You are on page 1of 10

ORIGIN AND

HISTORY OF
INSURANCE AND
INSURANCE LAW
IN THE NEPALESE
CONTEXT

ROHIT PRASAD JOSHI


BA.LLB 4TH SEM.
नेपालमा बीमा कम्पनीको इतिहास:

• नेपालमा बीमाको इतिहास धेरै पुरानो छैन ।


• वि. सं.२००७ सालको राजनीतिक परिवर्तनभन्दा पहिले रघुपति जुट मिल २००३, जुद्द
म्याच फ्याक्ट्री, विराटनगर कटन मिल, बीरगन्ज कटन मिल स्थापना भएका थिए ।
• तिनको वित्तिय सहयोगको निमित्त नेपाल बैंक लिमिटेड बि.सं. १९९४ मा स्थापना भएपछि
औधोगिक प्रतिष्ठानको स्थापनाको साथै बीमा कम्पनिको आवश्यकता महसुस भएको थियो ।
• यहींबाट नेपालमा बीमा कम्पनी चाहिन्छ भन्ने बोध भएको इतिहास छ । बैंकले कर्जा प्रवाह
गर्दा के ही भारतीय बीमा कम्पनीले नेपालमा निर्जिवन बीमा सुरु गरेको इतिहासले नेपालमा
बीमा कम्पनीको आवश्यकतालाई झन् बढावा दियो ।
• यसरी सुरु भयो नेपाल इन्स्योरेन्स कम्पनी बीमाको आवश्यकताबोध भएपछी
नेपाल बैंक लिमिटेडको सक्रियतामा वि.सं. २००४ सालमा ‘नेपाल माल
चलानी तथा बीमा कम्पनी’को स्थापना भयो ।
• यो संस्था नेपालको कम्पनी अन्तर्गत पाँच लाखको मुलधनमा नेपाल बैंक
लिमिटेडले पूर्ण स्वामित्वमा स्थापना भएको थियो ।
• वि.सं.२०१६ सालमा यो कम्पनी ‘नेपाल इन्स्योरेन्स एन्ड ट्रान्सपोर्ट कम्पनी
लिमिड’मा परिर्वन भयो ।
• यसलाई वि.सं.२०४८ सालमा नेपाल इन्स्योरेन्स कम्पनी लि. को पूरा
नाममा पुर्णरुपले निर्जिवन बीमाको कार्य गर्नेगरी पुनः नामाकरण गरियो ।
• राजनीतिक परिवर्तनसँगै बीमा व्यवसायको बिकास !राजनैतिक परिवर्तनले देशमा विकासको लहर ल्यायो,
यातायातको विकासको साथै कलकारखानाहरु खुल्न थाले , व्यापार व्यवसायको विकास हुन थाल्यो ।
• लगानीमैत्री वातावरणको विकास हुन थाल्यो । देशमा उद्योग, कलकारखाना र अन्य व्यवसाय सुरु हुन थाले ।
• वि.सं. २०२५ साल अघिसम्म धेरै भारतीय बीमा कम्पनीहरु नेपालमा आए र गए पनि ।
• त्यस बखतसम्म स्थायी रुपमा रहेको बीमा कम्पनीमध्ये रुवि जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड
(हाल नेशनल इन्स्योरेन्स कम्पनी), दि ओरियन्न्टल इन्स्योरेन्स कम्पनी लिमिटेड, स्टर्लिङ
इन्स्योरेन्स कम्पनी लिमिटेड (पछि दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडमा गाभिएको) आदि
प्रमुख थिए ।

• वि.सं.२०२४ साल पौष १ गते रु. एक करोडको अधिकतम पूँजीमा राष्ट्रिय बीमा संस्थानको स्थापना
भयो ।
• राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ आएपछि यसलाई राष्ट्रिय बीमा
संस्थानमा परिर्वतन गरियो । यसले स्थापनाको प्रारम्भमा निर्जिवनमा
बीमाको कार्य गरी २०२९ देखि जीवन-बीमा सेवा प्रारम्भ गर्यो ।
• वि.सं. २०४६ साल अगाडी बीमा व्यावसाय गर्ने निजी स्तरको
कम्पनीको रुपमा २०४४ सालमा नेशनल लाइफ एण्ड जनरल
इन्स्योरेन्स कम्पनी लिमिटेडको मात्र स्थापना भएको थियो । यसले
सुरुमा निर्जिवन बीमा व्यावसाय र त्यसको दुई बर्ष पछिमात्र जीवन
बीमा व्यवसाय गर्न स्वीकृ ति पाएको थियो ।
• नेपालमा प्रजातन्त्रको पुनर्वहाली पश्चात २०४६-४७ सालमा नेपाल सरकारले अपनाएको आर्थिक
उदारीकरणको फलस्वरुप विभिन्न निर्जिवन तथा जीवन बीमा कम्पनीहरुले बीमा व्यावसाय गर्ने इजाजत पाए ।
यसको आवश्यकताबीच व्यापारमा हुने नाफा, र सेवाको विश्लेषण भयो ।
• बीमा कम्पनी खुल्ने क्रम बढ्यो । बीमा कमपनीहरु सञ्चालन हुँदै गर्दा यो क्षेत्रले खास ठु लो क्षतिको सामना कहिले
पनि गर्नुपरेन । त्यसैले पनि यो क्षेत्र फष्टायो । फलस्वरूप अहिले नेपालमा कु ल २९ बीमा कम्पनी भए । २० वटा
निर्जिवन, १८ वटा जीवन र १ जीवन र निर्जिवन दुवै व्यावसाय गर्ने बीमा अर्थात पुनर्बीमा कम्पनी नेपालको
बीमा बजारमा कार्यरत छन् ।
DEVELOPMENT
OF INSURANCE
LAW IN NEPAL
• बीमा संस्थान स्थापना गर्नका लागि वि.सं. २०२४ साल
भाद्र १ गते एउटा अस्थायी समिति गठन गरी प्रतिवेदन
तयार गर्न लगाइयो ।
• उक्त प्रतिवेदनको आधारमा कम्पनी ऐन २०२१ अनुसार
सरकारी स्वामित्वमा रहने गरी वि.सं. २०२४ साल पौष १
गते राष्ट्रिय बीमा संस्थान प्रा.लि.को स्थापना भयो
• बिमा व्यवसायलाई व्यवस्थित , नियमित , विकसित तथा नियंत्रित गर्नका लागि बिमा ऐन
२०४९ ल्याइयो।
• बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन २०७९ : बीमा प्रणाली तथा
बीमा व्यवसायलाई व्यवस्थित नियमित प्रतिस्पर्धी तथा विश्वसनीय बनाई त्यसको विकास गर्न
बीमा व्यवसायको स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो बीमा सेवा
उपलब्ध गराउन एवं बीमा व्यवसायको प्रभावकारी रुपमा नियमन गरी बीमितको हक हित संरक्षण
गर्नको लागि बीमा सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गरी समयानुकू ल बनाउन
वाञ्छनीय भएकोले.
• हाल य बिमा ऐन २०७९ लागु छ

You might also like