You are on page 1of 20

CHAPTER – Management &Account

1. Bank and Financial Institutional (बैंक तथा वित्तीय संस्था)

Organization Organizational Goals


Stakeholders
संस्था संस्थागत लक्ष्य
सरोकारवाला
- आन्तरिक
- बाहय

Activities
क्रियाकलाप

संस्थागत प्रशासन Optimal Utilization of Resources


स्रोत र साधनको उच्चतम प्रयोग

Human Resource Physical Resources Financial Resources


मानव साधन भौतिक स्रोत साधान आर्थिक साधन

अन्य स्रोत तथा


आन्तरिक र साधनको उच्चतम प्रयोगविश्लेषण, मुल्यांकन र पूर्वानुमानका साथ निर्णय र योजना तर्जुमा गर्ने
बाहय बाताबरणको

१.१ ब्यबस्थापनको अर्थ तथा परिभाषा (Meaning and Definition of Management):-


 ब्यबस्थापन एक त्यस्तो प्रक्रिया हो जसले संस्थामा उपलब्ध भएको स्रोत र साधनलाई उच्चतम र व्यवस्थित प्रयोग गराई संस्थाबाट लक्ष्य
हासिल गर्ने बाताबरण सृजना गर्दछ |
 संस्थाको लक्ष्य हासिल गर्न स्रोत र साधनको ब्यबस्थापन गर्ने कला नै ब्यबस्थापन हो |
 ब्यबस्थापन बिभिन्न क्रियाकलापहरुको योजना, संगठन, बजेट, निर्देशन, नेतृत्व, सुपरिबेक्षण र नियन्त्रण जस्ता क्रियाकलापहरुको
समष्टिगत स्वरूप हो |
 कु नै पनि संथामा संस्थागत लक्ष्य प्राप्तिका लागि कार्य बाताबरण कार्य संस्कृ ति सृजना गरि अरुबाट ब्यबस्थित र प्रभावकारी कार्य
सम्पादन गराउने र सोका लागि गरिने बिभिन्न प्रक्रिया नै ब्यास्थापन हो |

१.२ Managerial Approach:-

Organizational Goals
संस्थागत लक्ष्य
Things to Remember: (Feature/Characteristics- बिशेषता)
 ब्यबस्थापन एक प्रक्रिया हो |
 नियमित प्रक्रिया हो |
 यसमा योजना, संगठन, निर्देशन, सुपरिबेक्षण र नियन्त्रण जस्ता कार्य गर्द छ |
 ब्यबस्थापन संस्थाको स्रोत र साधनसंग सम्बन्धित हुन्छ |
 ब्यबस्थापन संस्थागत लक्ष्य उन्मुख हुने,
 परिबर्तनशिल प्रकृ ति,
 ब्यबस्थापन कार्य संस्कार र बाताबरणसंग सम्बन्धित,
 सामुहिक क्रियाकलाप,
 सृजनशील कार्य,
 अरुद्वारा कार्य गराउने कला,

१.३ ब्यबस्थापनको उद्देश्य तथा महत्व (Objective / Important of Management):-


 संस्थागत लक्ष्य हासिल गर्नु,
 आवश्यक स्रोत र साधनको प्रभावकारी व्यवस्थापन र उच्चतम प्रयोग गर्नु,
 स्रोत र साधनसंग सम्बन्धित योजना तथा बजेट कार्यान्वयन गर्नु,
 मानवीय स्रोत र साधनको प्रभावकारी ब्यबस्थापन गर्नु,
 संस्थाका कर्मचारीलाई संस्थागत उद्देश्यका निमित्त कार्य बाताबरण र संस्थाको सृजना गर्नु,
 संस्थाको आन्तरिक तथा बाह्य बाताबरणको विश्लेषण मुल्यांकन तथा सोहि अनुसारको पूर्वानुमान गरि कार्य सम्पादन गराउनु,
 कर्मचारीको साथै संस्थाको समग्र कार्य सम्पादन क्षमता तथा उत्पादकत्व क्षमता अभिवृद्धि गर्नु,
 बस्तु वा सेवाको गुणस्तरमा अभिवृद्धि गर्न,
 संस्था प्रति सरोकारवालाको तथा जनबिश्वास विश्वसनीयता अभिवृद्धि गर्नु,
 संस्थाको लागत न्यूनीकरण गराई मुनाफा तथा बचतको अभिवृद्धि गर्नु,
 संस्थाले अनुसरण गर्नु पर्ने नीति, नियम, कानुन तथा निर्देशन परिपालन गराउनु,
 संस्थामा संस्थागत सुशासन स्थापित तथा अभिवृद्धि गर्नु,

१.४ ब्यबस्थापनको कार्यहरु (Functions of Managements) :-


ब्यबस्थापन कार्य भन्नाले संस्थागत लक्ष्य हासिल गर्नका निमित्त पूर्व निर्धारित उद्देश्य र क्रियाकलापहरुलाई तोकिएको समयमा सम्पादन
गर्ने बाताबरण तयार पार्ने कार्यहरु पर्दछन | तसर्थ ब्यबस्थापनका प्रमुख कार्यहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ |
(POSDCORB)
 योजना बनाउने,
 संगठन गर्ने,
 कर्मचारी ब्यबस्थापन,
 निर्देशन,
 नेतृत्व,
- समन्वय,
- सुपरिबेक्षण र अनुगमन,
- उत्प्रेणा,
- नियन्त्रणात्मक भूमिका,
- संचार,
 बजेट तर्जुमा गर्ने,
१.५ ब्यबस्थापनको सिद्धान्त (Principle of Managements):-
 कार्यको बाँडफाँड,
 निर्देशनमा एकरुपता,
 आदेशमा एकरुपता,
 आदेशको शृंखला
 आधिकार र दायित्व,
 के न्द्रिकृ त र बिके न्द्रिकृ त,
 बढ्दो ब्यबस्थापकीय क्रियाकलाप,
 उद्देश्यको अधर्म ब्यबस्थापन,
 अपबादद्वारा ब्यबस्थापन,
 बजेट तर्जुमा वा सो को आधारमा गरिने ब्यबस्थापन,
 समन्वयको सिद्धान्त,
 संस्थागत इच्छा व्यक्तिगत चाहना भन्दा प्राथमिक्ता हुनुपर्छ,
 कर्मचारीलाइ उचित सेवा सुबिधा प्रदान गर्ने,
 समताको सिद्धान्त,
 सहभागिताको सिद्धान्त,
 स्थायित्वको सिद्धान्त
Note*
1. Classical Theory of Management.
2. Modern Theory of Management.
2. LEADERSHIP (नेतृत्व)
अवाधराणा तथा संस्थामा यसको महत्व
२.१ अर्थ तथा परिभाषा :-
कु नै पनि संस्थामा संस्थागत लक्ष्य हासिल गर्न ब्यबस्थापकले वा बरिष्ठ कर्मचारीले आफ्ना अधिनस्त कर्मचारीहरुलाई बिभिन्न प्रशासनिक
तथा ब्यबस्थापकीय क्रियाकलाको माध्यमबाट सकारात्मक प्रभाव पारी पुर्ब निर्धारित उद्देश्य तथा कार्य ब्यबस्थित तथा प्रभावकारी रुपले सम्पादन गर्ने
गराउने प्रकिया तथा भूमिकालाइ नै नेतृत्व भनिन्छ |
आफ्ना अधिनस्त कर्मचारीहरुलाई औपचारिक तथा अनौपचारिक माध्यमबाट सामुहिक लक्ष्य हासिल गर्न उत्प्रेरित गराउद छ | समूह भित्र
नेता वा नेतृत्वले संलग्न व्यक्तिहरु बिचमा प्रभावकारी संचार, समन्वय, उत्प्रेना, सुपरिबेक्षण तथा नियन्त्रण जस्ता क्रियाकलापको मध्यबाट प्रभावकारी
नेतृत्व भूमिका निर्बाह गरेको पाइन्छ|
२.२ Things to Remember:- Features of Leadership (नेतृत्वको बिशेषता)
 समूह वा संस्थाको नेता,
 अनुयायी तथा अधिनस्त कर्मचारी,
 प्रभावित बनाउने कार्य तथा प्रकृ या,
 नियमित प्रकृ या,
 सामुहिक लक्ष्य,
 औपचारिक तथा अनौपचारिक सम्बन्ध,
 संचार, उत्प्रेणा, समन्वय, सुपरिबेक्षण तथा नियन्त्रण क्रियाकलापको संलग्नता,
 व्यक्तिगत तथा ब्यबस्थापकीय कला,
 ब्यबस्थापकीय कार्यको रुपमा परिभाषित,
 प्रभावकारी कार्य बाताबरण र संस्कारको निर्माण गर्ने,

२.३ Qualities of Leadership (नेतृत्वमा हुनुपर्ने गुणहरु)

गुणहरु

प्राबिधिक गुणहरु
व्यक्तिगत गुणहरु
 ज्ञान
 ज्ञान वा व्यक्तिगत ज्ञान
 कार्य सम्पादन गर्न सक्ने क्षमता वा दक्षता
 स्वास्थ्य तथा प्रभावकारी शारीरीक बनौट
 संचारको क्षमता
 बिश्लेषणात्मक क्षमता
 ब्यबस्थापकीय गुण
 सुन्न सक्ने क्षमता (गुनासो)
 कार्यगत समस्या समाधान गर्न सक्ने क्षमता
 प्रभावित पर्न सक्ने क्षमता
 पुर्बानुमान गर्न सक्ने क्षमता
 पुर्बानुमान गर्न सक्ने क्षमता
 निर्देशन दिनसक्ने क्षमता
 निर्देशन दिनसक्ने क्षमता
 प्रभावित पर्न सक्ने क्षमता
 संचार वा व्यक्तिगत संचार क्षमता
 प्रतिनिधित्व गर्न सक्ने क्षमता
२.४ Objective/Importance of Leadership (नेतृत्वको उद्देश्य तथा महत्व)
 सामुहिक लक्ष्य हासिल गर्नु,
 कार्यको प्रभावकारी बाँडफाँड र निर्देशन दिनु,
 आवश्यक्ता अनुसार समुहगत कार्यको सुपरिबेक्षण, अनुगमन र निमन्त्रण गर्नु,
 प्रभावकारी समन्वय तथा संचार गर्नु,
 संस्था वा समूहको सम्बन्धित स्थानमा आवश्यक्ता अनुसार प्रतिनिधित्व गर्नु,
 अधिनस्त कर्मचारीसंगको सम्बन्ध प्रभावकारी बनाउनु,
 द्वन्द ब्यबस्थापन गर्नु,
 समुहमा परेको समस्याको समाधान गर्नु,
 कर्मचारीहरुको दक्षता, क्षमता अभिवृद्धि गर्न सहयोग पुर्याउनु,
 संस्थाको समग्र कार्य क्षमता तथा बस्तु र सेवाको गुणस्तर अभिवृद्धि गर्नु,

२.५ Style of Leadership (नेतृत्वको शैली)


नेतृत्वको शैली बिभिन्न नीति, योजना तथा निर्णयका क्रममा सहभागिता गराउने तथा नगराउने वा निर्णयको अधिकारको आधारमा बर्गिकरण
गरिएको पाइन्छ |
१. निरङ्कु स नेतृत्व शैली:-
कु नै पनि संस्था वा समुहमा कर्मचारीहरु योजना तथा निर्णयका लागि होइनन के वल कार्य सम्पादन गर्नका लागि मात्र संस्थामा समाबेश
गरिएको भन्ने मानसिक्ताको आधारमा बर्गिकरण गरिएको नेतृत्व शैली नै निरङ्कु स शैली हो |
यस नेतृत्व शैलीमा अधिनस्त कर्मचारी अनुयायीहरुलाई निर्णय प्रक्रियामा सहभागी गराइने तर उक्त निर्णयलाई कार्यान्वयन गर्न भने बाध्य
बनाइने |
यस्तो नेतृत्व शैली साना संस्था, सक्रमणकालिन अवस्था, बिभिन्न युद्धको अवस्थामा बढि प्रयोग गरेको पाइन्छ |
२. प्रजातान्त्रिक नेत्रृत्व शैली :-
प्रजातान्त्रिक नेतृत्व शैली जहाँ नेताले आफ्ना अधिनस्त कर्मचारी वा अनुयायीहरु बिबेकशील, क्षमतावान र कार्य सम्पादन प्रभावकारी
रुपमा गर्न सक्ने भएकोले निर्णय प्रक्रियामा सहभागी गराउनु पर्ने र सल्लाह सुझाव दिनु पर्ने हुन्छ | भन्ने मानसिक्ताको साथ गरिएको नेतृत्व शैलीका
रुपमा चिन्दछौ | तसर्थ यसमा अधिनस्त कर्मचारी वा अनुयायीलाइ निर्णय प्रक्रियामा सहभागी गराएपनि निर्णय भने नेतृत्व पंक्तिबाटै गरिन्छ |
३. स्वन्त्र नेतृत्व शैली :-
स्वन्त्र नेतृत्व शैली अधिनस्त कर्मचारीहरुको क्षमता, दक्षता, योजनालाई स्वीकारी स्वतन्त्ररुपले निर्णय गर्न दिने र नेतृत्वले प्रत्यक्ष हस्तक्षप
नगरी निर्णय प्रक्रिया वा निर्णयलाई हेर्ने गर्द छ | साथै सहयोगात्मक भूमिका समेत निर्वाह गरेको पाइन्छ |

3. संचार प्रणाली (Communication System)

Collection of
Information
सूचनाको संकलन

Sender प्रेषक Encoding Mode of Decoding


 Idea (बिचार) सांके तिक Transmissio रुपान्तरण
Receiver प्रापक
 Experience (अनुभव) n
Recruitment or need of
 Knowledge (ज्ञान) such information to
 Information (सूचना) used
 Other (अन्य)
३.१ अर्थ तथा परिभाषा (Meaning and Definition):-
 संस्थामा बिभिन्न क्रियाकलाप, योजना, पूर्वानुमान, बजेट, नीतिका साथसाथै अभिलेख ब्यबस्थापन र बिभिन्न व्यबस्थापकिय कार्यका लागि
सूचना तथा जानकारीको लागि आवश्यक्ता पर्दछ |
 कु नै स्थान, व्यक्ति, संस्थानले आफु ले संकलन गरेको अनुभव, ज्ञान, शिप, क्षमता, सूचनालाइ ब्यबस्थित र प्रभावकारी माध्यमबाट अर्को
व्यक्ति तथा स्थान सम्म आवश्यक्ता अनुसार पुर्याउने प्रणाली तथा प्रक्रियालाइ नै संचार प्रणाली भनिन्छ |
 यसरि संचार प्रणाली प्रभावकारी गर्नको निमित्त प्रेषक, प्रापक, संचारको माध्यम र आधिकारिक सूचना तथा जानकारीको आवश्यक्ता पर्दछ
|
 जहाँ पप्रेषकले सूचना तथा जानकारी बिभिन्न सरल सहज र प्रभावकारी माध्यमबाट प्रापक सम्म पुर्याउने र प्रापकले सूचना तथा जानकारी
प्रयोगका स्थानमा आवश्यक्ता अनुसार पृष्ठ पोषण दिने |

३.२ सूचना प्रणालीको प्रक्रिया / चरण (Process of Communications Systems):-


 बिभिन्न आधिकारिक सूचना जानकारी, तथ्यांक, बिचार संकलन गर्ने |
 संकलन गरेको आधिकारिक सूचनालाई आवश्यक्ता अनुसार इनकोडीङ्ग गर्ने |
 प्राभाव्कारी र उपयोगी सूचना संचारको माध्यमलाइ छानी प्रेषकले सूचना सम्प्रेषण गर्ने |
 प्रापकले आफु संग सम्बन्धित सूचना तथा जानकारी संकलन गरि आवश्यक्ता अनुसार बुझ्नको लागि Decoding गर्ने |
 प्रापकले सूचना प्राप्त गरिसके पछी आफ्नो उपलब्धताको आधारमा प्रयोग गर्ने वा पृष्ठपोषण गर्ने व दुवै कार्य गरिन्छ |
 प्रापकले सूचना तथा जानकारीहरु बिभिन्न माध्यमहरुबाट भविष्यमा प्रयोग गर्न संरक्षण गर्न वा अभिलेख ब्यबस्थापन गर्ने |

३.३ पप्रभावकारी संचार प्रणालीका लागि ध्यान दिनु पर्ने कु राहरु :-


 प्रेषक र प्रापकको अवधारणा,
 आधिकारिक सूचना,
 प्रभावकारी सहज र मित्तब्ययी संचारको माध्यम,
 प्रापकले सहज रुपले प्राप्त गर्ने ,
 प्रापकले सरल सहज र स्पष्ट रुपले प्रयोग गर्न सकिने,
 सूचना संक्षिप्त हुनु पर्ने,
 सूचना पूर्ण हुनु पर्ने / अर्थपूर्ण हुनु पर्ने,
 संचार प्रणालीमा लचकता हुनु पर्ने,
 संचार प्रणालीले सिद्धान्तिक, ब्यबहारिक र कानुनी पक्षलाई समेटेको हुनु पर्ने,

३.४ संचार प्रणालीको प्रकार (Types of Communications Systems)


१. दिशाको आधारमा (Basis of Direction)
 तलतिर जान संचार प्रणाली,
 माथितिर जाने संचार प्रणाली,
 समतल संचार प्रणाली,
 छड्के संचार प्रणाली,
२. औपचारिक्ताको आधारमा
 औपचारिक संचार प्रणाली,
 अनौपचारिक संचार प्रणाली,
३. सहभागिताको आधारमा
 अन्तर व्यक्तिगत संचार प्रणाली,
 व्यक्तिगत संचार प्रणाली,
 समूहगत संचार प्रणाली,
 बृहत संचार प्रणाली,
४. प्रतिकृ याको आधारमा
 एक तर्फी संचार प्रणाली,
 दुवै तर्फी संचार प्रणाली,
५. संचारको माध्यमको आधारमा
 मौखिक संचार प्रणाली,
 लिखित संचार प्रणाली,
 सांके तिक संचार प्रणाली,
६. प्रयोगकर्ताको आधारमा
 संस्था वा संगठन भित्रको संचार प्रणाली,
 संस्था वा संगठन बाहिरको संचार प्रणाली,

३.५ संचार प्रणालीको आवश्यक्ता तथा महत्व


 संस्थामा सूचना तथा जानकारीहरुको प्रयोग गर्न तथा गराउन,
 संस्थाको कार्य सम्पादन, मुल्यांकन तथा विश्लेषण गर्न,
 मानव संसाधन ब्यबस्थापनको माध्यमबाट प्रभावकारी कार्य सम्पादन गर्न,
 कर्मचारीलाइ कार्य बर्गिकरण, जिम्मेवारी तथा दायित्व हस्तान्तरण गर्न,
 जन सम्पर्क स्थापित गर्न,
 सरोकारवालासंगको सम्बन्ध सुमधुर बनाउन,
 समन्वय प्रभावकारी कार्य बाताबरण तथा संस्कारको स्थापना गर्न,
 संस्था वा संगठनको ख्याती अभिवृद्धि गर्न,
 अनुसरण गर्नु पर्ने नियम तथा कानुनको परिपालन गर्न तथा गराउन,
 कार्यालय ब्यबस्थापन तथा समग्र ब्यबस्थापकीय र प्रसासनिक क्रियाकलापलाइ सहयोग पुर्याउन,

३.६ यसको अबरोधहरु पनि हेर्ने


१. साङ्गठनिक अबरोधहरु,
 साङ्गठनिक नीति
 सांगठनिक नियम र कानुनहरु
 लामो शृंखला
 एकोहोरो वा एकपक्षीय संचार प्रणाली
 सहयोगीहरुमा बिश्वासको अभाव
२. भौतिक अबरोधहरु,
 भौगोलिक दुरी
 तहको संरचना
 कार्यालय संरचना
 हल्ला
३.मनोबैज्ञानिक अबरोध,
 संचारकर्ताप्रति अविश्वास
 ठु लो हु भन्ने भावना
 व्यक्तिगत बुझाई
 अपरिपक्व मुल्यांकन
 ध्यान नदिनु
4. भाषागत अबरोध
 खरो भाषा
 अस्पष्ट भाषा
 गलत अनुबाद
 प्राबिधिक भाषा
5. प्राबिधिक अबरोधहरु
 यान्त्रिक अबरोधहरु
 प्रशारणमा हराउनु
 सूचनाको चाप
 अपर्याप्त समय

कार्य सम्पादन तथा मुल्यांकन र पुरस्कारको प्रणाली


6.
Performance Appraisal and Rewards Systems
४.१ अर्थ तथा परिभाषा :-
 कु नै पनि संस्थामा लक्ष्य हासिलका निमित्त बिभिन्न क्रियाकलापहरु कर्मचारीद्वारा सम्पदान गराइन्छ | प्रभावकारी कार्य सम्पादनको
कार्यमान सिर्जना गरि वास्तविक कार्य सम्पदानको मुल्यांकन गरिन्छ |
 यसरि बिभिन्न विधिहरुको प्रयोग गरि कर्मचारीको कार्य सम्पादन मुल्यांकन गरि आवश्यक्ता अनुसार नियन्त्रणात्मक तथा कार्य सम्पादन
अभिवृद्धि गर्न बिभिन्न ब्यबस्थापकीय कार्य पनि गरिन्छ |
 तसर्थ कर्मचारीको कार्यहरु मापन गरि कर्मचारीको क्षमता, दक्षता, तत्परता, मुल्यांकन र सो सम्बन्धि क्रियाकलाप वा नियमित प्रक्रियालाइ
नै कार्य सम्पादन मुल्यांकन भनिन्छ |
 यस भित्र निम्न प्रक्रियाहरु पर्द छ |

४.२ कार्य सम्पादन मुल्यांकनको प्रक्रिया :-


 उचित कर्यमानको निर्धारण गर्ने,
 वास्तविक कार्य सम्पादनलाई मापन गर्ने,
 वास्तविक कार्य सम्पादनलाई कर्यमानसंग तुलना गर्ने,
 कर्यमान र वास्तविक कार्य बिचको फरक र सोको कारण पत्ता लगाउने,
 कार्य सम्पादन अभिवृद्धिका लागि प्राथमिक्ताका साथ बिभिन्न कार्य तथा औजारको प्रयोग गर्ने,

४.३ कार्य सम्पादन मुल्यांकनको महत्व तथा आवश्यक्ता:-


 संस्थागत लक्ष्य तथा उद्देश्य हासिल गर्न,
 मानवीय, भौतिक र वित्तीय स्रोत र साधनको उच्चतम प्रयोग गर्न,
 मानवीय संसाधन ब्यबस्थापनमा महत्वपूर्ण योगदान पुर्याउन,
 कर्मचारी कार्य प्रति जिम्मेवार तथा जवाफदेही बनाउन,
 कर्मचारीको कार्य क्षमता, दक्षता, योग्यता आदि मापनको ह्है अभिवृद्धि गर्न,
 पुरस्कार प्रणाली सम्बन्धि योजना र कार्यान्वयनका लागि आधार प्रदान गर्न,
 संस्थाको समग्र कार्य, क्षमता, वस्तु वा सेवाको गुणस्तर अभिबिद्धि गर्न,
 संस्थाको कार्य बाताबरण तथा सस्कार, कर्मचारी बीचको समन्वय द्वन्द ब्यबस्थापन जस्ता क्रियाकलापलाइ ब्यबस्थित बनाउन,
 कर्मचारीको कार्य अधिकार तथा दायित्व, जिम्मेवारीलाइ स्पष्टता पार्न,
 औद्योगिक बिबाद तथा कर्मचारी र ब्यबस्थापन बिचको बिबाद ब्यबस्थापन कार्य सम्पादनको आधारमा ब्यबस्थापकलाइ सहयोग पुर्याउन,

४.४ कार्य सम्पादन मुल्यांकनको बिधि:-


 श्रेणी बिधि Grading Method
 Ranking Method
 Critical event or scenario method
 Centralization method
 Management or evaluation by management
 360o Evaluation

४.५ पुरस्कार प्रणाली:-


अर्थ तथा परिभाषा:-
संस्थामा कर्मचारीहरुलाई कार्य सम्पादन प्रभावकारी र ब्यबस्थित बनाउनुको साथै अपेक्षित कार्य सम्पादन गर्न उत्प्रेणा जगाउनको लागि
व्यक्तिगत वा सामुहिक रुपमा प्रदान गर्ने सेवा सुबिधा |
यो व्यवस्था मानवीय ब्यबस्थापनको महत्वपूर्ण प्रक्रिया जसले उत्प्रेणा कार्यमा योगदान पुर्याउने गर्दछ | साथै कर्मचारीको कार्य क्षमता,
व्यवहार, सहभागिता, लक्ष्यमुखी क्रियाकलापलाइ प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्बाह गरेको पाउदछौ

४.६ पुरस्कार प्रणालीको प्रकारहरु:-


 व्यक्तिगत र सामुहिक पुरस्कार प्रणाली,
 आर्थिक तथा गैह्रआर्थिक पुरस्कार प्रणाली,
 आन्तरिक (अदृश्य) र बाहय (दृश्यगत) पुरस्कार प्रणाली,
 सकारात्मक र नकारात्मक पुरस्कार प्रणाली,

४.७ पुरस्कार प्रणाली वा कार्य सम्पादन मुल्यांकन र पुरस्कार प्रणालीको गुणहरु:-


 कर्यमानको स्पस्टता,
 प्रभावकारी संचार,
 प्रभाव अभिलेखन
 पक्षपात रहित प्रणाली,
 पारदर्शिता हुनु पर्छ,
 आवश्यक्ता अनुसार गोपनियता,
 आवश्यक्ताको अबधारणा,
 सदश्यता तथा सहभागिता,
 कार्य सम्पादन संग सम्बन्धित,
४.८ पुरस्कार प्रणालीको उद्देश्य तथा महत्व:-
 कर्मचारीको कार्य सम्पादन क्षमता, पद्धति, दक्षता अभिवृद्धि गर्नु,
 अपेक्षित कार्य सम्पादन वा लक्ष्य हासिल गर्नको लागि,
 कर्मचारीलाइ उत्प्रेणा जगाउने वा उत्प्रेरित गर्ने,
 कर्मचारीको कार्य प्रतिको व्यवहार, सहभागिता अभिवृद्धि गर्ने,
 संस्थाको उत्पादकत्व क्षमता, समग्र कार्य क्षमता अभिवृद्धि गर्ने,
 संस्थाको समग्र लागत न्यूनीकरण गरि मुनाफा अभिवृद्धि गर्ने,
 कर्मचारीलाइ संस्थामा नियमितता दिनुको साथै दिर्घकालिन समय सम्म आबद्ध गराउने,

7. उत्प्रेणा (Motivation)
५.१ अर्थ तथा परिभाषा:-
कु नै लक्ष्य हासिल गर्नका निमित्त सम्बन्धित व्यक्तिलाइ गर्नु पर्ने बिभिन्न क्रियाकलाप स्वतस्पुर्त गर्न तथा गराउन अभिप्रेरित गर्ने कला तथा
प्रक्रियालाइ उत्प्रेणा भनिन्छ |
व्यक्तिलाई उसको इच्छा तथा आवश्यक्ता पूर्ति गर्ने शर्तका साथ वा अन्य बिभिन्न तत्व तथा प्रभावित पार्ने तत्वको साथ उत्प्रेणा गर्ने गरिन्छ |
संस्थामा संस्थागत लक्ष्य हासिल गर्नका लागि कर्मचारीको व्यक्तिगत आवश्यक्ता पूर्ति गर्नको साथै संस्थागत कार्य बाताबरण प्रभावकारी
बनाउने र सो कर्मचारीलाइ स्वत स्फु र्त रुपमा कार्य सम्पादन तल्लिन बनाउने प्रक्रियाका रुपमा उत्प्रेरणालाइ हेरिन्छ |

५.२ उत्प्रेणाको बिशेषता:-


 नियमित प्रक्रिया,
 मानवीय संसाधन संग सम्बन्धित,
 मानवीय व्यवहारको परिबर्तनसंग सम्बन्धित,
 आवश्यक्तासंग सम्बन्धित/आवश्यक्ताको सृंखला,
 लक्ष्यमुखी,
 नेतृत्वदाई भूमिका,
 मनोबैज्ञानिक प्रभाव,

५.३ उत्प्रेणाको सिद्धान्त


क. मास्लोको आवश्यक्ता सिद्धान्त

आत्म
सन्तुष्टको
आवश्यक्ता

अहमताको आवश्यक्ता

सामाजिक आवश्यक्ता

सुरक्षा र स्वास्थको आवश्यक्ता


क. आधारभूत आवश्यक्ता:-
व्यक्तिला आफ्नो र पारिवारिक भौतिक आवश्यक्ताको महसुस हुनु प्राथमिक आवश्यक्ता पर्दछ |
ख. सुरक्षाको आवश्यक्ता:-
व्यक्तिलाई आफ्नो सुरक्षा र अन्य क्षेत्रबाट हुने हानि नोक्सानीबाट सुरक्षित महसुस गर्न पाउने आवश्यक्ता पर्दछ |
ग. सामाजिक आवश्यक्ता:-
व्यक्तिलाई समाजबाट पाउने माया ममता तथा सामाजिक अस्तित्वको पनि आवश्यक्ता पर्दछ |
घ. अहमताको आवश्यक्ता:-
व्यक्तिलाई आत्म सम्मान, स्वन्त्रता र उच्च तहको आवश्यक्ता पर्दछ |
ङ. आत्म सन्तुष्टिको आवश्यक्ता:-
व्यक्तिलाई आफु ले चाहेको सोचेको गर्ने जस्ता आत्म सन्तुष्टिको आवश्यक्ता पर्दछ |

ख. ERG Theory of Motivation:-


मस्लोले प्रतिपादन गरेका आवश्यक्ताको शृंखलालाइ परिमार्जित गरि आवश्यक्ता ५ बर्गमा विभाजन नभइ व्यक्तिले आफ्नो समाज संगको
सम्बन्ध र आफ्नो वृद्धि हेर्ने गर्दछ | तसर्थ शारीरिक र सुरक्षाको आवश्यक्तालाइ अस्तित्वको रुपमा सामाजिक र अहमताको आवश्यक्तालाइ
समाजसंगको सम्बन्धमा त्यसै गरि आत्म सन्तुष्टिको आवश्यक्तालाइ वृद्धिको रुपमा हेरी हरेक व्यक्तिको यी ३ आवश्यक्ताको मध्यमबाट उत्प्रेणा गराउन
सकिन्छ भन्ने अवधारणा यो सिद्धान्तले बोके को पाइन्छ |

ग. X and Y Theory of Motivation:-

X and Y Theory

X Factor Y Factor

Negative Factor of Motivation Positive Factor of Motivation

 कार्य सम्पादन गर्न बिभिन्न डर, त्रास, सुबिधा कटौती जस्ता  कार्य सम्पादन प्रति उत्प्रेरित गर्ने, थप सेवा सुबिधा पुरस्कार
तत्वहरुको मध्यमबाट कर्मचारीलाइ कार्य लगाउन सकिन्छ | जस्ता बिभिन्न तर्फ बाट उत्प्रेणा गराउन सकिन्छ |
घ. समताको सिद्धान्तमा उत्प्रेणा(Equity Motivation Theory):-
संस्थामा कार्यरत कर्मचारीहरुलाई योग्यता, क्षमता, अनुभव, दक्षताको आधारमा कार्य सुम्पिने तथा जिम्मेबारी दिने गरिएमा व्यक्तिमाथिको
समता व्यवहार देदेखिनुको साथै कर्मचारी स्वतस्फू र्त रुपमा उत्प्रेरित भइ कार्य सम्पादनमा प्रभावकारिता ल्याउद छ |

ङ. Cafeteria Motivation Theory (उत्प्रेणाको लागि चमेनागृह सिद्धान्त)


संस्थामा कर्मचारीलाई कार्य प्रति उत्प्रेरित गराउन सो इच्छाले खोजेको कार्य जिम्मा दिई कार्य सम्पादन गराउदा उक्त व्यक्तिले उत्प्रेरित
भइ प्रभावकारी कार्य सम्पादन गर्द छ भन्ने अबधारणाका साथ विकास गरिएको उत्प्रेणाको सिद्धान्तलाइ उत्प्रेणाको चमेनागृह सिद्धान्त भनिन्छ |

च. Organizational Citizenship Behavior (OCB)


संस्था भित्र आबद्ध कर्मचारी जसले संस्थाको नागरिक्ता पाएको हुन्छ | ति हरेक व्यक्तिले एक अर्कालाई गर्ने ब्यबहारले कार्य प्रति प्रभाव
परद छ | तसर्थ सकारात्मक व्यवहारको मध्यमबाट कार्य बाताबरण संस्कार दृष्टिकोणमा सकारात्मकता ल्याई उत्प्रेणा जगाउन सकिन्छ भन्ने
अबधारणालाइ यस सिद्धान्तले बोके को पाइन्छ |

छ. Flexible Time Theory of Motivation (कार्य समयमा लचकताको उत्प्रेणा)


लक्ष्य तथा उद्देश्यमुखी कर्मचारीहरुलाई उक्त लक्ष्य हासिल गर्ने बाताबरणको सृजना गराई उत्प्रेणा गराउन सकिन्छ | जहाँ नतिजामुखी
कर्मचारीहरु समयलाई भन्दा नतिजालाई प्रथामिक्ता दिने गरेको र संस्थागत लक्ष्यलाई व्यक्तिगत लक्ष्य भन्दा प्रमुख सोच्ने कर्मचारीहरुलाई समयमा
पावन्दी नगरी कार्य समयमा लचकता प्रदान गरि उत्प्रेणा गर्न सकिन्छ भन्ने अबधारणा यस सिद्धान्त अन्तर्गत पर्दछ |

५.४ उत्प्रेणाको औजार(Tools of Motivation):-


 आर्थिक औजार,
 कार्य बिभाजन र उत्तरदायित्व,
 व्यवहार,
 कार्य मुल्यांकन र नीति,

५.५ उत्प्रेणाको महत्व र उद्देश्य:-


 उत्प्रेणा संस्थाको नाफा बढाउने एक महत्वपूर्ण बिधि हो |
 उत्प्रेणाले संस्थाको कर्मचारीहरुको कार्य क्षमता बढाउने कार्य गर्द छ |
 उत्प्रेणाले संस्थाको गुणस्तरको वृद्धिको परिबर्तनमा अहम भूमिका खेलेको हुन्छ |
 उत्प्रेणाले संस्थामा मानव संसाधनको प्रभावकरी उपयोग गर्न सकिन्छ |
 उत्प्रेणाले संस्थाको कर्मचारीहरुको मनोबल उच्च बनाउद छ जस कारण कर्मचारीलाई सन्तुष्टि प्रदान गर्द छ |
 उत्प्रेणाले संस्थामा आउने बिभिन्न प्रकारक विवाद तथा द्वन्दलाइ कमि गराउने कार्य गर्द छ |
 उत्प्रेणाले कर्मचारीहरुमा समन्वयको स्थापना गर्न मद्दत गर्द छ |
 उत्प्रेनाले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कर्मचारीहरुलाई स्थायित्व बनाउन मद्दत गर्द छ |
 उत्प्रेणाको कारणले गर्दा कर्मचारीहरुमा कार्य गर्ने मनसाय बन्ने भएको हुँदा निरीक्षण खर्चमा पनि कमि आउने गर्द छ |
 उत्प्रेणाले गर्दा संगठनात्मक लक्ष्य हासिल गर्न मद्दत गर्द छ |

8. चिठ्ठीपत्र र टिप्पणी (Letter and Memo Writing)


६.१ चिठ्ठीपत्र (Letter)
कु नै एक पक्षले आफु संग भएको सूचना तथा जानकारी तथा बिचार, आदेशलाई सम्बन्धित आर्को पक्षसम्म सम्प्रेषण गर्ने लिहित
औपचारिक माध्यमलाइ चिठ्ठीपत्रका रुपमा परिभाषित गरिन्छ |
चिठ्ठीपत्र संचार तथा पत्र व्यवहारको महत्वपूर्ण औपचारिक माध्यम रहेओ पाइन्छ | जहाँ व्यक्ति ब्यबसाय वा संस्था र सरकारी निकायले
त्यस्तै आर्को पक्षलाई तोकिएको ढाँचामा रही चिठ्ठीपत्र तयार पार्ने गरिन्छ |
चिठ्ठीपत्रको प्रकृ ति प्रयोग आदिलाई हेर्दा, चिठ्ठीपत्रलाई सोधपुछ पत्र. आदेश पत्र, परिपत्र, सन्दर्भ पत्र, जानकारी पत्र, व्यक्तिगत पत्र
आदिका रुपमा बर्गिकरण गर्न सकिन्छ |

६.२ चिठ्ठीको भाग, अंश (Components of Letter):-


 चिठ्ठीको शिर्षक,
 मिति,
 चलानी नम्बर/पत्र संख्या नम्बर,
 बिषय वा बिषय बस्तु,
 आन्तरिक ठेगाना,
 मुख्य भाग,
 अन्तिम सम्बोधन,
 पत्र पठाउने व्यक्ति, पद, संस्थाको जानकारी,
 बोधार्थ,
 अनुसूची,

६.३ चिठ्ठीपत्र तयार पार्दा ध्यान दिनु पर्ने कु राहरु/गुणहरु:-


 चिठ्ठीपत्रमा हुनुपर्ने अंश तथा भागहरु स्पष्ट र सरल भाषामा हुनु पर्ने छ |
 चिठ्ठीपत्र तयार पार्दा सफा र बुझ्न सकिने गरि लेख्नु पर्ने,
 शिष्टता, विनम्रता र अनुरोध साथ बिषय बस्तुलाई बुझाउने,
 चिठ्ठीको मुख्य भागमा लेखिएका बिषय बस्तुहरु पूर्ण र सम्बन्धित् नीति तथा निर्देशनको समेत ब्यबस्थालाइ वा पुराना पत्र
सम्बोधनका साथ लेख्नु पर्ने,
 चिठ्ठीपत्र औपचारिक रुपमा लेखिएको हुनु पर्ने,
 चिठ्ठीको प्रकृ ति अनुसारका आवश्यक बिभिन्न गुणहरुको साथमा प्रस्तुतीकरण गरिनु पर्ने,

६.४ चिठीपत्रको मध्यमबाट संस्थालाई हुने फाइदा :


 बिभिन्न सूचना तथा जानकारी आदेश अनुरोध सम्बन्धित पक्षलाई सम्प्रेशन गर्ने |
 कानुनी र बैधानिक संचार मध्यम भएकोले अभिलेख ब्यबस्थापनमा सहयोग पुर्याउने |
 सम्बन्धित कर्मचारीलाई जिम्मेबार तथा जवाफदेही बनाउने |
 कार्य सम्पादन मुल्यांकनको आधार प्रदान गर्ने |
 आवश्यक परेको समयमा सूचना तथा जानकारी वा निर्णयको सन्दर्भ लिन वा उपलब्ध गराउन|
 संस्थाको आवश्यक कार्य छिटो छरितो कार्य सम्पादनमा सहगोग पुर्याउने |
 कर्मचारीको कार्य बोझलाइ घटाउने |
 संस्थाको कार्य प्रणालीमा पारदर्शिता ल्याउने साथै सरोकारवाला संगको सम्बन्ध सुमधुर बनाउने |
 सेवा ग्राहीको गुनासो ब्यबस्थापनमा सहयोग पुर्याउने |

9. टिप्पणी (Memo)
७.१ अर्थ तथा परिभाषा:-
कु नै पनि संस्थामा के हि बिषय बस्तुमा रही तल्लो तहको कर्मचारीले आफ्नो राय सल्लाह सुझावलाई आधिकारिक व्यक्ति सम्म
संगठनात्मक संरचनामा रही लिखित रुपमा बिभिन्न निर्णयार्थ पठाउने र सोको सम्बन्धित आधिकारिक निर्णय दिलाउन गरिने पत्रलाई टिप्पणीको रुपमा
परिभाषित गरिन्छ |
यसमा सम्बन्धित कर्मचारीले सम्बन्धित बिषय बस्तुमा रही त्यसको सैद्धान्तिक, कानुनी, प्राबिधिक, ब्यबहारिक र नीतिगत व्यवस्था
समेत उल्लेख गरिएको पाइन्छ | जसले निर्णय भूमिकालाइ प्रभावकारी बनाउद छ |
यसमा बिषय बस्तु सम्बन्धित सुझाव तथा सल्लाह बिभिन्न व्यवस्था तथा पुराना निर्णयको सन्दर्भ टिप्पणी उठाउने व्यक्तिको जानकारीको
साथमा दस्तखत, टिप्पणी प्रतिको माथिल्ला कर्मचारीहरुको धारणा र कर्मचारीको प्रमाणीकरण अधिकार प्राप्त व्यक्तिको निर्णय र निर्णयार्थ यक्तिको
प्रमाणीकरण जस्ता अंशहरुलाई समावेश गरेको पाइन्छ |

७.२ संस्थामा टिप्पणीको महत्व (Important of Memo in Organization):-


 सम्बन्धित निर्णय तथा नीति कार्यान्वयन गर्ने कर्मचारीको राय सल्लाह सुझाव र ब्यबहारिक गुनासो सम्बन्धित अधिकारीसम्म पुर्याउने |
 कु नै पनि निर्णय तथा कार्यक्रमको शैद्धान्तिक, कानुनीक, ब्यबहारिक, प्राबिधिक र नीतिगत व्यवस्थाको बारेमा जानकारी लिन,
 सम्बन्धित बिषयमा सम्बन्धित विज्ञहरुको सल्लाह लिन,
 प्रजातान्त्रिक नेतृत्व शैलीलाई प्रभावकारी बनाउन,
 भविष्यको निर्णयलाइ प्रभावकारी कार्यान्वयन गर्न,
 सहभागितामुलक ब्यबस्थापनलाई प्रबर्धन गर्न,
 निर्णयका लागि लिखित दस्ताबेज तयार पारि अभिलेख गर्न,
 कार्यालय संचारलाइ प्रभावकारी बनाउन,

७.३ टिप्पणी तयार पार्दा ध्यान दिनुपर्ने कु राहरु:-


 सम्बन्धित बिषयमा रही काम कारबाही गर्ने र प्रत्यक्ष रुपमा गराउने व्यक्तिले टिप्पणी उठाउनु पर्ने,
 टिप्पणी तयार पार्दा सम्बन्धित बिषय बस्तुमा रही राय सल्लाह, सुझाव पृष्ठपोषणको आधारमा उठाउनु पर्ने वा उठाउने,
 टिप्पणी स्पष्ट बुझ्न सकिने प्रमाणित कागजातको साथमा उठाउनु पर्ने,
 टिप्पणी संगठनात्मक संरचना अन्तर्गत रही आधिकारिक व्यक्ति सम्म पुग्नु पर्ने जसबाट सहभागिता मुलक निर्णय प्रकृ तिको स्थायित्व गर्ने,
 हरेक संलग्न व्यक्तिको सल्लाह, सुझाव समेटिएको हुनु पर्ने जसले हरेक पक्ष र धारणालाई समेट्ने हुनाले निर्णय प्रभावकारी बनाउने,
 टिप्पणीमा बिषय बस्तु संग सम्बन्धित रहेर सोको कानुनी शैद्धान्तिक र ब्यबहारिक पक्षलाई समेत स्पष्ट पार्न सकिएमा टिप्पणी प्रभावकारी
हुने,

टिप्पणीको ढाँचा
प्रमुख,
कर्मचारी ब्यबस्थापन शाखा,
...............................................
...............................................
बिषय: कर्मचारीलाइ सट्टा बिदा उपलब्ध गराउने,

उपरोक्त सम्बन्धमा यस शाखाले आफ्नो काम कारबाही नियमित रुपमा सम्पादन गर्दै आएको यस भन्दा अगाडी पनि सम्बन्धित विभागमा अनौपचारिक रुपमा कर्मचारीको अभाव भएको कु रा जानकारी
गराएको व्यहोरा जनाउद छु | हाल नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिका नम्बर अन्तर्गत पठाउनु पर्ने प्रतिबेदनका लागि कारोबारहरुको नियमित प्रविष्टि आवश्यक पर्ने तर यथाअवस्थामा नियमित र ग्राहक के न्द्रित
क्रियाकलाप प्रभावकारी सम्पादन नै अधिक कर्मचारी र समय व्यथित भइ रहेको देखिन्छ |

यसै सन्दर्भमा बैंकले समेत बिगत ४ महिना देखि यहि समस्या समाधानका लागि कर्मचारीलाइ सार्बजनिक बिदामा कार्य लागे सट्टा विदा दिने प्रचलन स्थापित गरेको पाइन्छ | जसले प्रभावकारी नतिजा
समेत निकालेको र समयमा नै आफ्ना सम्पूर्ण कार्य सम्पादन प्रभावकारी रुपले गरेको देखिन्छ |

तसर्थ यस कार्यालयमा कार्य र कर्मचारी मध्य आवश्यक्ता अनुसार ३ कर्मचारीलाई आउदो ६ महिना सम्म सार्बजनिक बिदा र सनिबारका दिन कार्य गराउन सकिने प्रविष्टि र प्रतिबेदन तयार पारि नेपाल राष्ट्र
बैंकलाई समेत समयमा नै दिन सकिने यहोरा प्रस्तुत गर्द छु |

अत यसको सैद्धान्तिक र कानुनी पक्ष फु काई सो कार्यका लागि निर्णयार्थ यो टिप्पणी उठाइएको हो | जसले संस्था र शाखा समेतको ख्याती अभिवृद्धि गराई आगामी अबधिको नेपाल राष्ट्रिय बैंक निर्देशिका
समेतको परिपालन गर्न सहज हुने व्यहोरा अनुरोध गराउद छ |
बिबेक उपाध्याय

८. मानव संसाधन ब्यबस्थापन


Human Resources Management
८.१ अर्थ तथा परिभाषा:-
मानव संसाधन ब्यबस्थापन एक त्यस्तो ब्यबस्थापकीय क्रियाकलाप हो जसले संगठानात्मक वा सामुहिक लक्ष्य हासिल गर्नका निमित्त
आवश्यक मानविय श्रोत र साधनलाई प्राप्ति वा संकलन, विकास र क्रियाकलापका लागि कार्यान्वयन तथा उपभोग गराउने गर्द छ |
यसरि मानवीय स्रोत र साधन माथिको ब्यबस्थापकीय क्रियाकलापको प्रभावकारी तथा ब्यबस्थित कार्यान्वयन नै मानव संसाधन
ब्यबस्थापन भन्ने बुझिन्छ वा बुझ्न सकिन्छ |
यसमा सहि व्यक्तिको सहकार्यको लागि छनौट गरि सो कार्य सम्पादन गराउने बाताबरणका साथ सम्बन्धित व्यक्तिलाइ उत्प्रेरित गर्ने
लक्ष्यमुखी कार्य सम्पादन गराउने र संस्थागत लक्ष्य हासिल गर्ने प्रयत्न तथा मानबिय व्यवहारलाइ संके त गर्दछ |

८.२ Things To Remember (मानव संसाधन ब्यबस्थापनको विशेषता):-


 ब्यबस्थापकीय क्रियाकलाप
 मानबिय व्यवहार तथा मानबिय संसाधनसंग सम्बन्धित
 नियमित प्रक्रिया,
 संस्थागत लक्ष्यमुखी,
 व्यक्ति र कार्यको विश्लेषण र अनुमान,
 बिषयबस्तु,
 अनुशासित व्यवहार,
 मानबिय अनुभव मनोविज्ञानसंग सम्बन्धित,
 मानव संसाधनसंग सम्बन्धित क्रियाकलाप,
 सामुहिक क्रियाकलाप,
 सहि कार्य र सहि व्यक्ति बीचको तालमेल मिलाउने,

८.३ मानव संसाधन ब्यबस्थापनको उद्देश्य :-


 संस्थागत लक्ष्य हासिल गर्नु,
 संस्थामा आवश्यक र उपलब्ध स्रोत र साधनको उच्चतम प्रयोग गर्नु,
 मानबिय स्रोत र साधनको लक्ष्यमुखी र प्रभावकारी ब्यबस्थापन गर्नु,
 मानबिय साधनको उत्पादकत्व, दक्षता, क्षमतालाइ अभिवृद्धि गर्ने,
 संस्थागत समग्र कार्य क्षमता, प्रभावकारिता उत्पादन क्षमता अभिवृद्धि गर्नु,
 मानव ब्यबहरलाइ तथा क्रियाकलापलाइ संस्थागत लक्ष्यमुखी बनाउनु,
 कर्मचारी बीचको समन्वय, सहयोगी भावना र द्वन्द ब्यबस्थापन गर्न सहयोग पुर्याउनु,
 संस्थागत कार्य बाताबरण र कार्य सरोकारलाई गुणस्तरीय बनाउनु,
 संस्थाको लागत, न्यूनीकरण गरि मुनाफा वा बचत अभिवृद्धि गर्नु,
 जनसम्पर्क स्थापना र ब्यबस्थापन गर्न सहयोग पुर्याउनु,
 कर्मचारीको कार्य अधिकार, दायित्व तथा जिम्मेबारीमा स्पष्टताल्याउन,

८.४ मानव संसाधन ब्यबस्थापनको कमजोरी वा चुनौतीहरु:-


 मानव संसाधन ब्यबस्थापनसंग सम्बन्धित स्पष्ट नीति तथा योजना नबनाउनु,
 दक्ष तथा अनुभवी मानबिय संसाधनको कमि,
 शिक्षा तालिम बिकासको आवश्यक्ता र औधोगीकरणको कमि,
 दक्ष तथा अनुभवी जनशक्तिको कमि हुनु,
 संस्थागतरुपमा कर्मचारी न्यायोचित सेवा सुबिधा नियमको पालना नगरिनु,
 सहि व्यक्तिलाई सहि कार्य सुम्पन नसकिनु,
 तालिम तथा बिकासका कार्यक्रमहरु आवश्यक्तामुखी नहुनु,
 कर्मचारीलाइ दिर्घकाल सम्म संस्थामा राख्न नसकिनु,
 कर्मचारी संस्था प्रति तथा कार्य प्रति इमान्दार नहुनु,
 मानव संसाधन विकासमा लागतको उचित विश्लेषण तथा ब्यबस्थापन हुन् नसक्नु,
 संस्थागत, कृ षि, पर्यटन तथा अन्य साना ब्यबसाय ब्यबस्थित रुपमा संचालन नहुनु,

9. सुपरिबेक्षण अनुगमन र नियन्त्रण


Supervision, Monitoring and Controlling
९.१ Supervision (सुपरिबेक्षण):-
कु नै पनि संस्थामा रहेका कर्मचारीको कार्य सम्पादन क्षमता तथा दक्षता कार्य सम्पादन मुल्यांकनको आधारमा कर्मचारीले आफ्ना
अधिनस्त कर्मचारीले गरेको कार्य तथा क्रियाकलाप हेर्ने, मुल्यांकन गर्ने, सहयोग गर्ने, समन्वयको बाताबरण सिर्जना गर्ने तथा आवश्यक्ता अनुसार
सुधारात्मक प्रयत्न गर्ने समेतका कार्यको एकीकृ त रुपलाई नै सुपरिबेक्षण भनिन्छ |
यो कार्य संस्थाको संगठनात्मक संचरनाको अधिनमा रही आफ्नो समूहको कार्य प्रभावकारिता र कार्य सम्पादनको आधारलाई ब्यबस्थित
र सो को उत्पादकत्व क्षमता अभिवृद्धि गरि समूह गत प्रतिफल तथा लक्ष्य हासिलका लागि प्रयत्न गरिएको हुन्छ |
यसमा संगठनात्मक संरचना सुपरिबेक्षकको क्षमता, योग्यता, अनुभव, मान्यता तथा आबधराणा, अधिनस्त कर्मचारीको योग्यता, क्षमता,
दक्षता, मान्यता तथा स्वीकार्यता, बिभिन्न संस्थागत बाताबरण प्रबिधि तथा अन्य अबधाराणा साथै अन्य पक्ष जस्तै शैद्धान्तिक, ब्यबहारिक, तथा
प्राबिधि पक्षले समेत सुपरिबेक्षणलाइ प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाव पार्दछ |
सुपरिबेक्षणको माध्यमबाट समुहगतलक्ष्य प्राप्ति, कार्य सम्पादनमा अभिवृद्धि, सुमधुर सम्बन्ध, समन्वयात्मक बाताबरण. द्धन्द
ब्यबस्थापन, उत्प्रेना, कर्मचारीको विकास र वृद्धि जस्ता महत्वपूर्ण योगदान वा सहयोग पुर्याएको पाइन्छ |

९.२ अनुगमन (Monitoring):-


संस्थामा भए गरेका कार्य तथा क्रियाकलापको रेख देख विश्लेषण तथा मुल्यांकन, तुलनात्मक विश्लेषणको साथमा सम्बन्धित कार्यको
सूचना तथा जानकारीको साथै कार्य सम्पादन अभिवृद्धिका लागि गरिने प्रक्रिया तथा क्रियाकलापलाई अनुगमन भनिन्छ |
यो कार्य कु नै कार्य बिशेष विशेषज्ञद्धारा तोके अनुसारको कार्यको अधिनमा रही व्यक्तिगत वा सामुहिक अनुगमन गर्ने गरिन्छ |
यसबाट कार्यको कार्य सम्पादन, मुल्यांकन, कर्मचारी तथा समूहको मुल्यांकन, सामुहिक वा व्यक्तिको कार्य मुल्यांकन, आपेक्षित कार्यसंग
वास्तविक कार्यको तुलना, बिभिन्न बाताबरणको प्रभावको विश्लेषण, संस्थाको उत्पादकत्व, क्षमताको अभिवृद्धि, संगठनात्मक लक्ष्यको लागि प्रयत्न,
गुणस्तरीय बस्तु वा सेवामा सुधार, सम्बन्ध र कार्य नीति तथा कार्य बिधिको तर्जुमा गर्नका लागि सहयोग पुर्याउने देखिन्छ |
अनुगमन प्रक्रियालाइ संस्थागत कार्य नीति तथा कार्य बिधि अपेक्षित कार्य, कार्य बाताबरण तथा संस्कार, अनुगमन कार्य तालिका,
सम्बन्धित बिज्ञको क्षमता, दक्षता, आचरण र कार्य बिधि, कर्मचारीको स्वीकार्यता र सहभागिता, कर्मचारीकोक साथै अन्य बिभिन्न तत्वहरुले प्रत्यक्ष र
अप्रत्यक्ष रुपमा प्रभाव परेको पाइन्छ |

९.३ नियन्त्रण (Controlling):-


कु नैपनि संस्थामा त्यसका कर्मचारीले अपेक्षित कार्य गरिए नगरिएको मुल्यांकन तुलात्मक अध्यनका साथ वास्तविक कार्य र अपेक्षित
कार्य बिचमा भएको अन्तर पत्ता लगाई सो को करणको साथमा भरक घतौना चालिने बिभिन्न कदमलाई नियन्त्रण भनिन्छ |
नियन्त्रण आफै मा कार्य तथा लक्ष्यमुखी हुनुका साथै सम्बन्धित कार्य सम्पादनमा प्रभावकारिता ल्याउने उद्देश्यले कर्मचारीको कार्य
सम्पादन मुल्यांकन प्रभाव नतिजा कार्य बाताबरण समेतको विश्लेषण नियन्त्रणात्मक क्रियाकलापलाइ समाबेस गरि उत्प्रेणाक बिभिन्न औजारहरु
प्रयोगबाट कार्य दक्षता, क्षमता, उत्पादकत्व अभिवृद्धि गर्न प्रयत्नशिल प्रक्रियाको रुपमा स्पष्ट परिन्छ |
यस कार्यमा प्रभावकारिता ल्याउन निम्न प्रक्रिया अनुसरण गरिन्छ |
 बिभिन्न पक्षको विश्लेषण गरि उपयुक्त अपेक्षित कार्य वा कार्यमान निर्धारण गर्ने,
 वास्तविक कार्य सम्पादनको मुल्यांकन गर्ने,
 कार्यमान र वास्तविक कार्य बिचको फरक पत्ता लगाउने,
 फरक पर्नुको कारण पत्ता लगाउने,
 फरक पर्नुको कारणहरु मध्य करणको प्रकृ ति अनुसार नियन्त्रणात्मक औजारको प्रयोग गर्ने,
- कर्मचारीको क्षमता, दक्षता, इच्छा शक्ति,
- कार्य बाताबरण तथा संगठानात्मक समस्या,
- बाहय बाताबरणको प्रभाव,
नियन्त्रण क्रियाकलापलाई संगठनको संरचना, कार्य पद्दति, सूचना सम्प्रेषण तथा प्रतिबेदनको सम्प्रेषण, कार्यमा सहभागिता, उच्चतहका
कर्मचारीको व्यवहार तथा आचरण, तालिम तथा विकासका कार्यक्रम, कार्य सम्पादन मुल्यांकनको आधार, कर्यमान निर्धारणको आधार, उत्प्रेरणाका
तत्वहरु, राजनीतिक योजना तथा कार्यनीति जस्ता तत्वहरुले नियन्त्रणको क्रियाकलापलाइ प्रत्यक्ष वा अप्रयत्क्ष रुपमा प्रभाव पार्दछ |

९.४ सुपरिबेक्षण, अनुगमन र नियन्त्रणको उद्देश्य तथा महत्व :-


 संगठनात्मक वा संस्थागत लक्ष्य हासिल गर्नु तथा सो को लागि बाताबरण सृजना गर्नु |
 संस्थामा कर्यबताबरण तथा कार्य संस्कारको उचित प्रबन्ध गर्नु |
 कर्मचारीको कार्य क्षमता तथा उत्पादनशील क्षमता अभिवृद्धि गर्नु |
 कर्मचारीको कार्य सम्पादन मुल्यांकन गर्नु |
 कर्मचारीलाई कार्य प्रति उत्प्रेरित गर्नु |
 कर्मचारीलाई कार्य उत्तरदायित्व, जवाफदेहिता, जिम्मेबरिको उचित बाँडफाँड गर्नु |
 संस्थामा तालिम तथा विकासक साथै अन्य कर्मचारी के न्द्रित कार्यक्रमको योजना तथा नीति तयार गर्नु |
 संस्थाको दिर्घकालिन योजना तथा कार्यक्रम अवस्था तथा परिस्थितिको तर्जुमा र अनुमान गर्न आधार प्रदान गर्नु |
 संस्थामा उपलब्ध भएका भौतिक, वित्तीय, प्राबिधिक जस्ता अन्य गैह्र मानवीय स्रोत र साधनको उच्चतम प्रयोग गर्नु |

९.५ सुपरिबेक्षण, अनुगमन र नियन्त्रण बिचको फरक


आधार सुपरिबेक्षण अनुगमन नियन्त्रण
अर्थ तथा परिभाषा आफ्नो मातहतमा कार्यरत कर्मचारीको कु नै परियोजनाको कार्य प्रगति मापन गर्ने संगठनको पुर्ब निर्धारित उद्देश्यहरु प्राप्तिको निम्ति
क्रियाकलापहरुको अनुगमन ब्यबस्थापन, नेतृत्व ब्यबस्थापकीय क्रियाकलापलाई अनुगमन योजना बमोजिम कार्य सम्पादन भएको सुनिश्चित गर्ने
निर्देशन तथा मार्ग दर्शन गर्ने ब्यबस्थापकीय भनिन्छ | ब्यबस्थापकीय क्रियाकलापलाइ नियन्त्रण भनिन्छ |
अभ्यासलाइ सुपरिबेक्षण भनिन्छ |
उद्देश्य अधिनस्त कर्मचारीलाई प्रभावकारी कार्य सम्पादन यसको प्रमुख उद्देश्य कार्य सम्पादनको कार्य सम्पादनमा प्रभावकारिता र क्षमता अभिवृद्धि
गराउनु यसको प्रमुख उद्देश्य हो | मुल्यांकन र अवस्था हेर्नु हो | गर्नुको साथै नियन्त्रणात्मक क्रियाकलापको कार्यान्वयन
गर्नु |
सहभागिता माथिल्ला कर्मचारी र सुपरभाइजर द्धारा सुपरिबेक्षण सम्बन्धित कार्यको बिशेषज्ञको संलग्नता संस्थाको कर्मचारीका Supervisor तथा उच्च तहका
गरिने | ब्यबस्थापकको संलग्नता हुने |
प्रकृ ति सहयोगात्मक तथा सामुहिक क्रियाकलप तथा कमि कमजोरी पत्ता लगाई सल्लाह तथा नियमित कार्य सम्पादन मुल्यांकन र कार्य सम्पादनको
जिम्मेबारी हुने भएको सामुहिक प्रकृ तिको कार्य सुझाव समेत पेश गरिने भएकोले यो प्रभावकारिता अभिवृद्धि गर्ने प्रकृ तिको कार्य |
समस्याको निराकरणको उपाय गर्ने कार्य
प्रकृ तिको हुने |
कार्य वा व्यक्तिको यो कर्मचारी के न्द्रित कार्य हो | यो निश्चित कार्य सम्पादन के न्द्रित हुने | यो कर्मचारीको मध्यमबाट कार्य सम्पादन के न्द्रित हुने |
बिशेष

10.Filling and Indexing (फाइलिङ्ग र अनुक्रमणिका)

१०.१ फाइलिङ्ग
संस्थामा आवश्यक पर्ने बिभिन्न सूचना तथा जानकारी काजगपत्र दस्तावेज तथा अन्य बिभिन्न अभिलेखहरु ब्यबस्थित, बैज्ञानिक र
प्रभावकारी रुपले संरक्षण गर्ने र आवश्यकता परेको बेला सहज उपलब्ध गराई अभिलेख ब्यबस्थापनमा सहयोग पुर्याउने कार्य पद्धति वा प्रणालीलाइ नै
फाइलिङ्ग भनिन्छ |
यसमा अभिलेख क्रमबद्ध ब्यबस्थित र अभिलेखको प्रकृ ति तथा महत्वको आधारमा बर्गिकरण गरि हराउने च्यातिने नष्ट हुने जोखिम
न्यूनीकरण गर्ने प्राथमिकताका साथ संरक्षण गर्ने गरिन्छ |

१०.२ फाइलिङ्ग बिधि


 बर्नानुक्रम फाइलिङ्ग
 क्रम संख्या फाइलिङ्ग
 बिषय बस्तु फाइलिङ्ग/ बिषयगत फाइलिङ्ग
 क्षेत्रगत फाइलिङ्ग
 क्रमबद्ध फाइलिङ्ग

१०.३ फाइलिङ्गको प्रकार


क. परम्परागत फाइलिङ्ग
 पोके फाइलिङ्ग
 बाकस फाइलिङ्ग
 खोपे फाइलिङ्ग
 तार फाइलिङ्ग
ख. आधुनिक फाइलिङ्ग
 समतल फाइलिङ्ग
 ठाडो फाइलिङ्ग
 खुला बाकस फाइलिङ्ग / तखता फाइलिङ्ग
 बन्द बाकस फाइलिङ्ग / तखता फाइलिङ्ग
 झुन्डिने फाइलिङ्ग

१०.४ फाइलिङ्गका गुणहरु


 सरल पद्धति
 सुरक्षित हुनु पर्छ
 सम्बन्धित व्यक्तिको पहुच हुनु पर्छ,
 गोपनीय हुनु पर्छ
 जोखिम न्यूनीकरण
 लचकता हुनु पर्छ
 मित्तब्ययी
 अनुक्रमणिका
 प्रबिधि मैत्री
 कार्य मुखी
 कम ठाउँ ओगट्ने
 बर्गिकरण

१०.५ डिजिटल फाइलिङ्ग


 कागज पत्र वा अभिलेखलाइ Soft Copy को रुपमा रुपान्तरण
 डिजिटल प्रबिधिको प्रयोग गरि सुरक्षित राख्ने
 जस्तै: Computer, Hardware, CD Rom, Pen drive etc.
 फाइल वा कागजात हराउने, च्यातिने, नष्ट हुने सम्भावना कम गर्ने
 फाइल राख्ने ठाउ कम ओगट्नुको साथै लागत न्युकरण गर्ने,

१०.६ विधुतीय फाइलिङ्ग


 डिजिटल फाइलिङ्गलाइ अझ ब्यबस्थित पहुचयोग्य बनाउन अपनाइएको,
 कागजपत्र तथा अभिलेखलाई सहज, सरल र जहाबाट पनि पहुच बढाउने उद्देश्यले विधुतीय उपकरणको प्रयोग गरिन्छ,
 Email, Internet, Fax, Cloud, Server आदिको प्रयोग गरिने
 सम्बन्धित व्यक्तिको जिम्मेबारी तथा जवाफदेहिता बढाउने
 फाइलिङ्गको दुरुपयोग न्युकरण गरिने

१०.७ फाइलिङ्गको महत्व तथा आवश्यक्ता


 कार्यालयमा भएको बिभिन्न कागजपत्र सूचना तथा जानकारी वा अभिलेखहरु सुरक्षित राख्न
 कागजपत्र वा अभिलेखहरु हराउने, च्यातिने, नष्ट हुने सम्भावना वा जोखिमलाई न्यूनीकरण गर्ने
 आवश्यक बिभिन्न अभिलेख वा फाइलहरु भविष्यमा आवश्यकता अनुसार प्रयोग गर्न
 अभिलेखलाई आवश्यकता अनुसार कानुनी औपचारिकता दिन
 सूचना तथा जानकारी प्रदान गरि संचार प्रणालीलाइ प्रभावकारी बनाउन
 कार्यालय वा संस्थाको ब्यबस्थापकीय तथा प्रशासनिक क्रियाकलाप संचालनलाइ ब्यबस्थित बनाउन
 बिभिन्न समस्याहरुको समाधान गर्न
 कर्मचारीहरुलाई कार्य प्रति जिम्मेबार तथा जवाफदेही बनाउन
 अभिलेख ब्यबस्थापनलाई ब्यबस्थित र प्रभावकारी बनाउन
 संस्थाको पारदर्शिता सरोकारवाला प्रतिको जवाफदेहिता सेवा ग्राही मुखी सेवा प्रदान जस्ता तत्वलाई स्थायित्व र अभिवृद्धि गर्न

You might also like