You are on page 1of 14

माननीय न्यायाधीश श्री के दारप्रसाद गिरी

माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला

KAJAL BUDHA सम्वत २०५९ सालको


JIWAN YOGI
फै सला मितिः २०६३।१०।१।२

मुद्दाः जुवा तास ।

पुनरावेदक / वादी प्रहरी निरिक्षक राजेन्द्र ढकालको प्रतिवेदनले नेपाल सरकार        

विरूद्ध

प्रत्यर्थी / प्रतिवादीः जिल्ला मोरंग विराटनगर उप महानगरपालिका वडा नं. ४ बस्ने भाईराजा प्रधान समेत
 जुवा ऐन, २०२० को दफा २ मा “जुवा” भन्नाले “सम्पत्ति हार्ने वा जित्ने गरी कु नै संयोगका आधारमा
बाजी थापी खेलेको कु नै खेल सम्झनु पर्दछ” भन्ने उल्लेख भएबाट के स्पष्ट हुन आउँदछ भने जुवा खेल
खेल्नको लागि सम्पत्तिको हारजित, संयोग र खेल खेल्दा बाजी थाप्ने जस्ता कार्यहरुको विद्यमानता
हुनुपर्ने ।

 तासको मेरिज खेलमा पक्षहरुको बीचमा धन सम्पत्तिको हार जित हुने, संयोग नपर्ने पक्षले वाजी गर्न
नसक्ने, संयोग परी वाजी गर्नेले वाजी गरे बापत धन, रुपैंया पैसा, सम्पत्ति प्राप्त गर्ने, वाजी गर्न नसक्नेले
धन सम्पत्ति हार्ने जस्ता कार्यहरु तासको मेरिज खेलमा पनि विद्यमान हुने भएकोले तासको मेरिज
खेललाई जुवा होइन भन्न सकिने अवस्था नरहने ।

न्या.राजेन्द्रप्रसाद कोइराला : पुनरावेदन अदालत विराटनगरबाट मिति २०५८।४।११ मा प्रतिवादीहरुलाई


अभियोग दावीबाट सफाई दिने ठहराई भएको फै सला उपर चित्त नबुझी वादी नेपाल सरकारको तर्फ बाट न्याय
प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यस
प्रकार छः
 १ : मिति २०५५।८।२१ गते विराटनगर ४ स्थित रहेको भाईराजा प्रधानको १ तले पक्कि घरको
उत्तरतर्फ को कोठामा २ समूहमा वसी खाल थापी जुवा (तास) खेली रहेको अवस्थामा तास वुक थान–
६, राडी थान–२ चकटी थान–२, तन्ना थान–१, टेवुल पोस थान–१, इमरजेन्सी लाईट थान–१ र नगद
रु. ५२,१२८।– समेत बरामद गरी तास खेली रहेको भरत प्रधान, भरत खड्का, इन्द्र कार्की, पुनमचन्द्र
दुगड, खेमचन्द्र जैन, नरेश प्रधान, रोशन थापा, गंगा बहादुर क्षेत्री, सुदिप श्रेष्ठ र घरधनी भाइराजा प्रधान
समेत १० जनालाई प्रहरीले पक्राउ गरेको भन्ने समेत व्यहोराको बरामदी मुचुल्का सहित उल्लेखित
प्रतिवादीहरुलाइ पक्राउ गरी आवश्यक कारवाहीको लागि दाखिला गरेको छु भन्ने समेत व्यहोराको प्रहरी
निरिक्षक राजेन्द्र ढकालको प्रतिवेदन ।

२ : विराटनगर–४ बस्ने भाईराजा प्रधानको घरमा अवैध जुवा खेलाई रहेको छ भनी प्राप्त सुराक अनुसार
निजको घरमा गई हेर्दा निजको घर कोठामा २ समूह गरी जुवा खेली रहेको अवस्थामा फे ला परेकोले निज
घरधनी भाईराजा प्रधान समेतका १० जना मानिसहरुलाई पक्राउ गरी पठाईएको छ । निजहरुले अवैध जुवा
खेले खेलाएकोमा निजहरुलाई कानून बमोजिम कारवाही होस भन्ने समेत व्यहोराको वडा प्रहरी कार्यालय
विराटनगरको पत्र ।
३ : विभिन्न कारणले म पनि सो स्थानमा पुगेकोले मलाई पनि प्रहरीले पक्राउ गरी यस कार्यालयमा दाखिल
गरेको हुन मैले तास जुवा खेलको छैन । अरुले के गरेको हुन मलाई थाहा भएन तर यो बरामद भएको सामान
प्रहरीले घटनास्थलबाटै बरामद गरी ल्याएका हुन् भन्ने समेत व्यहोराको प्रतिवादीहरुले अधिकार प्राप्त
अधिकारी समक्ष गरेको बयान ।

४ : मलाई विभिन्न किसिमको रोग भएको कारणबाट मलाई प्रायजसो मानिसहरुले भेट गर्नको लागि बराबर
आउने जाने गरी रहेका थिए । मिति २०५५।८।२१ गतेका दिन मेरो घरमा तास जुवा खेल भएको होइन । यो
बरामद भएको बरामदी मुचुलकामा उल्लेख भएको सबै सामानहरु मेरै घरबाट बरामद गरी ल्याएका हुन भन्ने
समेत व्यहोराको घरधनी भाईराजा प्रधानले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान ।

५ : मिति २०५५।८।२१ गते प्रतिवादी भाईराजा प्रधानको घरमा खाल थापी तास जुवा खेलाएको सम्बन्धमा
घर धनी भाइराजा प्रधान समेतका मानिसहरुलाई गस्ती प्रहरीले पक्राउ गरी लिई गएका हल्ला सुनी थाह पाए ।
निजहरुलाई खाल थापी तास जुवा खेल खेलाएको मैले देखेको छैन भन्ने समेत व्यहोराको जोती
होमागाई, नरेश नेपाल, महेश हुमागाई समेतले गरी दिएको मिति २०५५।८।२३ को वस्तु स्थिती मुचुल्का ।

६ :  प्रतिवादी भाईराजा प्रधानले सम्पत्ति हार्ने जित्ने गरी तास (जुवा) खेलाई जुवा ऐन, २०२० को दफा
३(१) को कसूर गरेको देखिन आएको र अन्य विरूद्ध खण्डमा उल्लेखित प्रतिवादीहरुले नगद हार्ने जित्ने
गरी तास खेली सोही ऐनको सोही दफाको कसूर गरेको देखिन आएकोले सो कसूरमा पहिलो पटक कायम
गरी प्रतिवादी मध्ये भाईराजा प्रधानलाई सोही ऐनको दफा ४ (ख) बमोजिम सजाय हुन र अन्य
प्रतिवादीहरु पुनमचन्द्र दुगड, भरत खड्का, भरत प्रधान, गंगा बहादुर क्षेत्री, खेमचन्द्र जैन, रोशन
थापा, सुदिप श्रेष्ठ, इन्द्र कार्की, नरेश श्रेष्ठ समेतलाई पहिलो पटक कायम गरी सोही ऐनको दफा ४(क)
बमोजिम सजाय हुन तथा जुवामा प्रयोग भएको नगद उपभोग गर्ने मनसायले लगिएको नगद रु.
५२,१२८।– जिन्सी सामान राडी थान–२ चकटी थान–२, तन्ना थान–१ टेवल पोस थान–१ इमरजेन्सी
लाईट थान–१, तास वुक–६ समेत ऐ. ऐनको दफा ५ बमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको मिति
२०५५।८।२३ को अभियोग पत्र
७ : प्रतिवादीहरुले विभिन्न कारण ले त्यो स्थान मा पुगेको र आरोपित कसुर नगरेको भएकालेे निर्दोश भएको
भनी अदालत समक्ष गरेको बयान ।

८: प्रहरीले मुचुल्कामा सही गरी दिनु होस भन्दा हामीले सही गरेका हौ । जुवा खेले नखेलेको सम्बन्धमा
हामिलाई थाहा छैन भन्ने समेत व्यहोराको बरामदी मुचुल्कामा लक्ष्मीप्रसाद निरौला समेत साक्षीहरुले
अदालतमा गरेको वकपत्र ।
 
  आरोपित कसूरबाट प्रतिवादीहरुले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको मोरङ जिल्ला अदालतको मिति
२०५७।२।४।४ को फै सला ।

१० : प्रतिवादीहरुले जुवा खेलेको र खेलाएको पुष्टि भएको अवस्थामा पनि प्रतिवादीहरुलाई अभियोग
दावीबाट सफाई दिने ठहर्‍याएको शुरु फै सला त्रुटीपूर्ण हुँदा उल्टी बदर गरी प्रतिवादीहरुलाई अभियोग दावी
अनुसार सजाय गरी पाउँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको तर्फ बाट पर्न  आएको पुनरावेदन पत्र
परेको ।
११ : तास र रुपैया समेत बरामद भै वादीका साक्षीले किटानी वकपत्र गरी दिएको र प्रतिवादी रोशन थापा
समेतका के ही प्रतिवादीहरुले रुपैंया हाम्रै हो भनी बयान समेत गरी रहेको अवस्थामा शुरुले गरेको फै सला
फरक पर्ने देखिदा छलफलको लागि अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने व्यहोराको
पुनरावेदन अदालत विराटनगरले आदेश गरेको ।

१२ : तासको मेरिज खेल सरसर्ती हेर्दा संयोगको आधारमा खेलिने खेल देखिन नआएको हुँदा तासको
म्यारिज खेल जुवा ऐन, २०२० को परिभाषा भित्र परेको भनी मान्न मिल्ने देखिएन । बरामदी मुचुल्कामा बस्ने
व्यक्तिले प्रतिवादीहरुले तास खेलेका हुन भनी किटानी साथ भन्न नसके को, बरामदी मुचुल्कालाई पुष्ट्याई
दिने किसिमको प्रमाण वादी पक्षबाट पेश हुन नसके को हुँदा प्रतिवादीहरुलाई अभियोग दावीबाट सफाई दिने
ठहराएको शुरु मोरङ्ग जिल्ला अदालतको इन्साफ मनासिव हुँदा सदर हुने ठहराई गरेको पुनरावेदन अदालत
विराटनगरको मिति २०५८।४।११ को फै सला ।
१३ : पुनरावेदन अदालतबाट तासको मेरिज खेल जुवा ऐनको परिभाषा भित्र पर्दैन । मेरिज खेल तास
अन्तर्गत पर्दैन भनी गरेको पुनरावेदन अदालतको इन्साफ न्याय सँगत छैन । मेरिज तासमा पनि संयोज परेन
भने तास मिल्न आउँदैन । तास मिलेन भने बाजी हुँदैन । बाजी भएन भने जसले बाजी गर्दछ बाजी गर्न
नसक्नेले हार्दछ र हारे वापत पैसा तिर्नु पर्ने हुँदा तासको मेरिज खेललाई संयोगबाट नखेलिने भनी गरेको
व्याख्या जुवा ऐन, २०२० को दफा २ को परिभाषा विपरीत छ । प्रतिवादी भाईराजाले बयान गर्दा बरामदी
मुचुल्काको रकम आफ्नो हो भनी लेखाई सो मुचुल्काको अस्तित्वलाई स्वीकार गरेको अवस्थामा
प्रतिवादीहरुको त्यस्तो स्वीकारोक्तिपूर्ण बरामदी मुचुल्कालाई प्रमाणमा ग्रहण नगरी गरिएको फै सला त्रुटीपूर्ण छ
। बरामदी मुचुल्कामा बस्ने व्यक्तिहरुले बरामदी मुचुल्कामा भएको सही आफ्नो भनी स्वीकार गरेको अवस्था
समेतबाट प्रतिवादीहरुले अभियोग दावी अनुसारको कसूर गरेको हुँदा निजहरुलाई अभियोग माग दावी
अनुसार सजाय गर्नु पर्नेमा मेरिज खेल जुवा होइन भनी सफाई दिने ठहराएको पुनरावेदन अदालतको इन्साफ
नमिलेकोले उल्टी गरी अभियोग माग दावी बमोजिम सजाय गरी पाउँ भनी अभियोग माग दावी बमोजिम
सजाय गरी पाउँ भनी वादी नेपाल सरकारको तर्फ बाट दोहोर्‍याई हेरि पाउँ भनी निवेदन परेको ।
१४ पुनरावेदन अदालत विराटनगरबाट ऐ. ऐनको दफा २ को परिभाषा भित्र म्यारिज खेल नपर्ने भनी मिति
२०५८।४।११ मा भएको फै सलामा उक्त कानूनको व्याख्यात्मक त्रुटी देखिएकोले न्याय प्रशासन ऐन, २०४८
को दफा १२ को उपदफा १ को खण्ड (क) बमोजिम प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ ।
कानून बमोजिम गर्नु भनी यस अदालतको संयुक्त इजलासबाट मिति २०५९।१०।१५ मा आदेश भएको ।

प्रस्तुत मुद्दामा पुनरावेदकको तर्फ बाट महा न्यायाधिवक्ताको कार्यालयका उप न्यायाधीवक्ता शरद खड्काले
मेरिज तासमा पनि संयोग नपरे बाजी हुन सक्दैन, बाजी भएन भने हार हुन्छ, जुन व्यक्तिले बाजी गर्न सक्दैन
उसले बाजी गर्ने व्यक्तिलाई बाजी गरे बापत रकम दिनु पर्ने हुन्छ । यस्तो संयोगको भरमा हार जित हुने खेललाई
पनि जुवा ऐन, २०२० को दफा २ को परिभाषा भित्र पर्दैन भनी गरेको पुनरावेदन अदालतको फै सला
नमिलेकोले उल्टी हुनु पर्दछ भनी र विपक्षीहरुको तर्फ बाट उपस्थित विद्वान अधिवक्ता दिपेन्द्र राज बस्नेतले
विपक्षीहरु जुवा खेल्न नबसेको, जुवा खेली हारजित गरेको भन्ने दावी वादी पक्षबाट पुष्टि हुन नआएकोले
पुनरावेदन अदालतबाट भएको फै सला मिलेकै हुँदा सदर हुनु पर्दछ भनी गर्नु भएको वहस समेत सुनियो ।
पुनरावेदन अदालत विराटनगरको इन्साफ मिले नमिले सम्बन्धमा निम्न प्रश्नहरुमा के न्द्रित रही निर्णय दिनु
पर्ने हुन आयो ।
 
१. तासको मेरिज खेल जुवाको खेल हो वा होईन ?
२. प्रतिवादीहरुले अभियोग दावी अनुसारको कसूर गरेका हुन वा होइनन् ? र पुनरावेदन अदालतले गरेको
इन्साफ मिलेको छ वा    छैन ?

# पहिलो प्रश्न तर्फ विचार गर्दा जुवा ऐन, २०२० को दफा २ मा “जुवा” भन्नाले “सम्पत्ति हार्ने वा जित्ने
गरी कु नै संयोगका आधारमा बाजी थापी खेलेको कु नै खेल सम्झनु पर्दछ” भन्ने उल्लेख भएबाट के स्पष्ट हुन
आउँदछ भने जुवा खेल खेल्नको लागि सम्पत्तिको हारजित, संयोग र खेल खेल्दा बाजी थाप्ने जस्ता
कार्यहरुको विद्यमानता हुनु पर्दछ ।
अब मेरिज खेलमा यी तिन तत्व विद्यमान छन् वा छैन भन्ने सम्बन्धमा विवेचना गर्दा मेरिजको खेल खेल्दा
खेलाडीहरुले यो यस्तो र त्यति रित पुर्याई खेल खेल्नु पर्दछ भन्ने कु नै मान्य एवं स्थापित नियम नभए पनि
खेलाडीहरु बीच प्रचलनमा आएको, खेलाडीहरुले स्वीकार गरेको स्वःनिर्मित रीत रोहबाट एक आपसमा तास
वाँडी खेल शुरु गर्दछन् । खेल खेल्नु भन्दा पहिले वाजी थापी वा नथापी खेल खेल्न शुरु हुन्छ । खेलमा एकले
फालेको तास अर्काले लिँदा वा मूलतासबाट सट्टा गर्दा सधै भरी मिल्न आउँदैन । यो मिल्नु भनेको संयोगले मात्र
हुन सक्दछ । मेरिज तासमा पनि तास मिलेन भने वाजी हुन सक्दैन । बाजी भएन भने जसले संयोग परी वाजी
गर्दछ, वाजी गर्न नसक्नेले वाजी गर्नेलाई वाजी वापत धन सम्पत्ति राखेको भए सो राखेको धन, सम्पत्ति रुपैंया
पैसा आदि दिनु पर्दछ । यसरी तासको मेरिज खेलमा पक्षहरुको बीचमा धन सम्पत्तिको हार जित हुने, संयोग
नपर्ने पक्षले वाजी गर्न नसक्ने, संयोग परी वाजी गर्नेले वाजी गरे बापत धन, रुपैंया पैसा, सम्पत्ति प्राप्त
गर्ने, वाजी गर्न नसक्नेले धन सम्पत्ति हार्ने जस्ता कार्यहरु तासको मेरिज खेलमा पनि विद्यमान हुने भएकोले
तासको मेरिज खेललाई जुवा होइन भन्न सकिने अवस्था रहेन ।
# अव प्रतिवादीहरुले उल्लेख भए अनुसार धन सम्पत्ति रुपैंया पैसा बाजी राखी तासको मेरिज खेल खेलेका
हुन वा होइनन् भन्ने दोश्रो प्रश्नको सम्बन्धमा विचार गर्दा अभियोग पत्रमा मूख्य रुपमा तास जुवा खेलाउने भनी
उल्लेख भएका प्रतिवादी भाईराजा प्रधानले म बैंकको पूर्व म्यानेजर भएको नाताले र हाल विरामी भै घरबाट
अन्यत्र जान नसक्ने भएको हुँदा मेरो पुराना कर्मचारी साथीहरु र व्यापारि साथीहरु मलाई घरमा भेट्न आएका
हुन । मेरा घरमा खाल थापी धन आर्जन गर्ने मनसुवाले तास खेलाएको छैन, खेलेका पनि छैनन् र अन्य
प्रतिवादीहरुले पनि साथी भाईराजा प्रधान विरामी भएको कारणले निजलाई भेट्न भनी घरमा गएको हो, तास
जुवा खेलेको होइन, बरामदी भएको भनेको तास बुक प्रहरीले कहाँबाट ल्याए हामीलाई थाहा भएन । बरामद
भएको पैसा भने हाम्रो पैसा हो । उक्त पैसा नगर प्रहरीले हामीलाई पक्राउ गरी आफ्नो कार्यालयमा लगि
सके पछि हामीबाट बरामद गरेको हो भनी अदालत र अधिकार प्राप्त अधिकारी समक्ष बयान गरेको देखिन्छ
। बरामदी मुचुल्कामा बस्ने व्यक्तिले अभियोग दावी अनुसार प्रतिवादीहरु तास खेलेका हुन भनी किटानी साथ
लेखाउन सके को पाईदैन ।
वस्तु स्थिती मुचुल्कामा बस्ने व्यक्तिहरु मध्ये मनोहरराज पाण्डे र गणेशप्रसाद भट्टराईले यी प्रतिवादीहरुले
तास खेलेका होइनन् मुचुल्कामा सही गरी दिनु होस भनेकोले सही सम्म गरी दिएका हौं भनी अदालत समक्ष
वकपत्र गरेका छन् । बरामद भएका सामानहरु प्रतिवादीहरु तास खेली रहेकै ठाउँबाट बरामद भएका हुन भन्ने
ठोस सवुद प्रमाण वादी पक्षबाट गुजार्न सके को देखिदैन । बरामदी मुचुल्कामा बस्ने लक्ष्मीप्रसाद निरौला
समेतका व्यक्तिहरुले प्रतिवादीहरुबाट रकम बरामद भएको हामीहरुले देखेको होइन । के वल मुचुल्कामा वसि
दिनु होस भनेकोले वसी दिएको हौं भनी अदालतमा आई वकपत्र गरी दिएका छन् । वादी पक्षबाट प्रतिवादीहरु
मध्ये कोबाट कति रकम बरामद भएको हो किटानी साथ भन्न नसके को अवस्थामा प्रतिवादीहरुले पैसाको
हारजित हुने गरी तासको मेरिज खेल खेलेका हुन नै भन्ने कु रा माथि उल्लेखित आधार प्रमाणबाट पुष्टि हुन
नआएबाट निजहरुले जुवा ऐन, २०२० को दफा ३(१) अनुसारको कसूर गरेको देखिन आएन । 
निर्णय : तसर्थ तास, जुवा र रुपैंया पैसा बाजी राखी खेलिने तासको मेरिज खेल जुवा नै हो भन्ने एकिन
भएतापनि प्रतिवादीहरुले तासको मेरिज खेल खेली जुवाको रुपमा वाजी थापी हारजित गरेको भन्ने अभियोग
दावीमा उल्लेख भए अनुसार कु नै प्रमाणबाट पुष्टि हुन आएको नदेखिदा अभियोग दावीबाट सम्म सफाई पाउने
ठहर गर्नु  पर्नेमा तासको मेरिज खेललाई जुवाको परिभाषा भित्र नपर्ने भनी गरेको पुनरावेदन अदालत
विराटनगरको फै सला सो हदसम्म के ही उल्टी हुने ठहर्छ भनी सर्वोच्चको फै सला ।

You might also like