You are on page 1of 18

3/15/24, 6:21 PM बढ्दै विद्युतीय वित्तीय साक्षरताको आवश्यकता, अर्पण पौडेलको विचार

    

 अर्पण पौडेल  २०८० फागुन ३० गते ०६:२५ | Mar 13, 2024

https://bizmandu.com/content/20240313062551.html 1/18
3/15/24, 6:21 PM बढ्दै विद्युतीय वित्तीय साक्षरताको आवश्यकता, अर्पण पौडेलको विचार
‘पैसा जोगाऔं भविष्य सुरक्षित बनाऔं’ भन्ने मुख्य नाराका साथ वित्तीय
साक्षरता प्रवर्धनका लागि यही चैत ५ देखि ११ गतेसम्म विश्वव्यापीरुपमा
विभिन्न कार्यक्रम गर्दै ग्लोबल मनी सप्ताहको नयाँ संस्करण मनाइँदै छ।
विश्वमा प्रत्येक तीन वयस्कमध्ये करिब एक जनामात्रै वित्तीयरुपमा
साक्षर रहँदा ३५ प्रतिशत पुरुष तथा ३० प्रतिशत महिलामात्रै
वित्तीयरुपमा साक्षर रहेको प्रकाशित प्रतिवेदनहरु हेर्दा प्रष्ट हुन्छ।

Advertisements

नेपालमा भने कु ल जनसंख्याको करिब ५७.९ प्रतिशत वित्तीयरुपमा 


साक्षर रहेको प्रतिवेदनले
बढ् दै विद्युतीय वित्तीय देखाउँछ। जसमा
साक्षरताको ५४.३ प्रतिशत
आवश्यकता, महिला
अर्पण र
पौडेलको
६१.८
विचारप्रतिशत पुरुष जनसंख्या वित्तीयरुपमा साक्षर रहेको तथ्यसमेत
समेटिएको छ। वैश्विक वित्तीय साक्षरताको औसत आँकडा भन्दा
नेपालको आँकडा अधिक हुनु अवश्य पनि राम्रो पक्ष हो। तैपनि नेपालमा
जनसंख्याको अधिक हिस्सा ओगट्ने महिलाहरुमा वित्तीय साक्षरता कम
हुनु पक्कै पनि सुखद संके त होइन।

क्षेत्र एवं भेगगत हिसाबमा हेर्दा सहरी क्षेत्र बाहिर नेपालमा अझै पनि
वित्तीय साक्षरताको अवस्था सबल हुन सके को छैन भन्ने कु रा त
मिटरब्याजी, सहकारीका क्रियाकलाप लगायतका विभिन्न वित्तीय
अपराधहरुलाई हेर्दा नै स्पष्ट हुन्छ। सिमान्तकृ त समुदाय, विपन्न वर्ग
लगायतका प्रसंगमा त साक्षरताको अवस्था झनै भयावह नै छ भनेर
सजिलै अड् कल गर्न सकिन्छ। कतिपय अवस्थामा विशिष्टिकृ त साक्षरता
https://bizmandu.com/content/20240313062551.html 2/18
3/15/24, 6:21 PM बढ्दै विद्युतीय वित्तीय साक्षरताको आवश्यकता, अर्पण पौडेलको विचार
आर्जन गरेका व्यक्तिहरुमा समेत कमजोर वित्तीय साक्षरता रहेको
देखिन्छ। त्यसैले शैक्षिक साक्षरता र वित्तीय साक्षरता नितान्तरुपमा
फरक प्रसंग हुन् भनेर बुझ्न पनि अत्यन्तै जरुरी छ।

वित्तीय साक्षरताको अवस्था विभिन्न पक्ष एवं तरिकाबाट आकलन गर्न


सकिने भए तापनि विशेषतः पैसा र पैसासँग सम्बन्धित विभिन्न
पक्षहरुको चेत तथा व्यक्तिगत आय, बचत, खर्च, लगानी, सापटी, उधारो
आदि जस्ता विविध विषयहरुको ज्ञान नै यसका आधारभूत पक्ष हो।

वित्तीय लक्ष्य प्राप्तिका लागि आवश्यक कार्ययोजना, रणनीति तथा


जोखिम व्यवस्थापनका अनेकन उपायहरु अवलम्बन गर्दै आर्जित वित्तीय
ज्ञानलाई व्यवहारमा रुपान्तरण गर्न गरिने अनेकन वित्तीय कलाहरुलाई
वित्तीय साक्षरता मापनको अर्को कडीका रुपमा लिन सकिन्छ। आर्जित
वित्तीय ज्ञान तथा सीपलाई कार्यान्वयनमा ल्याउन आफ्ना संसाधनहरु
खर्च गर्ने तत्परतासहितको मनोवृत्तिले वित्तीय साक्षरता प्रवर्धनमा
अत्यन्तै ठू लो भूमिका खेलेको हुन्छ। ज्ञान, सीप तथा त्यस्ता
मनोवृत्तिहरुको दैनन्दिन उपयोग एवं अन्तरक्रियाबाट सबल वित्तीय
व्यवहार निर्माण भइरहेको हुन्छ, जसबाट चलनचल्तीमा वास्तविक
वित्तीय साक्षरताको अवस्थाको मापन गन मद्दत पुग्ने गर्दछ।

वित्तीय साक्षरताको अवस्था परिवर्तित परिस्थिति अनुरुप अद्यावधिक


भइ नराख्ने हो भने साक्षरता दरमा सिमान्त ह्राससमेत देखिन सक्छ।
जस्तै परम्परागत बैंकिङमा पारंगत व्यक्तिले पछिल्ला समयमा देखिएका
विभिन्न विद्युतीय भुक्तानीका विकल्पहरु सम्बन्धी ज्ञान, सीप एवं
व्यवहारलाई अद्यावधिक नगर्ने हो भने पक्कै पनि विभिन्न प्रकारका
कठिनाइ तथा जोखिमहरु झेल्नुपर्ने हुन्छ। त्यसैले विद्युतीय भुक्तानीका
माध्यम अन्तर्गतका विभिन्न सेवा तथा सुविधाहरु बुझ्न, सञ्चालन, अनि
जोखिम व्यवस्थापनको ज्ञान तथा सीप विकासका लागि वित्तीय
साक्षरताको एक महत्त्वपूर्ण पक्षका रुपमा विद्युतीय वित्तीय साक्षरताको
आवश्यकता क्रमिकरुपमा बढ् दो छ।

https://bizmandu.com/content/20240313062551.html 3/18
3/15/24, 6:21 PM बढ्दै विद्युतीय वित्तीय साक्षरताको आवश्यकता, अर्पण पौडेलको विचार
विद्युतीय वित्तीय साक्षरताको प्रवर्धनले समावेशिताको अपेक्षित लक्ष्य
हासिलमा समेत टेवा पुर्याउने भएकाले यसको अपरिहार्यता अझै
बढाएको देखिन्छ। प्रविधि के न्द्रित उदीयमान विद्युतीय भुक्तानी
प्रणालीमा आबद्ध डेविट कार्ड, क्रे डिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट
बैंकिङ, क्युआर कोड, अनलाइन भुक्तानी लगायतका अनेकौं
उपकरणहरुको प्रयोगमा देखिएको सेवाग्राहीहरुको आकर्षणलाई
यथावत राख्दै उत्पन्न हुने जोखिमहरु न्यूनीकरणमा अपनाउनुपर्ने पूर्व
सावधानीको सञ्चार गर्न समेत विद्युतीय साक्षरताको अवश्यकता बढेको
देखिन्छ।

अनधिकृ तरुपमा वित्तीय कारोबार गरी आपराधिक क्रियाकलापहरु गर्ने


व्यक्ति तथा संस्थाहरुले विभिन्न किसिमका धोखाघडीहरु गरि डिजिटल
बैंकिङ सेवा प्रयोगकर्ताहरुका सूचना प्राप्त गर्न अभ्यासरत रहेका हुन
सक्छन्। जसबाट सेवाग्राहीको नगद तथा सूचनाहरु अविच्छिनरुपमा
जोखिममा पर्ने खतरा हुन्छ। त्यसैले सेवाग्राहीमा विद्युतीय कारोबारलाई
निसाना बनाइ वित्तीय अपराधमा संलग्न व्यक्ति तथा संस्थाहरुले निर्माण
गर्न सक्ने विभिन्न प्रकारका सम्भावित पासोहरुका बारेमा जानकारी हुनु
अत्यन्तै आवश्यक देखिन्छ। पछिल्लो समयमा अधिक प्रयोगमा
ल्याइएका के ही वित्तीय पासोहरु यस प्रकार छन्।

https://bizmandu.com/content/20240313062551.html 4/18
3/15/24, 6:21 PM बढ्दै विद्युतीय वित्तीय साक्षरताको आवश्यकता, अर्पण पौडेलको विचार
फिसिङ– आपराधिक क्रियाकलापहरुमा संलग्न व्यक्ति तथा
संस्थाहरुले बैंकका ग्राहकहरुलाई सम्बन्धित सेवा प्रदायक वा
बैंकबाट नै इमेल, एसएमएस आदि पठाएझैं गरि वित्तीय
कारोबारसँग सम्बन्धित विभिन्न गोप्य सूचनाहरु माग गर्ने र प्राप्त
भएपछि पहिचान तथा पैसा चोरी गरी आपराधिक
क्रियाकलापहरु गर्ने गर्दछन् ।
भिसिङ– सेवा प्रदायकहरु तथा बैंकहरुबाट भन्दै
सेवाग्राहीहरुलाई फोन सम्पर्क गरि वा आवाजको सन्देश पठाइ
विभिन्न सेवासुविधा दिने वा ग्राहक पहिचान अद्यावधिक गर्ने वा
यस्तै अन्य बहानामा विभिन्न गोप्य सूचनाहरु माग गर्ने र प्राप्त
सूचनाहरु प्रयोग गरि नगद वा ग्राहकको पहिचान चोरी गरी
वित्तीय अपराध गर्ने गर्दछन् ।
टाढैबाट पहुँच (रिमोट एक्सेस)- सेवाग्राहीहरुलाई आफ्नो
मोबाइल फोन तथा कम्प्युटरहरुमा विभिन्न एप्स, प्रोग्रामहरु
डाउनलोड गर्न बाध्य बनाइ त्यसैमार्फ त उनीहरुका क्रियाकलाप
जासुसी गर्दै गोप्यरुपमा सूचनाहरु चोर्ने तथा प्राप्त सूचनाहरुको
प्रयोग गर्दै विभिन्न वित्तीय अपराधहरु गर्ने गर्दछन्।
नगद भुक्तानीका झुठा आश्वासन – चिट्ठा परेको, सस्तोमा राम्रो
सामान उपलब्ध गराउने, राम्रो देशमा वैदेशिक रोजगारीमा
पठाइदिने लगायत अनेकौं बहानामा सेवाग्राहीहरुलाई
सामाजिक सञ्जाल तथा सञ्चारका विभिन्न माध्यमबाट नगद जम्मा
भएपछि काम भइहाल्ने आश्वासनसहितका सन्देशहरु पठाएर
पनि वित्तीय अपराधहरु हुने गरेका छन्।
भुक्तानीसँग सम्बन्धित सेवा प्रदायकहरुका नक्कली वेबसाइट
तथा सामाजिक सञ्जालहरु तयार गरि सेवाग्राहीका गोप्य
सूचनाहरु अद्यावधिक गर्ने बहानामा पनि ग्राहकको पहिचान
तथा नगद चोरी भइरहेको हुन सक्छ।
धेरै भीड हुने सार्वजानिक स्थलहरुमा जडान गरिएका विद्युतीय
उपकरणका चार्जरहरुलाई बदनीयतपूर्वक छेडछाड गरी
सेवाग्राहीका मोबाइल, ल्यापटप आदि जस्ता उपकरणहरुमार्फ त
सूचना चोरी गरी पनि वित्तीय अपराधहरु भइरहेका देखिन्छन्।

https://bizmandu.com/content/20240313062551.html 5/18
3/15/24, 6:21 PM बढ्दै विद्युतीय वित्तीय साक्षरताको आवश्यकता, अर्पण पौडेलको विचार
कृ त्रिम बौद्धिकता विकासको पछिल्लो लहरसँगै विभिन्न
प्राविधिक संयन्त्रको विकास गरि ग्राहकहरुका सामाजिक तथा
वित्तीय गतिविधिहरुको सूक्ष्म निगरानी गरी धोखाधडी गर्ने
सम्भावना पनि अधिक रहेको हुनाले यसतर्फ पनि सजग रहनुपर्ने
देखिन्छ।

वर्तमान समयमा प्रयोगकर्ता एवं कारोबारको आकारमा उच्च गतिमा


विस्तारित डिजिटल बैंकिङ कारोबारलाई विश्वासनीय, भरपर्दो तथा दिगो
विकासको पथमा लैजानु अत्यन्तै आवश्यक छ। जसका लागि नियामक
निकाय, बैंक तथा वित्तीय संस्थाहरु तथा सम्बन्धित सेवा प्रदायकले
निरन्तररुपमा विभिन्न ऐन, नियम, निर्देशनहरु, मार्गदर्शन, प्रयोगमुखी
जानकारी आदि जारी गर्दै गतिविधिहरुलाई विभिन्न प्रकारले अनुगमन
गर्ने गरि नै रहेका हुन्छन्।

सेवा प्रयोगकर्ताहरुले पनि समय सापेक्ष आआफ्ना तहबाट पूर्वसर्तकता


अपनाउन सके मात्रै मौलाउदा जोखिमहरु निष्प्रभावी हुने देखिन्छ।
उपयोगकर्ताहरुले अवलम्बन गर्नैपर्ने के ही प्रमुख पूर्व सावधानीहरु यस्ता
हुन सक्छन्।

सञ्चारका विभिन्न माध्ययमबाट चिरपरिचित मान्छेको नाममा


रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी मोबाइल बैंकिङ,
इन्टरनेट बैंकिङ लगायतका डिजिटल बैंकिङ सेवाहरुको
प्रयोगकर्ताको पहिचान (युजर नेम) तथा गोप्य सूचनाहरु (पीन,
पासवर्ड, ओटीपी) माग्ने, विभिन्न नक्कली वेबसाइट वा जासुसी
प्रोग्रामहरुमार्फ त सेवाग्राहीका सूचनाहरु लिने, ठू लो रकमको
चिट्ठा परेको भनी प्रलोभनमा पारि उक्त चिट्ठा रकम हस्तान्तरण
गर्ने बहानामा रकम माग गर्ने, अत्यधिक नाफाको लोभ देखाएर
गैरकानुनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्ने
आदि जस्ता अनेकौं क्रियाकलापहरु गरि अपराधिक
क्रियाकलापहरुमा संलग्न व्यक्तिहरुले सेवाग्राहीका सूचना एवं
नगद चोरी गर्ने प्रयत्न गरिरहेका हुन सक्छन्। त्यसैले डिजिटल
बैंकिङ सेवाका उपकरण वा माध्ययमबाट कारोबार गरिरहेका
https://bizmandu.com/content/20240313062551.html 6/18
3/15/24, 6:21 PM बढ्दै विद्युतीय वित्तीय साक्षरताको आवश्यकता, अर्पण पौडेलको विचार
सेवाग्राहीहरुले कारोबार गर्नुपूर्व यस्ता प्रसंगहरुमा चनाखो हुनु
अत्यन्तै जरुरी छ।

अपरिचित व्यक्तिलाई कु नै पनि माध्यमबाट आफ्नो गोप्य सूचना


(पीन, पासवर्ड, ओटीपी) वा अन्य कु नै पनि संवेदनशील
जानकारी दिनुहुँदैन। जोसुकै ले सजिलै अनुमान लगाउन सक्ने
जस्तै जन्ममिति, मोबाइल नम्बर, घर नम्बर, गाडी नम्बर, १२३४,
घरपरिवारका सदस्यको नाम, आदि जस्ता सूचनालाई गोप्य
सूचनाको रुपमा प्रयोग नगर्दा नै राम्रो हुन्छ। मोबाइल तथा अन्य
उपकरण एवं प्रोग्रामहरुका पासवर्डहरू बेला बेलामा परिवर्तन
गरि गोप्य तरिकाले सुरक्षित राख्दा यस्ता सूचनाहरु वित्तीय
अपराधमा संलग्न व्यक्तिहरुको पहुँचमा पुग्ने सम्भावना कम
हुन्छ।
विभिन्न माध्यमबाट रकम पठाउन कु नै आग्रह वा सूचना प्राप्त
भएमा रकम पठाउनु अगाडि माग गर्ने व्यक्तिको पहिचान तथा
रकम पठाउनु पर्ने औचित्य अन्य स्रोतहरुबाट समेत यकिन गरेर
मात्र रकम पठाउने गर्दा राम्रो हुन्छ।

कम्प्युटर, मोबाइल तथा अन्य विद्युतीय उपकरणमा प्रोग्राम


(सफ्टवेयर, एप्स) डाउलोड गर्दा अत्यन्तै होसियार हुनुपर्दछ
किनकी तिनै प्रोग्रामहरुमार्फ त अपराधिक क्रियाकलापमा संलग्न
व्यक्तिहरुले सेवाग्राहीका सूचनाहरु प्राप्त गर्न विभिन्न किसिमका
जासुसी गरिरहेका हुन सक्छन्। यसबाट बच्नका लागि
अनावश्यक तथा अनधिकृ त प्रोगामहरु डाउनलोड गर्ने बानी
परिर्वतन गर्नु अति नै आवश्यक छ।
कसैले चिट्ठा वा अन्य कु नै बहानामा रकम भुक्तान गर्न
क्युआरकोड, बारकोड पठाइ वा इन्टरनेट बैंकिङ, मोबाइल
बैंकिङको गोप्य सूचना (पीन, पासवर्ड, ओटीपी) माग गरेको छ
भने त्यो शंकास्पद गतिविधि हुनसक्छ, किनकी रकम भुक्तानी
गर्न वा पठाउन यस्ता सूचनाहरु प्रायः आवश्यक हुँदैन।
कु नै पनि वेबसाइटमार्फ त विद्युतीय कारोबार गर्नुअघि सम्बन्धित
संस्थाको आधिकारिक हो/होइन यकीन गर्नुपर्छ।

https://bizmandu.com/content/20240313062551.html 7/18
3/15/24, 6:21 PM बढ्दै विद्युतीय वित्तीय साक्षरताको आवश्यकता, अर्पण पौडेलको विचार
आफू ले डिजिटल बैंकिङ सेवा सुविधाहरु उपयोग गरिरहेका
विद्युतीय उपकरणहरुको अनधिकृ त प्रयोगबाट जोगाउन
आवश्यक सर्तकता अपनाउने गर्ने गर्नु पर्दछ।
आफ्नो बैंक खातामा रकम जम्मा हुँदा वा रकम झिक्दा आउने
एसएमएसहरुको नियमित अनुगमन गर्ने तथा कु नै अस्वाभाविक
संके त देखिएमा तुरुन्तै सम्बन्धित बैंकमा खबर गर्ने तथा निश्चित
अन्तरालमा आफ्नो बैंक खाताको स्टेटमेन्ट रुजु गर्ने गर्नु पर्दछ।
भीडभाड हुने वा सार्वजानिक स्थलमा जडित विद्युतीय
उपकरणहरुका चार्जरमार्फ त भरसकै विद्युतीय भुक्तानीमा प्रयोग
गरिने मोबाइल, ल्यापटप आदि जस्ता उपकरणहरु चार्ज नगर्दा
नै राम्रो हुन्छ।
नियामक निकाय, बैंकहरु तथा अन्य सेवा प्रदायकहरुले
समयसमयमा कारोबारमा देखिन सक्ने जोखिम कम गर्न विभिन्न
सन्देश, सल्लाह, निर्देशन प्रवाह गरिरहेका हुन्छन् त्यस्ता
कु राहरुमा अद्यावधिक रहने गर्नु पर्दछ।
समाज तथा परिवारका सदस्यहरुबीच पनि डिजिटल बैंकिङ
सेवा सुविधाको प्रयोग तथा सम्भावित जोखिम न्यूनीकरण पूर्व
सावधानीका बारेमा छलफल गर्दै वा जानकारी अद्यावधिक गर्ने
गर्नु पर्दछ।

नवप्रर्वतन तथा विश्वव्यापीकरणको उर्लदो लहरमा समाहित विद्युतीय


भुक्तानी प्रणालीमा के न्द्रित बैंकिङ व्यावसायिकता निरन्तररुपमा
परम्परागत पद्धतिबाट प्रविधिमैत्री पद्धतिउन्मुख बन्दै गर्दा एकातिर
विभिन्न किसिमका जीवनशैलीमुखी तथा समय सापेक्ष सेवा सुविधाहरु
उपलब्ध भइरहेका छन्, अर्कोतिर विभिन्न किसिमका जोखिमहरु पनि
मौलाउदै छन्।

त्यसैले अबको दिनमा स्मार्ट बैंकिङ सेवा लिनका लागि सेवाग्राहीहरु


पनि आफ्नो ज्ञान, सीप, मनोवृत्ति एवं व्यवहारलाई समयसापेक्ष
अद्यावधिक गर्दै लैजानुपर्ने देखिन्छ। अन्यथाः विभिन्न प्रकारका वित्तीय
अपराधका सिकार हुने परिवेश सृजना हुन सक्छ। जसका लागि समय

https://bizmandu.com/content/20240313062551.html 8/18
3/15/24, 6:21 PM बढ्दै विद्युतीय वित्तीय साक्षरताको आवश्यकता, अर्पण पौडेलको विचार
समयमा नियामक निकाय, बैंक तथा वित्तीय संस्था लगायत अन्य विभिन्न
संस्थाहरुबाट प्रदान गरिने वित्तीय साक्षरता के न्द्रित सूचना, प्रकाशन वा
क्रियाकलापमा नियमितरुपमा अद्यावधिक भइराख्नु वा सहभागिता
जनाउनु नै जोखिम कम गर्ने एक मात्र रणनैतिक अस्त्र हुन सक्छ।

(उल्लिखित विचारहरु लेखकका निजी भएकाले आबद्ध संस्थाको


प्रतिनिधित्व गर्दैनन्)

0 comments Sort by Oldest

Add a comment...

Facebook Comments Plugin

Advertisements

https://bizmandu.com/content/20240313062551.html 9/18
3/15/24, 6:21 PM बढ्दै विद्युतीय वित्तीय साक्षरताको आवश्यकता, अर्पण पौडेलको विचार

https://bizmandu.com/content/20240313062551.html 10/18
3/15/24, 6:21 PM बढ्दै विद्युतीय वित्तीय साक्षरताको आवश्यकता, अर्पण पौडेलको विचार

https://bizmandu.com/content/20240313062551.html 11/18
3/15/24, 6:21 PM बढ्दै विद्युतीय वित्तीय साक्षरताको आवश्यकता, अर्पण पौडेलको विचार

मुख्य-समाचार

नेपालीले अब भारतमा क्यूआरमार्फ त भुक्तानी गर्न पाउने, राष्ट्र बैंकले दियो


अनुमति
 बिजमाण्डू  २०८० चैत्र २

सर्वोच्चको आदेशविपरीत सीमित कर्मचारीलाई लाभ हुने गरी बढु वा प्रस्ताव,


६०० जनाको वृत्ति विकास रोकिने
 बिजमाण्डू  २०८० चैत्र २

घाटामा रहेका कम्पनीको सेयरमा लगातार पोजेटिभ सर्कि ट, लगानीकर्ताले


किन खन्याइरहेका छन् पैसा?
 सुनिल कुँ वर  २०८० चैत्र २

https://bizmandu.com/content/20240313062551.html 12/18
3/15/24, 6:21 PM बढ्दै विद्युतीय वित्तीय साक्षरताको आवश्यकता, अर्पण पौडेलको विचार
चक्रपथको दोस्रो खण्ड विस्तार अनिश्चित, अनुदान स्वीकृ त नभएको भन्दै
चीनको आलटाल
 शुक्र गिरी  २०८० चैत्र २

ब्याङ्कवेटदेखि सहकारीसम्म पुगेर बधाई लिइरहेका छन् नवनियुक्त मन्त्रीहरु,


मन्त्रालयमा देख्‍नै मुस्किल
 नेत्र तामाङ  २०८० चैत्र २

नन्दबहादुर र वर्षमानसँग फोन सम्पर्क देखिएका जीवनविरुद्ध मुद्दा चलाउने


निर्णय, भीआईपीमाथि होला अनुसन्धान?
 सविन ढकाल  २०८० चैत्र १

ट्रेन्डिङ

नन्दबहादुर र वर्षमानसँग फोन चक्रपथको दोस्रो खण्ड विस्तार


सम्पर्क देखिएका जीवनविरुद्ध अनिश्चित, अनुदान स्वीकृ त
मुद्दा चलाउने निर्णय, नभएको भन्दै चीनको
भीआईपीमाथि होला आलटाल
अनुसन्धान?

https://bizmandu.com/content/20240313062551.html 13/18
3/15/24, 6:21 PM बढ्दै विद्युतीय वित्तीय साक्षरताको आवश्यकता, अर्पण पौडेलको विचार

बैंकिङ कसुरमा समातिएका


१० बैंकर हाजिरी जमानीमा
छु टे, राष्ट्र बैंकको अनुसन्धान
जारी

लोकप्रिय

पक्राउको संके त पाएपछि दुर्गा न राम्रो धितो, न व्यावसायिक


प्रसाईं हतारहतार काठमाडौंमा, क्षमता, आखिर बैंकले कसरी
‘गिरफ्तारी दिन आएँ ’ दिन्छन् अढाई अर्ब ऋण?

https://bizmandu.com/content/20240313062551.html 14/18
3/15/24, 6:21 PM बढ्दै विद्युतीय वित्तीय साक्षरताको आवश्यकता, अर्पण पौडेलको विचार

अडानी ग्रुपले विमानस्थलको अन्सारी दाजुभाइले मेडिकल


पूर्वाधार विकासमा ७८ हजार कलेजबाट जोडे कम्तिमा
करोड भारतीय रुपैयाँ लगानी ११५० करोडको सम्पत्ति
गर्ने

नेपाल-भारत क्यूआर भुक्तानी ब्याज घटाउने प्रतिस्पर्धा


थालेको १० दिनमा १ करोड रोकिएन, गलत हल्लाको
भारु फर्छ्यौट, दैनिक ५०० सिकारले निक्षेप गुमाएको
वटा कारोबार एनआइसी एसियाले भने
बढायो

https://bizmandu.com/content/20240313062551.html 15/18
3/15/24, 6:21 PM बढ्दै विद्युतीय वित्तीय साक्षरताको आवश्यकता, अर्पण पौडेलको विचार
सुनको भाउले २० हजार सुन तस्करीमा समातिएका
व्यवसायी संकटमा, १० किलो जीवन गुरुङसँग अर्थमन्त्रीको
बेच्न पनि हम्मेहम्मे फोन सम्पर्क , पुन भन्छन्-
दोषीलाई कारबाही हुनैपर्छ

   

Thapathali, Kathmandu,
bizmandu@bizmandu.com
DoI. No. 383/073/74
Contact No : 015325191/ 015327242
Chair: Junu Rijal
Editor: Bigyan Adhikari
Group Editor: Om Thapa
Info
 हाम्रो बारेमा

 Contact Info
 Advertise With Us
 Post Your News
 Do You Want To Join Bizmandu Team

Quick Links
 Corporate
 Banking News
 Info-Tech
https://bizmandu.com/content/20240313062551.html 16/18
3/15/24, 6:21 PM बढ्दै विद्युतीय वित्तीय साक्षरताको आवश्यकता, अर्पण पौडेलको विचार
 Life Style
 Bizmandu Interview

https://bizmandu.com/content/20240313062551.html 17/18
3/15/24, 6:21 PM बढ्दै विद्युतीय वित्तीय साक्षरताको आवश्यकता, अर्पण पौडेलको विचार

© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.

https://bizmandu.com/content/20240313062551.html 18/18

You might also like