You are on page 1of 12

छ्युमी

A Film by
Rabin Dong
Script/Screenplay
Roshani Syangbo

Contact :
9860178293
Syangbotmg9@gmail.com
SCENE1

EXT. VILLAGE'S WAY / MORNING. 9:30 am FADE IN.........

(दुर्गम तामाङ गाउँ देखिन्छ l बाटोमा के ही सरकारि लुगा लगाएका बिधार्थी अघि अघि जाँदै छन l उकालो बाटो हिडेर बिजय (28)
पढाउन जाँदै छ l त्यतिकै मा अलि पर बोर्डिङ स्कु लको ड्रेस लगाएकि प्रगती (7)र उसको बुबा ब्यबस्थापन समितको अधक्ष्य
पनि छोरी लिएर स्कु ल जाँदैछ विजय उभिएर अधक्षयलाइ हेर्छ तेतिनै खेर ,छ्युमी (8) हतार हतारमा पानीको गाग्री बोके र
ओरालो जादै छ ।)

( छ्युमी ओरालो झरेर कु वामा पुग्छ ,गाग्री बिसाउछ, बिस्तारै बिस्तारै कु वामा पानी भर्छ , पानीमा आफ्नो अनुहार नियाल्छ l)

Dissolve to ......

SCENE 2

INT.OFFICE/ , Same day

(विजय अफिस कोठामा गएर मार्क र र डस्टर लिदै हुन्छ पछाडिबाट हरि सर आउछ )

हरि सर

नमस्ते सर ! लहै आज पढाइ हुदैन l


विजय

किन ? बिधार्थीहरु त आको छन् त सर ..

हरि

( हरि स्रर आफ्नो तालमा धमा धम हाजिर गर्दै,, बिजयको कु रालाइ ध्यान नदिएको जस्तो गर्छ )

लौ थाहा छैन तपाईलाइ, आज मन्त्रि ज्यु ! आउने दिन अनि हेड सर पनि त हिजै देखि उतै हुनुहुन्छ , के टा के टिहरु नि उतै आउछन
l म पनि जान लाको बरु तपाइँ पनि हिड्नुस सङ् गठमा प्रबेश गर्न पनि हुने मन्त्रिको हात बाट टिका लगाएर

विजय

विचार गरौलानी सर

हरि

ल है गर्नुस गर्नुस बेलैमा

(भन्दै सरासर हिड्छ)

विजय

( हेरिरंहन्छ )

Dissolve to ......

SCENE 3

INT.CLASSROOM /Moments later 10:15 am

( नेपथ्यमा आवाज सुनिन्छ l तिमि चाई के बन्ने छिरिंग? सर मत हेलिकप्ट्यार उडाउने सरररर सबैजना हास्छ,

छिरिंगको हातमा कागज ले बनाएको हेलिकोप्टर हुन्छ )

बिजय
किरण तिमि चाईके बन्ने रे ??

किरण

म त सर डाक्टर बन्ने ...हेर्नुस त् मैले यो बनाको छु l

(किरणले कोकको बिर्को र धागोले बनाएको डाक्टरको STETHOSCOPE जस्तो चीज देखाउछ ...विजय त्यो सामान हेरेर खुसि
हुदै किरण को टाउकोमा स्याबास भाबमा हात राख्छ l तेतिनै खेर कक्षाकोठाको ढोकामा हस्याङ फस्याङ गर्दै छ्युमी
आइपुग्छ l बिजयले हेर्छ l छ्युमी स्या स्या गरिरहेकी हुन्छ ,छ्युमी को कपाल पनि राम्रो सग कोरिएको हुदैन छ्युमी को कपडा
पनि पानीले भिजेको हुन्छ , विजय छ्युमिलाई भित्र आउन इसारा गर्छ उ भित्र आउछ । ) कक्षाकोठाको बोडमा “लक्ष “ भन्ने ठु लो
अक्षरले लेखिएको हुन्छ l छ्युमिलाई कालो पाटि अगाडी नै उभ्याउदै )

विजय

अनि छ्युमी चाहि, ठु लो भएर के बन्ने ?

छ्युमी

( भुई तिर हेर्छ )

( सबैजना बिधार्थी मुख छोपेर भुइतिर हेरे र हास्छ )

छ्युमी
(अप्ठ् यारो मान्दै )

म ... म त तपाइँ जस्तै असल टिचर बन्ने सर l

विजय
(थोरै मुस्काएर अच्चमित भएर )

म जस्तै असल भन्या चै कस्तो ?

छ्युमी
म्म्म .....राम्रो पढाउने l सधै स्कु लमा आउने विद्यार्थीलाई नपिट् ने

बिजय सोच मग्न हुन्छ l विजय छ्युमी लाइ बस्न इसारा गर्छ , विजय ब्ल्याक बोढमा लेखन सुरु गर्छ l जिबनमा हरेक मान्छेको
एउटा न एउटा लक्ष हुनुपर्दछ l पढाउदै गर्दा बाहिर बाट एउटा आवाज आउँछ l सबै बिधार्थी आवाज आएतिर ( हाजी हाजी नामसारी
लोन्पो हाजी ) आयो आयो गाउमा नेता आयो भनेर दौउडेर जान्छ l कोहि झ्यालबाट कोहि ढोकाबाट विजय रोक्न खोज्दै
सबैजना आफ्नो भाषा बोल्दै दौडिन्छ छ्युमी र एक दुइ जना मात्र कक्षा मा बस्छ l

बिजय
सबै जना गए त तिमीहर चाहि नहेर्ने ?
छ्युमी

( नजाने भनेर टाउको हल्लाउछ )

विजय

किन ?

छ्युमी

पढ् ने

किरण र लोप्सांग

हामी नि पढ् ने

(छ्युमी लेख्न थाल्छ ,छ्युमीको कपि सकिएको हुन्छ तेसैले छ्युमीले सानो अक्षरमा सकिसके को कपि को गातामा
लेखिरहेको हुन्छ , विजयको आँखा छ्युमीले लेखिरहेको कपी को गातमा पर्छ , बिजय हेरिरहन्छ......

CUT.................

SCENE 4

INT/ SCHOOL OFFICE / NEXT DAY

(विजय अफिस कोठामा हेड सर बस्ने कु र्सीमा हेर्छ, त्यहा हेडसर्को कोट मात्र हुन्छ l आज पनि सुन्य छ अफिस ,दोर्जे कु चो
लिएर आउदै हुन्छ l बिजय यो सब नियाल्दै हुन्छ )

दोर्जे

विजय सरलाई चै स्कू लको माया लाग्छ है , हरि सर र हेडसर त आज पनि आउनु हुन्न रे l

विजय

अनि काम नै पढाउने , माया त लागी हाल्छ नि , सरहरु किन नआउनु हुने रे ?

दोर्जे

हरि सर जिल्ला , हेडसर सालिको बिहेमा l

(के हि बोल्दैन दोर्जेको कु राले अनि स्कू लको अवस्था देखेर बिरक्त मान्छ र आनो कक्षाकोठा तिर जान्छ )
INTER CUT ….

((बिजय पढाउन जाँदै छ ,अर्को कक्षा कोठाबाट चार जना बिधार्थी झोला बोके र बाहिर निस्कदै हुन्छ बिजय बिधार्थी लाइ रोक्छ
र प्रश्न गर्छ )

विजय

तिमीहरु कता हिडेको ?

बिधार्थी

हाम्रो सर नै हुनु हुन् घर जान लाको

विजय

बस बस पढाइ हुन्छ l

( सबै बिधार्थी फर्क न्छ , अरु कक्षाका बिधार्थी पनि चक चक गर्दै हुन्छ उनीहरुलाइ पनि सगै लिएर बाहिर चौर मा लगेर जान्छ
र चौर मा नै सबै बिधार्थिसग रमाइलो गर्दै पढाउन थाल्छ )

SCENE 5.

EXT.SCHOOL / DAY , Moments later

अन्नहरु, रुखबिरवाहरु , पातहरु देखाउदै बिद्यार्थीहरलाई अंग्रेजी नाम सिकाउन थाल्छ, खेल खेलाउदै पातहरु बाट चित्रहरु
बनाउन सिकाउछ , माटो मा कोरेर गणित सिकाउछ ,बिध्यार्थीहरुले ल्याएको मकै भटमास बाढेर खान्छ l छ्युमी आएको हुदैन
अनि छ्युमी को बारेमा पेमालाई सोध्छ)

विजय

आजकाल छ्युमी किन स्कु ल नआको पेमा ?

पेमा

.खै कारण त थाहा भएन सर अस्ति भेट्दा त् छ्युमीले अब म स्कु ल आउदिन भन्थी क्यारे
(पेमाको कु रा सुनेर बिजय एकोहोरिन्छ )

CUT.............

SCENE 6

EXT.VILLAGE WAY DAY ,

( विजय छ्युमी को घर को बाटो जादै गरेको हुन्छ जादा जादै बाटोमा मिठो टुङ् नाको आवाज सुन्छ , आवाज सुनेर विजय
रोकिन्छ र टुङ् नाको आवाज आए तिर जान्छ, चौतारोमा बसेर लाक्पा टुङ् ना बजाउदै हुन्छ, लाक्पाको नजिकै पुगेर उभिन्छ ,
लाक्पा टुगना बजाउन छोडेर विजयलाई हेर्छ, लाक्पा को छेउमा जडीबुटी फिजिएको हुन्छ l )

विजय

ओहो ! कस्तो मिठो बजाउनु भको ?

लाक्पा

(मुसुक्क हासेर )

मेरो छेबच्युले सिकायो

विजय

छेबच्यु ?

लाक्पा

मेरो गुरु , आबु छेबच्युले सिकायो अनि मैले सिक्यो पो ! हाम्रो छेबच्यु सार्है सिपालु होइ !

अहिले यो बजाउदै जदिबुडी बेच्छु मलाई सजिलो भाछ ब्यापार गर्न

असल गुरुको असल शिक्षाले चेलाको जिबन सहज हुने रैछ

( लाक्पा सबै पहेलो दात देख्नी गरेर हास्छ लाक्पाको कु राले विजय एकै छिन सोच्न मग्न हुन्छ l

(यति भनेर लाक्पा फे री टुङ् ना बजाउन थाल्छ , बिजय टुङ् नाको आवाज सुन्दै आफ्नो बाटो लाग्छ ).

SCENE.7

EXT.EVE. CHHYUMI’S HOME

(छ्युमी ढाडमा भाईलाइ बोके र , खोस्टाको चकटी बुन्दै हुन्छ l विजय छ्युमिको पछाडी उभिएर छु युमिले बुनेको चकटी
हेरिरहन्छ )
(छ्युमीविजय तिर फर्कि एर हेर्छ , के हि बोल्दैन )

विजय

अनि मिस बन्ने मान्छे किन स्कु ल नाआको त ?

(छ्युमी फर्के र हेर्छ )

छ्युमी

अहिले आमा बिरामी हुनुहुन्छ, सबै काम मैल्ले हेर्नु पर्छ ,फे री भाइलाई कसले हेर्नी ?

विजय

म जस्तो टिचर बन्नलाई त पढ् नु पर्छ l

छ्युमी

चकटी बुनिरहंछ l

विजय

कसले सिकायो यो बुनं ?

छ्युमी

आमाले

विजय

यति सानैमा जान्यौ

छयुमी

आमाले मलाइ सबै सिकाउनु हुन्छ l सिकाउने मान्छे भयो भने सबै जानिदो रहेछ सर

विजय

एकै छिन छ्युमिको कु राले बिजयलाइ सोच मग्न बनाउछ l

विजय

म तिम्लाई नि धेरै कु रा पढ् न सिकाउछु नि भोलि देखि पढ् न आऊ है ?

छ्युमी

के हि बोल्दैन हेरिरहन्छ l
CUT.....................

SCENE.8

INT .SCHOOL/ after 4, 5 days 10

(बिधार्थीहरु कपि पल्टाएर हेर्दै छ )

विजय

परिक्षा आउन लाग्यो ध्यान दिएर पढ् नु है सबैजना l

रबिन

मैले त अंग्रेजी र सामाजिक किताब पाकै छैन सर l

किरण

मैले पनि l

सांङमो

मैले पनि गणितमात्र पाको छु

( बिजय यो सब कु रा सुनेर सोच मग्न हुन्छ , स्कु ल्को अवस्था देखेर उसलाई रिस पनि उठ् छ l हातमा बोकिरहेको किताब बन्द
गर्छ )

CUT..........

SCENE 9

INT . SCHOOL OFFICE,

(विजय अफिसकोठामा दराज खोलेर किताबहरु खोज्न थाल्छ ,तर किताब के हि पनि भेटाउदैन, दराज धुलाम्मे हुन्छ तेतिकै मा )

हरि सर
हैन सर के खोज्नु भाको त्यसरी ?

( विजय आफ्नो सुरमा अझै अरु ठाउ हेर्न थाल्छ )

विजय

नानिहरुको परिक्षा आउन लागि सक्यो , किताब पुरै छैन

(भुभुताउदै किताब खोछ )

हरि सर

साच्ची सर पाटीमा लाग्ने कु रा के भो ?सोच्नु भो ? बेलैमा सोच्नुस है पछी सजिलो हुने तपाईलाई हो

( बिजयले हरि सरको कु रा वास्ता गर्दैन तेतिकै मा विजयको आँखा बाहिर पुग्छ l त्यहा अध्यक्ष र हेडसर कु रा गरिरहेको हुन्छ ,
विजय सरासर त्यहाँ जान्छ र बोल्न खोज्दै गर्दा बिचैमा अध्यक्षले कु रा काट्छ )

अधक्ष्य

कस्तो हुदै छ सर विद्यालयको पढाइ राम्रो हुनु पर्यो है राम्रो तपाइँ अलि नया हुनु हुन्छ l

विजय

परिक्षा आउँन लाघी सक्यो बिद्यालयमा पुस्तक पनि पुरै आको रहेनछ

अध्यक्ष

अब हामीले देकै हो के टा के टि हरुले हराए होला , च्याते होला हैन त सर ?

हेड सर

(हेड सरले अक्मकौदै भन्छ )

हो हो सर ............

विजय

L बिद्यारथीले पढ् ने बाताबरण छैन यो त लापरबाही भएन र अझ राम्ररि पढाउनु पर्यो भन्नु हुन्छ तपाईहरु ?

अधक्ष्य

अहिले सम्म चलिरहेको नै छ कसरि लापरबाही भयो l यो बिद्यालय यो गाउकै पहिलो नम्बर मा छ जहासम्मम अरु सग तुलना गर्दा l

विजय

कसरी चलिरहेको छ राम्रै थाहा होला तपाईलाई , यो गाउकै पहिलो बिधालय भए तपाइँ आफ्नो बच्च्लाई किन बोर्डिंग पढाउनु हुन्छ सर
यही पठाउनुस भोलि देखि पठाउनु हुन्छ ?
अधक्ष्य

( अधक्षय चुर हुन्छ )

तपाइँ जागिर खान आउनु भएको हो तपाइँ , आफ्नो काम खुरु खुरु गर्नुहोस हामीलाई हाम्रो काम नसिकौनुहोस

तपाईलाई कारबाही गर्न नपरोस भंन्देको छु l

विजय

के को आरोपमा राम्रो पढायो भनेर ?

अधक्ष्य

( अधक्ष्य रिस ले जान्छ )

SCENE 10
EXT .VILLAGE WAY / 10:30 am

(छ्युमी हातमा आधा उधि च्यातिएको एउटा किताब र ढाडमा भाईबोके र उकालो दौडिदै स्कु ल तिर जादै छ , जादा जादै बाटोमा
छु मिको चपल छिन्छ , छिनेको चप्पल बनाउने कोसिश गर्छ तर सक्दैन र छिनेको चप्पल पनि हातमा बोके र दौडीन्छ

SCENE 11

EXT .SCHOOL / same day, moments later

(छ्युमी कक्षा कोठाको ढोकामा गएर उभिन्छ, ढाडमा भाई एउटा हातमा छिनेको चपल अर्को हातमा छ्यातिएको किताब हुन्छ
l विजय छ्युमीलाइ हेर्छ , सबै बिध्यार्थीले [अनि हेर्छ र सबै खुसि हुन्छ, भित्र आउँन इसारा गर्छ , बेन्चमा गएर बस्छ, तर छ्युमी
सग कपि हुदैन पासांगले दिनक बिचको पन्ना निकालेर दिन्छ l उ संग पेन्सिल हुदैन l त्यो कु रा साथीहरुले देख्छ l अनि
डोल्माले लेखेर सकिन लागेको ठु टे पेन्सिल दिन्छ, छ्युमी मुसुक्क हस्छ तेतिनै खेर कक्षाकोठामा ब्यबस्थापन समितिको
अधक्ष्य आउँछ

अधक्ष्य

ल सबै बिधार्थिहरु आज नेता ज्यु आउनु हुन्छ र्याली मा सभागी हुने , ल छिटो छिटो l

(सबै बिधार्थि चुप लागेर भुइँतिर टाउको लगाउछ अधक्ष्य एकै छिन चुप लागेर हेर्छ )

(तेही बिचमा किरणले )

किरण

मत नजाने

(बिस्तारै सबैले म पनि नजाने भन्छ अधक्ष्य लाइ के गरौ गरौ हुन्छ )

बिजय धेरै खुसि देखिन्छ l


The End

You might also like