You are on page 1of 10

कु न्दन कु मार कर्ण

शाखा अधिकृ त
९८४३३०५६३१

नाफा र नोक्सान खाता (Profit & Loss A/C)

 व्यावसायिक संगठनहरूले निश्चित अवधिमा गरेको आर्थिक कारोबार (खर्च तथा


आम्दानी)को आधारमा खुद नाफा वा खुद नोक्सान पत्ता लगाउन अपनाइने लेखांकन
पद्दति नै नाफा र नोक्सान खाता हो ।
 नाफा र नोक्सान खाता यस्तो वित्तीय विवरण हो जसले निश्चित अवधिमा व्यावसायमा
भएको खर्च तथा आम्दानीको सारांश तयार पार्दछ ।
 यो खाताले नाफा वा नोक्सानको वास्तविक स्थितिलार्इ चित्रण गर्दछ । यो अन्तिम खाता
(Final Account) को एउटा अंग हो ।
 नाफा र नोक्सान खाताको देब्रेतिर डेबिट पक्ष तथा दाहिनेतिर क्रे डिट पक्ष हुन्छ ।
सम्पूर्ण अप्रत्यक्ष खर्चको लेखांकन डेबिट पक्षमा तथा अप्रत्यक्ष आम्दानीको लेखांकन
क्रे डिट पक्षमा गरिन्छ ।
 व्यावसायिक खाता (Trading Account) को नतिजा पश्चात अर्थात कु ल नाफा वा कु ल
नोक्सान पत्ता लगार्इसके पछि नाफा तथा नोक्सान खाता तयार पारिन्छ । कु ल
नाफालार्इ नाफा र नोक्सान खाताको क्रे डिट पक्षमा देखार्इन्छ भने कु ल घाटालार्इ नाफा
र नोक्सान दाताको डेबिट पक्षमा देखार्इन्छ ।
 व्यावसायिक खाता अन्तर्गत वस्तुको उत्पादन तथा बिक्री संग सम्बन्धित प्रत्यक्ष खर्चहरू
समावेश हुन्छन् ।
 व्यावसायिक खाताबाट नाफा र नोक्सान खातामा कु ल नाफा वा कु ल नोक्सान क्रमश:
डेबिट वा क्रे डिटमा सरिसके पछि नाफा र नोक्सान खातामा अप्रत्यक्ष आम्दानी तथा
खर्चहरू प्रविष्टि गरिन्छ ।

नाफा तथा नोक्सान खातामा देखाइने खर्चहरू

सामान्यतया नाफा नोक्सान खातामा निम्न खर्चहरू देखार्इन्छ:

(क) कार्यालय तथा प्रशासनिक खर्चहरू (Office & Administrative Expenses) – कार्यालय
सञ्चालनका लागि आवश्यक व्यवस्थापन संग सम्बन्धिन खर्चहरू यस अन्तर्गत पर्दछन्:
a. कर्मचारीहरूको तलब
b. स्टेशनरी
c. कार्यालयको भाँडा
d. विद्युत, खानेपानी तथा टेलिफोन महशुल
e. अन्य सञ्चालन खर्चहरू
(ख) बिक्री तथा वितरण खर्चहरू (Selling & Distribution Cost) – वस्तु तथा सेवाको बिक्री
वितरण संग सम्बन्धित सम्पूर्ण खर्चहरू यस अन्तर्ग पर्दछन्:
a. विज्ञापन खर्च
b. बिक्रीकर्ताको तलब
c. यातायात खर्च
d. गोदाम खर्च
e. सामग्री प्याक गर्न लाग्ने खर्च,
f. कमिशन, आदि ।
(ग) मरम्मत तथा सम्भार खर्च (Repair & Maintenance Expenses) – कार्यालय भवन, मेशिन
तथा उपकरणरूको जीवन अभिवृद्धि गर्न, चलायमान राखी राख्न गरिने खर्च नै मरम्मत
तथा सम्भार (Repair and Maintenance) खर्च हो । यस अन्तर्गत ह्रासकट्टी
(Depreciation) पनि पर्दछ ।
(घ) वित्तीय खर्च (Financial Expenses) – वित्तीय व्यवस्थापनका लागि गरिने खर्चहरू वित्तीय
खर्चहरू हुन्:
a. बैंक दस्तुर
b. कमिशन
c. ब्याज तिरेको
d. लेखापरीक्षण शुल्क
e. सेवा शुल्क, आदि ।
(ङ) अन्य खर्च (Other Expenses) – माथि उल्लेखित बाहेक खर्चहरूलार्इ अन्य खर्च शीर्षकमा
समावेश गरिन्छ । जस्तै कानुनी खर्च, आदि ।

नाफा तथा नोक्सान खातामा देखाइने आम्दानीहरू

नाफा नोक्सान र खाताको क्रे डिट पक्षमा निम्न आम्दानीहरू समावेश हुन्छन्:

 ब्याज प्राप्त
 भाडा प्राप्त
 छू ट प्राप्त
 लाभांश प्राप्त
 कमिशन प्राप्त
 अप्राप्य ऋण असुली
 सम्पति बिक्रिमा नाफा
 लगानीमा ब्याज
 रोयल्टी, आदि ।

नाफा र नोक्सान खाता तयार पार्ने प्रकृ या (Procedures of Preparing Profit & Loss A/C)

सन्तुलन परीक्षण (Trial Balance)को सहायताले नाफा र नोक्सान खाता तयार गरिन्छ । यसका
प्रकृ यालार्इ यसरी उल्लेख गर्न सकिन्छ:

 व्यावसायिक खाताबाट प्राप्त कु ल नाफा वा नोक्सानलार्इ क्रमश: क्रे डिट वा डेबिट


पक्षमा ल्याउने,
 सम्पूर्ण अप्रत्यक्ष खर्चहरूलार्इ डेबिट र आम्दानीहरूलार्इ क्रे डिट पक्षमा प्रविष्टि
गर्ने
 डेबिट र क्रे डिट दुवै पक्षको जोडलार्इ मिलान गर्ने । डेबिट पक्ष बढी भए खुद
घाटा (Net Loss) र क्रे डिट पक्ष बढी खुद नाफा (Net Profit) हुन्छ ।

नाफा र नोक्सान खाताको प्रारूप (Format of Profit & Loss Account)

XYZ Company
Profit & Loss Account
For the year ended…………..
Dr. Cr.

Particular Amount Particular Amount


To Trading A/c xxx By Trading A/c xxx
(Gross Loss Transferred) (Gross Profit Transferred)
To Salaries & Wages xxx By Interest Received xxx
To Rent, Rate & Taxes xxx By Rent Received xxx
To Telephone Charges xxx By Discount Received xxx
To Postage & Telegrams xxx By Dividend Received xxx
To Office Electric Charges xxx By Bad Debts Recovered xxx
To Printing & Stationary xxx By Sale of Scraps xxx
To Advertisement xxx By Royalty Received xxx
To Commission xxx By Commission Received xxx
To Travelling Expenses xxx By Profit on Sale of Assets xxx
To Insurance xxx By Dividend on Shares xxx
To Bad Debts xxx By Interest on Investment xxx
To Packaging Expenses xxx By Subsidy from Government xxx
To Depreciation xxx By Sundry Receipts xxx
To Audit Fee xxx
To Bank Charges xxx
To Legal Charges xxx
To Repair & Maintenance xxx
To Discount xxx
To Establishment Expenses xxx
To Export Duty xxx
To Brokerage xxx
To Sundry Expenses xxx
To Net Profit (Transferred to xxx By Net Loss (Deduct from xxx
Capital & Liability side of Balance capital of Balance Sheet)
Sheet)
Total xxx xxx

नाफा र नोक्सान खाताको उद्देश्यहरू (Objectives of Profit & Loss A/c)

व्यावसाय नाफा वा घाटा के मा छ भन्ने पता लगाउने यस खाताको मुख्य उद्देश्य रहेतापनि यसका
अन्य उद्देश्यहरू [फाइदा/महत्व] निम्न छन्:

1) व्यावसायिक संस्थाको वर्ष भरिको खर्च तथा आम्दानी पता लगाउने,


2) वर्ष भरि गरेको खरिद तथा बिक्री पता लगाउने,
3) नाफा वा नोक्सान हुनुको कारण पता लगाउने,
4) खर्च तथा आम्दानीहरूको तुलनात्मक अध्ययन गर्ने,
5) संगठनको कार्यक्षमता (Efficiency) मापन गर्ने,
6) अनावश्यक खर्चहरू कम गरी खर्च नियन्त्रण गर्न मद्दत गर्ने,
7) संगठनको भावी कार्यदिशा तय गर्न मद्दत गर्ने,
8) तिर्नुपर्ने करको जानकारी दिने,
9) वासलात तयार गर्न आधार निर्माण गर्ने,
10) सरोकारवालाहरू (Stakeholders) लार्इ आवश्यक सूचना उपलब्ध गराउने,
11) संगठनमा आर्थिक अनुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने
12) व्यवस्थापकीय कार्यकु लताको जानकारी दिने।

नाफा र नोक्सान खाताको विशेषता/चरित्र/गुण (Features/Characteristics/Merits of Profit &


Loss A/c)

नाफा र नोक्सान खाताको विशेषताहरूलार्इ वुँदागत रूपमा निम्नानुसार उल्लेख गर्न सकिन्छ:
 कु नै खास अवधिको अन्तमा व्यावसायको वास्तविक नतिजा पता लगाउन यो खाता तयार
गरिन्छ,
 यो अन्तिम खाताको दोश्रो चरण हो,
 यसमा अप्रत्यक्ष खर्च तथा आम्दानीहरू मात्र समावेश गरिन्छ,
 व्यावसायिक खाताको closing balance बाट यसको लेखांकन सुरू गरिन्छ,
 यसमा चालू अवधिको नगद तथा उधारो खर्च तथा आम्दानी मात्र देखार्इन्छ,
 विगत तथा भविष्य संग सम्बन्धित शीर्षक यसमा समावेश गरिदैन, आदि ।

कु ल नाफा र खुद नाफाबीचको भिन्नता (Differences between GP & NP)

कु ल नाफा (Gross Profit) आधार खुद नाफा (Net Profit)


कु ल आम्दानी र वस्तु तथा सेवाको परिभाषा वस्तु तथा सेवाको बिक्री मार्फ त प्राप्त
उत्पादन लागतबीचको भिन्नता नै कु ल आयबाट सम्पूर्ण खर्च घटाउँदा आउने
नाफा हो । रकम नै खुद नाफा हो ।
Gross Profit = Total Sales - Cost of सूत्र Net Profit = Gross Profit - All direct
goods sold expenses
यो व्यावसायको वास्तविक नाफा होइन यो व्यावसायको वास्तविक नाफा हो ।

यसको हिसाब व्यावसायिक खाताबाट हिसाब नाफा र नोक्सान खाताद्वारा खुद नाफा
गरिन्छ । पता लगार्इन्छ ।
कु ल नाफाबाट कर तिरिदैन । खुद नाफाको आधारमा करको निर्धारण
कर
हुन्छ ।
कु ल नाफाको रकमको आधारमा बिक्री संग खुद नाफालार्इ तुलना गरी
क्षमता
व्यावसायिक संस्थाको प्रगतिको अनुमान व्यावसायको नाफा आर्जन गर्न सक्ने
मापन
तथा मापन गर्न सकिन्छ । क्षमता मापन गर्न सकिन्छ ।

वासलात (Balance Sheet)

 कु नै निश्चित अवधिको व्यवसायको वास्तविक वित्तीय अवस्थाको चित्रण गर्ने वित्तीय


विवरण नै वासलात हो । वित्तीय अवस्था भन्नाले कम्पनीको सम्पति, पूँजी, भुक्तानी दिनुपर्ने
दायित्वको अवस्थालार्इ जनाउँछ ।
 It is a statement of what a business concern owns and what it owes on a particular
date. What it owns are called assets and what it owes are called liabilities.
 वासलात अन्तिम खाताको महत्वपूर्ण अंग हो । यो लेखा अवधिको अन्त्यमा नाफा र
नोक्सान खाता तयार गरिसके पछि तयार गरिन्छ ।
 वासलातको लेखांकन आधारभुत लेखा समीकरण (Fundamental Accounting Equation)
को आधारमा गरिन्छ ।
Assets = Liabilities + Owner’s Equity
 वासलातमा विभिन्न उपशीर्षकहरू हुन्छन्:
 Current Assets
 Fixed Assets
 Current Liabilities
 Long-term Liabilities
 कानुनी रूपमा वैध हुन GAAP(General Accepted Accounting Principles) ले दिएको
निर्देशन अनुसारको वासलात तयार गर्नुपर्दछ ।
 वासलातलार्इ Statement of Condition, Statement of Financial Condition, Statement of
Financial Position पनि भनिन्छ ।

वासलातको विशेषताहरू (Features of Balance Sheet)

 यो आर्थिक वर्षको अन्त्यमा तयार गरिन्छ,


 यो Final Account को अन्तिम चरण हो,
 यसका दुर्इ पक्ष हुन्छन्: देब्र पक्षमा दायित्व र दाहिने पक्षमा सम्पति,
 दुवै पक्षको जोड संधै बराबर हुन्छ,
 यसमा खर्च ताथ आम्दानीलार्इ देखांइदैन । अर्थात सम्पति तथा दायित्वलार्इ मात्र
देखार्इन्छ ।
 पूँजीमा कु ल नाफा वा घाटा संलग्न हुने हुँदा नाफा र नोक्सान खाताको तयारी
पश्याच वासलात तयार गरिन्छ,
 यो हरेक व्यावसायिक संगठनका लागि तयार गर्नु पर्ने अनिवार्य वित्तीय विवरण हो,
आदि ।

वासलातको उद्देश्य/महत्व (Objectives/Importance of Balance Sheet)

 व्यावसायको वास्तविक वित्तीय अवस्थाको चित्रण गर्ने/गर्दछ,


 Debtors र Creditors संग सम्बन्धित जानकारी दिने,
 पूँजी तथा ऋणको अनुपातको बारेमा जानकारी दिने,
 सम्पतिको मूल्य तथा प्रकृ तिको बारेमा विस्तृत जानकारी दिने,
 भुक्तानी गर्नुपर्ने दायित्वको बारेमा अवगत गराउने,
 संगठनले दायित्व बहन गर्न सक्ने क्षमताको जाँग गर्ने,
 व्यावसायको वित्तीय अवस्थामा आएको परिवर्तनको विश्लेषण गर्ने,
 वित्तीय जोखिम न्यूनीकरण गर्न मद्दत गर्ने,
 संगठनको कार्यक्षमता मूल्यांकन गर्न आवश्यक सूचना प्रदान गर्ने,
 व्यावसाय बेच्नु परेको खण्डमा बिक्री मुल्य पता लगाउन सहयोग गर्ने,
 संगठनले बाहिरबाट ऋण लिनुपर्दा ऋण लिने आधारको रूपमा काम गर्ने, आदि ।

वासलात बनाउने तरिका (Methods of Preparing Balance Sheet)

 वासलात तयार गर्न आवश्यक सूचना सन्तुलत परीक्षण (Trial Balance) बाट लिने (सम्पूर्ण
खर्च तथा आम्दानीहरू Trading र PL A/c मा स्थानान्तरण पश्चात् सन्तुलन परीक्षणमा सम्पति,
दायित्व र पुँजी संग सम्बन्धित जानकारी बाँकी रहन्छ ।),
 सम्पतिलार्इ वासलातको सम्पति पक्षमा र पूँजी तथा दायित्वलार्इ दायित्व पक्षमा वर्गीकरण
गरेर सिलसिलेवार ढं गबाट मिलाएर राख्ने,

वासलातको प्रारूप (Format of Balance Sheet)

ABC Company
Balance Sheet
As on…………

Capital & Liabilities Amount Assets Amount


Capital: xxx Current Assets xxx
Add: Net Profit xxx Cash & Cash equivalent xxx
Less: Net Loss xxx Temporary investment xxx
Add: Interest on Capital xxx Accounts receivable xxx
Less: Drawings xxx Inventories xxx
Sundry debtors xxx
Current Liabilities xxx Bills receivable xxx
Notes payable xxx Short-term investment xxx
Accounts payable xxx Prepaid expenses xxx
Wages payable xxx Accrued income xxx
Accrued expenses xxx Cash at bank xxx
Sundry creditors xxx Marketable Securities xxx
Bills Payable Total Current Assets xxx
Income received in advance xxx
Outstanding expenses xxx Fixed Assets
Bank overdraft xxx Land & Building xxx
Total current liabilities xxx Plant & Machinery xxx
xxx Furniture & Fixture xxx
Long-term Liabilities Goodwill xxx
Notes Payable Long-term Investment xxx
Bonds payable xxx Equipment xxx
Total long-term liabilities xxx Motor Vehicles xxx
xxx Total Fixed Assets xxx
Stockholder’s Equity
Common stock
Retained earnings xxx
Less: Treasury stock xxx
Total stockholder’s equity xxx
xxx
Total Liabilities & STKR’S equity xxx Total Assets xxx

अन्तिम खाता तयार गर्दा गरिने के ही समायोजनहरू (Some Adjustment Entries for Final
Accounts)

1. नाफा र नोक्सान खाताको डेबिट पक्षमा सम्बन्धित खर्चमा जोडी वासलातको दायित्व
पक्षमा देखाउने खर्चहरू:
- Outstanding expenses
- Unpaid expenses
- Arrear expenses
- Due expenses
2. नाफा र नोक्सान खाताको डेबिट पक्षमा सम्बन्धित खर्चबाट घटार्इ वासलातको सम्पति
पक्षमा देखाउने खर्चहरू:
- Prepaid expenses
- Advance paid
- Unexpired expenses
3. नाफा र नोक्सान खाताको क्रे डिट पक्षमा सम्बन्धित आम्दानीमा जोडी वासलातको सम्पति
पक्षमा देखाउने आम्दानीहरू:
- Accrued income
- outstanding income
4. नाफा र नोक्सान खाताको क्रे डिट पक्षमा सम्बन्धित आम्दानीबाट घटार्इ वासलातको
दायित्व पक्षमा देखाउने आम्दानीहरू:
- Received in advance
- Advance income
- Unearned income
5. ह्रासकट्टी (Depreciation) – नाफा र नोक्सान खाताको डेबिट पक्षमा देखार्इ वासलातमा
सम्बन्धित सम्पतिबाट घटाउने ।
6. अन्तिम मौज्दात (Closing stock) – व्यावसायिक खाताको क्रे डिट पक्ष तथा वासलातको
सम्पति तर्फ देखाउने ।
7. खराब ऋण (Bad debts) – नाफा र नोक्सान खाताको डेबिट पक्षमा देखार्इ वासलातमा
Sundry debtors बाट घटाएर देखाउने ।

बैंक हिसाब मिलान विवरण (Bank Reconciliation Statement)

 व्यावसायले cash book मा देखाएको मौज्दात बैंकले pass book मा देखाएको मौज्दात
संग बराबर नभए, के कारणले बराबर नभएको हो भनी पत्ता लगार्इ हिसाब मिलान
गर्ने विधि नै बैंक हिसाब मिलान विवरण हो ।
 बैंकले ग्राहक संग भएको कारोबारहरूको अभिलेख राख्न pass book वा bank
statement प्रयोगमा ल्याउँछ भने ग्राहकले चेकबाट भएका कारोबारहरूको अभिलेख
राख्न cash book को प्रयोग गर्दछ ।
 बैकिङ्ग कारोबारमा दुवै पक्ष संलग्न भएतापनि प्राय व्यवहारमा पासबुकले देखाउने
मौज्दात र नगद पुस्तिकाले देखाउने मौज्दात बराबर हुँदैन् ।

Cash Book र Pass Book ले देखाउने balance फरक पर्नाका कारणहरू

i. Cheque issued but not presented for payment


ii. Cheque received but not sent to collection
iii. Cheque sent for collection but not collected by bank
iv. Interest allowed or credited by bank but not recorded into the cash book
v. Interest or bank charge debited by bank but not recorded into the cash book
vi. Interest or dividend directly deposited or credited into the bank
vii. Direct payment made by the bank
viii. Dishonor of bill or cheque discounted by the bank
ix. Direct payment into the bank by the customer
x. Any error made in cash book or pass book

बैंक हिसाव मिलान विवरणको आवश्यकता र महत्व (Need & Importance of BRS)

 Cash book तथा Pass book मा देखार्इएको रकमको शुद्धताको सुनिश्चितता गर्दछ,
 Cash book तथा Pass book मा गरिएको प्रविष्टीको जाँच गर्दछ,
 Cash book तथा Pass book मा भएको गल्ती पत्ता लगार्इ सच्याउन मद्दत गर्दछ,
 Cash book तथा Pass book लार्इ समयानुकु ल अद्यावधिक गर्न,
 चेक भुक्तानी तथा संकलन समयमा भए भनएको जानकारी प्रदान गर्न, आदि ।

Q. Prepare Bank Reconciliation Statement according to given information [2067]


a) The Bank overdraft as per cash book 31st December 2010 in Rs.6340
b) Interest on overdraft for 6 months ending 31 st December 2010 Rs.160 is entered in
passbook
c) Bank charges of Rs.30 for the above paid are debited in the pass book
d) Cheque issued but not cashed prior to 31st December 2010 amounted Rs.1160
e) Cheque paid into bank but cleared before 31st December 2010 were for Rs.2170
f) Interest on investment collected by the bank and credited in pass book Rs.1200
Solution:
Bank Reconciliation Statement
As per 31st December 2010

Particulars Detail (Rs) Detail (Rs)


Balance as per cash book 6340
Add:
Interest on overdraft for 6 months 160
Bank charge for debit on passbook 30
Cheque paid but not cleared before 31st Dec 2010 2170
Total 2360
Less:
Cheque issued but not cashed prior to 31st Dec 2010 1160
Interest on investment collected by bank and credited in 1200
pass book
Total 2360
Balance as per pass book 6340

You might also like