकारीहरुको काम, कर्तब्य र अधिकार

१७. काम, कर्तव्य र अधिकार

कार्य समितिका पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार दे हाय बमोजिम हुनेछ ः

(क) अध्यक्षको काम, कर्तव्य र अधिकार

१. संस्थाको प्रमुख भई नेतत्ृ व गर्ने ।

२. कार्यसमितिको बैठक बोलाउने वा बैठक बोलाउन सचिवलाई निर्देशन दिने ।

३. संस्थाको तर्फ बाट नियुक्त भएका कर्मचारीको रे खदे ख, नियन्त्रण तथा नियमन गर्ने ।

३. साधारण सभा र कार्य समितिको बैठकमा अध्यक्षता गर्ने, उक्त सभा र बैठकमा
मतदान हुंदा मत बरावर भएका निर्णायक मत दिने ।

४. संस्थाको तर्फ बाट प्रतिनिधित्व गर्ने वा प्रतिनिधि तोक्ने ।

५. संस्थाको हितलाई मध्यनजर गरे र अन्य कार्य गर्ने गराउने ।

६. संस्थाका पदाधिकारी वा सदस्यहरुलाई संस्थाको उद्देश्य परु ा गर्न आवश्यक जिम्मेवारी


तोक्ने ।

७. संस्थाको प्रतिनिधित्व गरी कुनै ठाउँ मा गए वाफत अध्यक्षले गरे को संस्थाको हितमा
कुनै काम वा निर्णय संस्थाले गरे सरह मानिनेछ तर त्यस्तो काम वा निर्णय संस्थाको
बैठकमा अनुमोदन गराउनु पर्नेछ ।

८. अभिलेख प्रमाणित गर्ने ।


(ख) उपाध्यक्षको काम कर्तव्य र अधिकार

१. अध्यक्षको कार्यमा सघाउ पुर्याउने वा निजले प्रत्यायोजित गरे बमोजिम कार्य गर्ने ।

२. अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षले निजका सबै कार्य, अधिकार प्रयोग तथा कर्तव्य
पालन गर्ने तर सो प्रयोगका लागि अध्यक्षले लिखित आदे श दिएको हुनु पर्दछ र यसरी
दिएको आदे शको सिमावधी भित्र रही कार्य सम्पादन र अधिकारको प्रयोग गर्नु पर्नेछ ।

३. संस्थाको कार्य प्रगतिको लेखाजोखा गरी अध्यक्षलाई अवगत गराउने ।

४. आ—आफ्नो क्षेत्रको रे खदे ख गरि समस्याको न्यूनीकरण र विकास गर्ने तर्फ विशेष
ध्यान दिने ।

(ग) सचिवको काम, कर्तव्य र अधिकार

१. संस्थाको सचिवालयको रे खदे ख र सञ्चालन गर्ने ।

२. अध्यक्षको निर्देशन अनुसार बैठक र सभा बोलाउने ।

३. अध्यक्षको पर्ण
ू नियन्त्रण र निर्देशनमा रही संस्थाको कार्यालयको दै निक प्रशासनको
कार्य गर्ने ।

४. अध्यक्षद्धारा तोकिएको जिम्मेवारी परू ा गर्ने ।

५. संस्थाको कर्मचारीलाई संस्थाको काममा लगाउने र कर्मचारीको कामको अध्यक्षलाई


जानकारी गराउने ।

६. अभिलेख सरु क्षित राख्ने ।

(घ) कोषाध्यक्षको काम, कर्तव्य र अधिकार

१. संस्थाको कोषको रे खदे ख र सञ्चालन गर्ने ।

२. साधारण सभामा बार्षिक कार्यक्रम र बजेट पेश गर्ने ।

३. लेखा दरु
ु स्त राख्ने ।

४. संस्थाको कोष बढाउने कार्य समेतमा अध्यक्षलाई सहयोग गर्ने ।

५. अध्यक्षको निर्देशन बमोजिम कोष जिम्मा लिने र दरु


ु स्त राख्ने ।

६. कार्य समितिको निर्णय बमोजिम संस्थाको हिसाव लेखापरीक्षण गराई साधारण


सभामा पेश गर्ने ।

(ङ) सदस्यहरुको काम, कर्तव्य र अधिकार

१.संस्थाको बैठकमा सक्रिय सहभागिता जनाउने ।

१. कार्यसमितिले तोकेको कार्यहरु गर्ने ।


२. कार्यसमितिको बैठकमा भाग लिई सक्रिय भूमिका निभाउने ।

३. कार्यसमितिबाट भएका निर्णयहरुलाई कार्यान्वयन गर्ने गराउने ।

४. कार्यसमितिका अन्य पदाधिकारीहरुलाई विभिन्न कार्यक्रमहरुमा सक्रिय सहयोग


पुर्याउने

५. संस्थाको हितको निमित्त सम्पूर्ण कामहरु गर्ने ।

१८. गणपुरक संख्या;

क) कुल सदस्य संख्याको ६७ प्रतिशतको प्रतिनिधित्व हुने गरी साधारण सदस्यहरु


उपस्थित नभई साधारण सभाको काम कार्वाही हुने छै न ।

ख) तर विधानको दफा ११ को उपदफा (५) मा उल्लेख भए बमोजिम पुनः बोलाइएको


साधारण सभामा कूल सदस्य संख्याको ५१ प्रतिशत प्रतिनिधित्व हुने गरी उपस्थित
भएमा सभा गर्न बाधा पर्ने छै न ।

परिच्छे द –६

आर्थिक ब्यवस्था

१९. संस्थाको कोष;

(१) संस्थाको आफ्नो एउटा छुट्टै कोष हुनेछ र सो कोषमा दे हाय बमोजिम प्राप्त रकमहरु रहने छन ् ।

(क) सदस्यता शुल्क वाफत प्राप्त रकम ।

(ख) कसैले स्वइच्छाले दिएको अनुदान रकम ।

(ग) संस्थाको चल अचल सम्पत्ती वा अन्य बस्तुको बिक्री बाट प्राप्त रकम ।

(घ) नेपाल सरकार तथा कुनै संघ संस्थाबाट प्राप्त रकम ।

(ड०) बिदे शी संस्था ब्यक्ती वा अन्तर्राष्ट्रिय संघ संस्था बाट सहयोग वाफत प्राप्त रकम ।

(च) स्थानिय निकाय बाट प्राप्त अनद


ु ान वा सहयोग वाफत प्राप्त रकम ।

(२) विदे शी संघ संस्था वा ब्यक्ती बाट अनुदान लिने भए संस्थाले समाज कल्याण परिषद बाट स्वीकृती
लिनेछ ।

२०. खाता सञ्चालन;

संस्थाको अध्यक्ष र कोषाध्यक्षको (अनिवार्य) संयुक्त दस्तखतबाट खाता सञ्चालन हुनेछ । प्रचलित
ऐन नियम अनुसार खर्च गर्ने तथा खर्चको श्रेस्ता राख्ने ब्यवस्था गरिने छ ।
२१. कोषको रकम खर्च गर्ने तरिका;

संस्थाको कोषमा जम्मा भएको रकम खर्च गर्दा दे हाय बमोजिम तरिका अपनाई खर्च गरिनेछ ।

(क) संस्थाको बार्षिक बजेट योजना र कार्यक्रम स्वीकृत नगरि कोष बाट खर्च गर्न सकिने छै न ।

(ख) साधारण सभा बाट परित बजेट र कार्यक्रमको अधिनमा रही कोष बाट रकम खर्च गर्न सकिनेछ ।

(ग) कोष बाट खर्च भएको रकमको अनिवार्य रुपले साधारण सभामा प्रतिबेदन पेश गर्नु पर्नेछ ।

(घ) कोषको रकम खर्च गर्दा तोकिए बमोजिम गर्नुपर्नेछ ।

२२. संस्थाको लेखा र लेखापरिक्षण;

(क) संस्थाको आय व्ययको लेखा प्रचलित कानून बमोजिम स्पष्ट तवरले राखिने छ ।

(ख) संस्थाको लेखापरिक्षण प्रचलित कानून बमोजिम रजिष्टर्ड लेखा परिक्षकबाट हुनेछ ।

(ग) नेपाल सरकार वा स्थानिय अधिकारीले चाहे मा जुनसुकै बखत पनि आफै वा मातहतका
कर्मचारी खटाई संस्थाको हिसाव किताव जाँच्न वा जचाउँ न सक्नेछ ।

(घ) लेखा परिक्षकको नियक्


ु ती बार्षिक साधारण सभाबाट हुनेछ । तर प्रथम बार्षिक साधारण सभा
नभए सम्म लेखा परिक्षकको नियक्
ु ती कार्य समिति बाट हुनेछ ।

(ड०) संस्थाको लेखा परिक्षण प्रतिबेदन बार्षिक कार्य प्रगति बिवरणको १ ⁄ १ प्रति सम्बन्धित अधिकारी,
जि.स.स., समाज कल्याण परिषद र सम्बन्धित निकायमा पेश गरिनेछ ।

परिच्छे द ७

निर्वाचन, अबिश्वासको प्रस्ताव, बिधान संशोधन सम्बन्धि ब्यवस्था२३. निर्वाचन सम्बन्धी व्यवस्था;

(क) कार्य समितिको निर्वाचनका लागी कार्य समितिको सहमतीमा बढीमा ५ जनाको एक
निर्वाचन समिति गठन गरिनेछ ।

(ख) निर्वाचन समितिले प्रचलित कानुनको अधिनमा रही निर्वाचन सम्बन्धी कार्यविधि आफै
तय गर्नेछ ।

(ग) निर्वाचन सम्बन्धि बिबाद उत्पन्न भएमा निर्वाचन समितिको निर्णय अन्तिम हुनेछ ।

(घ) निर्वाचन भएको भोली पल्ट निर्वाचन समिति स्वतः बिघटन हुनेछ ।

२४. उम्मेदवार हुने योग्यता;

(१) कार्य समितिको उम्मेदवार हुन र मतदान गर्नको लागी संस्थाको बिधान बमोजिम सदस्यता
प्राप्त गरे का र सदस्यता अद्यावधी गराएका दे हायका ब्यक्तीहरु योग्य हुनेछन ् ।

(क) संस्थाको संस्थापक सदस्य ।


(ख) साधारण सदस्य ।

(ग) आजीवन सदस्य ।

(२) तर एक पल्ट निर्वाचित वा मनोनित भएको ब्यक्ती पुनः निर्वाचित वा मनोनित हुन बाधा
पर्ने छै न ।

२५. अविश्वासको प्रस्ताव;

(१) अबिश्वासको प्रस्ताव लिखित रुपमा कुन कुन पदाधिकारीको बिरुद्धमा हो स्पष्ट खुलाई दे हाय
बमोजिमको रीत पुर्याई संस्थामा दर्ता गर्नु पर्नेछ ।

(क) नेपाली भाषामा शिष्ट शब्द प्रयोग गरि लेखिएको हुनु पर्दछ ।

(ख) प्रस्तावको बिषय स्पष्ट र ब्यवहारिक हुनु पर्दछ ।

(ग) साधारण सभा सदस्यहरु मध्ये बाट कम्तिमा एक चौथाई सदस्यहरुको स्पष्ट नाम थर र
ठे गाना सहित खल
ु ाई हस्ताक्षर भएको हुनु पर्दछ ।

(२) उपदफा १ बमोजिम संस्थामा दर्ता भएको अबिश्वासको प्रस्तावको स्पष्ट बिषय खल
ु ाई
साधारण सभा वा बिशेष साधारण सभा बस्ने स्थान मिति र समय समेत तोकी सबै
सदस्यहरुलाई सचि
ू त गरि उक्त प्रस्ताव साधारण सभा समक्ष प्रस्तत
ु गरिनेछ ।

(३) अबिश्वासको प्रस्ताव माथी छलफलको प्रकृया ः

(क) साधारण सभामा अध्यक्षता गर्ने ब्यक्तीले सभामा उपदफा १ बमोजिमको प्रस्ताव पेश
गर्न अनम
ु ति दिनेछ र प्रस्ताव पेश गर्ने सदस्यहरु मध्ये १ जनाले अबिश्वासको प्रस्ताव ल्याउनु
पर्ने कारण सहित साधारण सभामा पेश गर्नेछ ।

(ख) उपदफा ३(क) बमोजिम अबिश्वासको प्रस्तावको पक्षका सदस्यले आफ्नो अभिमत प्रस्तुत
गरे पछि सो प्रस्ताव उपर मत प्रकट गर्न चाहने बढीमा अन्य ३ जनालाई मत प्रकट गर्न
अध्यक्षले अनुमति दिन सक्नेछ ।

(ग) उपदफा १ बमोजिम अबिश्वासको प्रस्ताव जुन पदाधिकारीहरु बिरुद्ध प्रस्तुत गरिएको हो,
अध्यक्षता गर्ने ब्यक्तीले ती पदाधिकारीहरु लाई आफ्नो सफाईको लागी भनाई राख्न अनम
ु ति
दिनेछ ।

(४) अबिश्वासको प्रस्ताव माथी निर्णय ः

(१) प्रस्ताव उपर भनाई राख्ने क्रम समाप्त भएपछि अध्यक्षले सो प्रस्तावको बहुमत पक्ष वा
बिपक्षमा छ भन्ने निर्णयको लागी दे हाय बमोजिमको कुनै एक तरिका अपनाई अबिश्वासको
प्रस्तावको निर्णयको घोषणा गर्नेछ ।

(क) प्रस्तावको पक्षमा मतप्रकट गर्ने एक समुहमा र बिपक्षमा मतप्रकट गर्ने आर्को समह
ु मा
छुट्याएर वा
(ख) साधारण सभाका सदस्यहरुलाई अबिश्वासको प्रस्तावको पक्ष र बिपक्षमा मतदान गराएर ।

(२) साधारण सभाको कुल सदस्य संख्याको दईु तिहाई बहुमतले अबिश्वासको प्रस्ताव पारित
हुनेछ । त्यस्तो प्रस्ताव पारित भएमा त्यस्ता प्रस्ताबित सदस्यहरु पदमक्
ु त हुनेछन ् ।

(३) निर्वाचित भएको ६ महिना नपुगी वा प्रस्ताव बिफल भएको ६ महिना नपुगी त्यस्तो ब्यक्ती
उपर पुनः अबिश्वासको प्रस्ताव ल्याउन पाइने छै न ।

२६. विधान संशोधन;

कूल सदस्य संख्याको दईु तिहाई साधारण सभा सदस्यहरुले अनुमोदन गरे पश्चात मात्र संस्थाको कुनै
दफा संशोधन वा खारे जका लागि स्थानिय अधिकारी समक्ष सिफारिस गरी पठाउनु पर्नेछ । स्थानिय
अधिकारीबाट स्वीकृत भए पश्चात मात्र संस्थाको कुनै दफा संशोधन वा खारे ज भएको मानिने छ ।

२७. नियम बनाउन सक्ने;

(१) संस्थाले आफ्नोे कार्य सम्पादन गर्ने सन्दर्भमा आवश्यक विनियम बनाउन सक्नेछ । सो
नियम साधारण सभा बाट पारित गराई लागु हुनेछ र सो को जानकारी स्थानिय अधिकारीलाई
दिनप
ु र्नेछ ।

(२) यो बिधान र बिधान अन्तर्गत बनेको नियमको अधिनमा रही संस्थाको कार्य सञ्चालन र
उद्देश्य कार्यान्वयनका लागी कार्य समितिले कर्मचारी ब्यवस्था र आर्थिक प्रशासन सम्बन्धि
बिनियम बनाई लागु गर्न सक्नेछ । त्यस्तो बिनियमहरु साधारण सभा बाट अनम
ु ोदन गराउनु
पर्नेछ ।

२८.कर्मचारीको व्यवस्था

(क) संस्थाको दै निक कार्य सञ्चालन र योजना तथा कार्यक्रम सञ्चालनको लागि कर्मचारी दरबन्दी
सिर्जना, पारिश्रमिक, भत्ता तथा अन्य सवि
ु धा र कर्मचारीको सेवा सर्तहरु अपनाउनु पर्ने कार्यविधि
तोकिए बमोजिम हुनेछ

(ख) संस्थाले विदे शी सहयोग प्राप्त गरी संस्थाको संचालन गर्ने कार्यन्वयन विदे शी सल्लाहकार वा
स्वयम ् सेवक राख्ने अवस्था भएमा निजले काम गर्ने अवधि, पु¥याउने सेवा, कामको औचित्य, सवि
ु धा र
तिनको योग्यता समेतको विवरण स्थानीय अधिकारी, जिल्ला समन्वय समिति र समाज कल्याण
परिषदमा समेत जानकारी गराइनेछ ।

२९. संस्था खारे जी

(१) साधारण सभाले आवश्यक दे खेमा विशेष प्रस्ताव पारित गरी संस्था खारे ज गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम खारे जीको प्रस्ताव पारित गर्दा साधारण सभाले खारे जीको कामका
लागि एक वा एकभन्दा बढी लिक्विडेटरहरु र संस्थाको हिसाव किताव जाँच गर्नका लागि एक
वा एकभन्दा बढी लेखापरीक्षकहरु नियुक्त गर्न सक्नेछन ् । लिक्विडेटर र लेखापरीक्षकहरुको
पारिश्रमिक साधारण सभाले तोकिदिए बमोजिम हुनेछ ।
(३) उपनियम (२) बमोजिम नियुक्त लिक्विडेटर तथा लेखापरिक्षकले संस्था खारे जी सम्बन्धी
काम कार्वाही गर्नेछन ् ।

(४) यसरी संस्था कारणबस बिघटन भई खारे ज भएमा संस्थाको दायित्वको फरफार गरि बाकी
रहने सम्पुर्ण जायजेथा नेपाल सरकारको हुनेछ ।

३०. व्याख्या;

यो विधान र विधान अन्तरगत बनेको नियम विनियमको व्याख्या गर्ने अधिकार कार्य समितिलाई
हुनेछ । तर कार्यसमितिले गरे को व्याख्यामा पनि गम्भिर तर्टि
ु भएको भनि अन्य सरोकारवालाले
अदालतमा मुद्धा गरे मा नेपालको कानून बमोजिम अन्तिम व्याख्या अदालतले गर्नेछ ।

३१.गोप्यता भंग गर्न नहुनेः

यस संस्थाका कुनै पनि पदाधिकारी वा सदस्यले संस्थाका आन्तरिक कुराहरुलाई कार्यसमितीको


अनुमति बिना सार्वजनिक गरि संस्थाको गोपनियता भंग गर्ने अहित हुने कार्य गर्नु हुदैन । कार्य
समितिका पदाधिकारी वा साधारण सभाका सदस्यहरूले बैठक वा साधारण सभामा असभ्य र अश्लिल
शब्दको प्रयोग गर्न पाइने छै न ।

३२. ऐन अनस
ु ार हुने

यस विधानमा उल्लेख नभएका कुराहरु प्रचलित कानन ू बमोजिम हुनेछ र संस्था दर्ता ऐन, नियम र
प्रचलित कानन
ू सँग बाझिन गएका कुराहरु स्वतः निष्कृय हुने छन ् ।

३३. निर्देशनको पालना;

नेपाल सरकार वा स्थानीय अधिकारीले समय, समयमा दिएको निर्देशनको पालना गर्नु संस्थाको कर्तव्य
हुनेछ ।

३४. तदर्थ समिति;

(१) यो संस्था स्थापना गरी दर्ता गराउनको लागि गठित तदर्थ समितिले ६ महिनाभित्र विधान
अनुसारको निर्वाचन कार्य गर्नका लागि समितिको गठन गरी नयाँ कार्य समितिको निर्वाचन
गराइनेछ । र सो को जानकारी स्थानिय अधिकारीलाई दिइनेछ । र सो अवधिमा तर्दथ
समितिले गरे का कामहरु यसै विधान अनुसार भएको मानिने छ ।

३५. हामी, “धवलागिरी-सत्यपुर युवा क्लव” नामक संस्थाका निम्न संस्थापकहरु यस विधान बमोजिम
कार्य गर्न मन्जुर भै निम्न साक्षीको रोहवरमा विधानमा सहिछाप गर्दछौं ।

क्र.सं. संस्थापकहरुको नाम, थर, ठे गाना साक्षीको नाम,थर,ठे गाना र सहीछाप


१ श्रियम खतिवडा निर्मला भण्डारी
जिल्ला काठ्माडौँ,चन्द्रागिरि वार्ड नं. १० जिल्ला काठ्माडौँ,चन्द्रागिरि वार्ड नं. १०
हाल जि. काठ्माडौँ,चन्द्रागिरि वा नं. १०
हस्ताक्षरः............................
२ कविता अधिकारी बिष्णु बानियाँ
जिल्ला बर्दिया, गोला वार्ड नं. ९ जिल्ला काठ्माडौँ,चन्द्रागिरि वार्ड नं. १०
हाल काठ्माडौँ,चन्द्रागिरि वार्ड नं. १०
हस्ताक्षरः............................
३ प्रभात जोशी किरन जोशी
जिल्ला काठ्माडौँ,चन्द्रागिरि वार्ड नं. १५ जिल्ला काठ्माडौँ,चन्द्रागिरि वार्ड नं. १०
हाल जि. काठ्माडौँ,चन्द्रागिरि वार्ड नं. १०
हस्ताक्षरः............................
४ हिमाल कार्की पुष्पराज भट्ट
जिल्ला महोत्तरि, बर्दिवास वार्ड नं. ३ जिल्ला काठ्माडौँ,चन्द्रागिरि वार्ड नं. १०
हाल जि. काठ्माडौँ,चन्द्रागिरि वार्ड नं. १०
हस्ताक्षरः............................
५ सरोज खतिवडा पदम प्रसाद ढुंगाना
जिल्ला चितवन, भरतपुर वार्ड नं. ५ जिल्ला काठ्माडौँ,चन्द्रागिरि वार्ड नं. १०
हाल जि. काठ्माडौँ,चन्द्रागिरि वार्ड नं. १० हस्ताक्षरः............................

६ सुजन कुँवर नवराज कार्की


जिल्ला लम्जुङ, मध्य नेपाल वार्ड नं. १०
हाल जिल्ला काठ्माडौँ,चन्द्रागिरि वार्ड नं. जिल्ला काठ्माडौँ,चन्द्रागिरि वार्ड नं. १०
१०
हस्ताक्षरः............................

७ रञ्जु अधिकारी लक्ष्मी फुयाँल


जिल्ला बर्दिया, गोला वार्ड नं. ९ जिल्ला काठ्माडौँ,चन्द्रागिरि वार्ड नं. १०
हाल काठ्माडौँ,चन्द्रागिरि वार्ड नं. १०
हस्ताक्षरः............................
८ उमेश गैरे जगत प्रकाश जोशी
जिल्ला रुपन्दे ही, बट
ु वल वार्ड नं. ८ जिल्ला काठ्माडौँ,चन्द्रागिरि वार्ड नं. १५
हाल काठ्माडौँ,चन्द्रागिरि वार्ड नं. १०
हस्ताक्षरः............................
९ यनि
ु श श्रेष्ठ कुल प्रसाद दे वकोटा
जिल्ला गल्
ु मी, रे सग
ंु ा वार्ड नं. ९ जिल्ला काठ्माडौँ,चन्द्रागिरि वार्ड नं. ६
हाल काठ्माडौँ,चन्द्रागिरि वार्ड नं. १०
हस्ताक्षरः............................
१० उत्सव अधिकारी अम्वादत्त जोशी
जिल्ला तनहुँ, खैरेनी वार्ड नं. ६ जिल्ला काठ्माडौँ,चन्द्रागिरि वार्ड नं. १०
हाल काठ्माडौँ,चन्द्रागिरि वार्ड नं. १०
हस्ताक्षरः............................
११ लक्षमण जोशी रमाकान्त अधिकारी
जिल्ला काठ्माडौँ,चन्द्रागिरि वार्ड नं. ६ जिल्ला काठ्माडौँ,चन्द्रागिरि वार्ड नं. १०
हाल काठ्माडौँ,चन्द्रागिरि वार्ड नं. १०
हस्ताक्षरः............................
१२ प्रशन्ना ढुंगाना बिजय शर्मा
जिल्ला काठ्माडौँ,चन्द्रागिरि वार्ड नं. १० जिल्ला काठ्माडौँ,चन्द्रागिरि वार्ड नं. १०
हाल काठ्माडौँ,चन्द्रागिरि वार्ड नं. १०
हस्ताक्षरः............................

१३ गंगा फँु याल राम जोशी


जिल्ला चितवन, कालीका वार्ड नं. ८ जिल्ला काठ्माडौँ,चन्द्रागिरि वार्ड नं. १०
हाल काठ्माडौँ,चन्द्रागिरि वार्ड नं. १०
हस्ताक्षरः............................

अनुसूचि –१

संस्थाको छाप र चिन्हको बिवरण;

यस संस्थाको छाप, “गोलाकारमा नेपाली भाषामा संस्थाको नाम ले खी बिचमा अंगालो हालेका
मानिसहरुको सांकेतिक चित्र र सो संकेतको मुनी स्थापित २०७५ साल लेखिएको” हुनेछ ।

You might also like