You are on page 1of 5

ठूला आयोजना र यसका जटिलता

गोपीनाथ
मैनाली

विकासको अभीष्ट पूरा गर्न आयोजनाहरू सञ्चालन गरिन्छन ् ।  खास क्षेत्रको सम्भावना उपयोग
गर्न समयबद्ध रूपमा सञ्चालन गरिने क्रियाकलापको समह
ू नै आयोजना हुन ् ।  आयोजनाहरूले नै
विकास योजना र कार्यक्रमलाई कार्यरूप दिने गर्दछन ् ।  ससाना स्थानीय आवश्यकता परू ा गर्ने
आयोजनाहरू आर्थिक–सामाजिक समद्धि
ृ का लागि त्यति धेरै योगदान पु¥याउँ दै नन ्, केवल दै नन्दिनी
खाँचोसँग मात्र तिनीहरू सरोकारमा रहन्छन ् ।  त्यसैले कुनै पनि अर्थतन्त्रलाई काँचल
ु ी फेराउनु छ
भने ठूला आयोजनाहरू सञ्चालन गरिनु पर्छ, जसको स्थानीयभन्दा पनि रणनीतिक आर्थिक मह ì व
रहन्छ ।  
तर ठूला आयोजना कार्यान्वयनमा थुप्रै जटिलता र जोखिमको व्यवस्थापन गर्नुपर्छ ।  यसलाई
आयोजना व्यवस्थापनका सामान्य सिद्धान्त र प्राज्ञिक पक्षबाट हे रेर पग्ु दै न, न कुनै आयोजना
व्यवस्थापनमा प्रयोग गरिएको प्रविधि र व्यवस्थापन शैली अर्को आयोजनामा त्यही रूपमा अनुकरण
गर्न नै सकिन्छ ।  प्रत्येक आयोजना भिन्न परिवेश र सामाजिक सांस्कृतिक पक्षबाट प्रभावित
रहन्छन ् ।  आयोजनाविद् डेनिस ई रोन्दीनेलीले भनेझँै विकासशील मुलुकमा आयोजनाको पहिचान
र अध्ययन राम्रो हुँदैन, पहिचान भएका आयोजनाहरूको डिजाइन नै दोषपर्ण
ू हुने गरे को छ, राम्रा
आयोजनालाई पनि समयमा कार्यान्वयनमा ल्याइँदैन, कार्यान्वयनका क्रममा खर्चिलो तामझाम
गरिन्छ तर स्रोत साधनको कुशल व्यवस्थापनको माग त्यहीँ नै अत्यधिक हुन्छ, सरोकारवालहरूको
सहभागिता र सहयोगलाई खासै मह ì व दिइन्न, बरु प्रबुद्ध वर्गप्रति आग्रही हुन्छ ।  तर विकासशील
मल
ु क
ु मा नै ठूला आयोजनाको आवश्यकता बढी हुन्छ ।  यस्ता विरोधाभासबीच परियोजना
व्यवस्थापन गर्नु आफैं मा कठिन काम त हुँदै हो, विकासको अभीष्ट परू ा गर्न यो बाहे क अर्को विकल्प
पनि छै न ।  
किन ठूला आयोजनाहरू समस्या र जटिलतामा रुमलिएका हुन्छन ् भन्ने प्रश्नको जवाफ नै नखोजी
आयोजना व्यवस्थापनमा रहनु विकासशील मल
ु क
ु को विशेषता (बाध्यता?) हो ।  नेपालका आवधिक
योजनाहरूमा विकास योजना किन असफल हुन्छन ् भन्ने पक्षमा राष्ट्रिय योजना आयोगका तहबाट
विश्लेषण गरिँ दै आएको छ तर आयोजना तहमा अमूक आयोजना किन कमजोर भयो भन्ने तहको
मूल्याङ्कन गर्ने र त्यसबाट शिक्षा लिने परिपाटीलाई त्यति मह ì व दिइएको पाइँदैन ।  यहाँसम्म कि
राष्ट्रिय विकासमा मह ì वपर्ण
ू मानिएको राष्ट्रिय गौरवका आयोजना पनि तीन वर्षसम्म ‘शन्
ू य वर्ष’
(शून्य उपलब्धि) मा रहे को पाइन्छ ।  यसबाट सर्वसाधारणले आयोजनाबाट पाउने सेवा उपभोग गर्न
मात्र वञ्चित हुने होइनन ्, उनीहरूले तिरे को कर वा पसिनाको मूल्य पनि पाउनबाट वञ्चित हुन्छन ् । 
यसखाले प्रवत्ति
ृ बारम्बार दोहोरिइरहँदा सर्वसाधारणमा राज्य प्रणालीप्रति विश्वास घट्दै जान्छ र
राज्य औपचारिक मात्र बन्नेसम्मको खतरा आउन सक्छ ।  
ठूला आयोजनाको व्यवस्थापन सफलता नदे खिनुमा रोन्दीनेलीले भने झैँ विस्तत
ृ प्राविधिक अभ्यास
नै नगरिनु हो ।  यसको तयारी वा प्रारम्भिक चरण सबैभन्दा बढी जिम्मेवार दे खिन्छ ।  आयोजनाको
प्रभाव क्षेत्र, आयोजनाको माग, यसबाट उत्पादित सेवामा सरोकारवालाको उपयोग सामथ्र्य,
आयोजना माग पछाडि रहनसक्ने लक
ु े को स्वार्थजस्ता पक्षमा खासै ध्यान नदिई आयोजनालाई
विस्तत
ृ तयारी र लेखाजोखामा पु¥याउने गरिनाले त्यसको प्रभाव आयोजना कार्यान्वयन चरणमा
दे खिद
ँ ै आएको छ ।  अझ कतिपय ठूला आयोजना डीपीआर (विस्तत
ृ आयोजना प्रस्ताव) नै तयार
नगरी कार्यान्वयनमा जाने गरे का छन ््, जसका कारण आयोजनाको लागत, लाभग्राही, समयावधि,
प्राविधिक तथा संस्थागत क्षमता उपयोग र परिवेशबाट अपेक्षा गरिएका सहयोग पाउन सकिँदै न । 
मध्यपहाडी लोकमार्ग, बुटवल–सालझण्डी–सन्धिखर्क –ढोरपाटन जस्ता ठूला आयोजना
डीपीआरविना नै सरु
ु गरिएका थिए ।  कतिपय आयोजनाको पहिचान चरण परिपक्व नहुँदा
निर्माणस्थल पनि एकीन भएको हुँदैन, जसले कार्यान्वयनका समयमा अन्योल र विवाद ल्याउने
गर्दछ ।  पहिचानपछि आयोजनाको सम्भाव्यता अध्ययन गरिनु पर्छ ।  यस चरणमा आयोजनाको
विस्तत
ृ परीक्षण गरिन्छ, जसमा आयोजना राजनीतिक रूपमा कति सुहाउँ दो छ, प्राविधिक रूपमा
कति कार्यान्वयनयोग्य छ, आर्थिक रूपमा फाइदाजनक हो कि होइन, सामाजिक रूपमा कति
स्वीकार्य छ, वातावरणीय रूपमा कति उपयुक्त छ र मुलुकले अवलम्बन गरे को नीति प्राथमिकतासँग
कति मेल खान्छ भन्ने विश्लेषण गरिन्छ ।  नेपालको आयोजना व्यवस्थापनमा यो चरण वैदेशिक
सहायता संलग्न आयोजना बाहे क अन्यका हकमा उपेक्षित छ ।  यस चरणपछि आयोजनाको वार्ता
चरणमा स्रोत साधन र संस्थागत प्रक्रिया निर्धारण गरिन्छ, तर नेपालमा आन्तरिक स्रोतबाट
सञ्चालन हुने आयोजनाका हकमा वार्ता भन्ने कुरै रहन्न, केवल बजेट छलफलका समयमा सामान्य
औपचारिकता पूरा गरिन्छ र स्रोत साधनको निर्धारण राजनीतिक सहजताका आधारमा गरिन्छ । 
जस्तो कि चालू आर्थिक वर्ष मह ì व दिएर घोषणा गरिएका प्रमुख सडक आयोजनाहरू साँघुटार–
ओखलढुङ्गा सडक, मनाङ–मस्
ु ताङ–डोल्पा सडक, बहृ त ् लम्बि
ु नी चक्रपथ, बसन्तपरु –सभापोखरी
सडक, ओखलढुङ्गा–सोलु सडक, त्रिशुली–मैलुङ–स्याफ्रुबेसी सडक वार्ताचरणसम्मका प्रक्रिया पूरा
नगरिकनै वार्षिक विकास कार्यक्रममा प्रवेश गरे का आयोजना हुन ् ।  
ठूला आयोजनाको कार्यान्वयन चरण समयका दृष्टिकोणमा ढिलो, प्राविधिक रूपमा फितलो,
कार्यसम्पादनका हिसाबमा गण
ु स्तरहीन दे खिएका छन ् ।  कार्यान्वयन प्रभावकारी हुनका लागि
तयारी, अध्ययन र वार्ताको चरण वास्तविक हुनु अति नै जरुरी छ ।  जब अघिल्ला चरण परू ा हुँदैनन ्
वा परू ा भए पनि सतही र औपचारिक हुन्छन ्, कार्यान्वयन प्रसवपूर्ण हुने नै भयो ।  कार्यान्वयन
चरणमा साङ्गठनिक संरचना व्यवस्था, कार्यान्वयन विधि निर्धारण, जनशक्ति र बजेट व्यवस्था,
जिम्मेवारी परिभाषा, कार्ययाोजना निर्धारण, क्रियाकलाप सञ्चालन, सामाजिक एवं स्थानीय
सहयोग परिचालन, प्रभावकारी अनुगमन र यी सबै कामको सहजीकरणका कार्यहरू आवश्यक
हुन्छन ् ।  अघिल्ला चरणहरू वास्तविक नभएको अवस्थामा यसर्थ कार्यान्वयन चरण वास्तविक
बनाउन निकै कठिन पर्छ ।  कतिपय अवस्थामा कार्यान्वयन नै असम्भव समेत हुन जान्छ ।  अरुण
जलविद्यत
ु ् आयोजनाले राजनीतिक सहयोग पाउन सकेन, गत वर्ष पीडीए गरिएका अरुण र
माथिल्लो कर्णाली आयोजनाहरू वातावरणीय प्रभाव मूल्याङ्कन र जग्गा प्राप्तिको प्रक्रियाका
उल्झन भोगिरहे का छन ् ।  
अर्को, ठूला आयोजना तयारीका सन्दर्भमा थुप्रै प्राविधिक तयारीका काम गरिनुपर्ने हुन्छ, प्राविधिक
डिजाइन र विस्तत
ृ आयोजना विकास गरिनु पर्ने हुन्छ ।  तर यस प्रकारको प्राविधिक दक्षता
सरकारसँग हुँदैन ।  यस अवस्थामा विदे शी विज्ञलाई आयोजना विकास र डिजाइनको
कार्यजिम्मेवारी दिँ दा पनि उनीहरूबाट प्राप्त प्राविधिक प्रतिवेदनको जाँच, मल्
ू याङ्कन गर्न संस्थागत
क्षमताको अभाव दे खिद
ँ ै आएको छ ।  प्रतिवेदन जाँच गर्न पनि अन्य मुलुकका विज्ञहरूको सेवा
लिनुपर्दा स्थानीय परिवेश र राष्ट्रिय स्वार्थसँग मेल नखान सक्छ ।  यसले परनिर्भरता ह्वात्तै
बढाउन पनि सक्छ, व्यवस्थापनले समयमा निर्णय लिन सक्दै न ।  नेपालका ठूला विद्युत ््
आयोजनाहरू यसखाले समस्यामा दे खिन
ँ े गर्दछन ् ।  
ठूला आयोजनाको भौगर्भिक जोखिम पनि ठूलै हुन्छ ।  नेपालमा भौगर्भिक जोखिमले निजी क्षेत्रका
लगानीकर्ताहरूलाई छिटै आश्वस्त पार्दैन ।  वातावरणीय जोखिम पनि उच्च छ, जलवायु परिवर्तनले
पनि वातावरणीय जाोखिम बढाउँ दै लगेको छ ।  कुनै आयोजनालाई वातावरणीय रूपमा ठीक छ वा
छै न भनी वातावरणीय प्रभाव मल्
ू याङ्कन सम्पन्न गर्न निकै लामो अवधि लाग्ने गरे को छ ।  जसले
गर्दा सरकारी संरचनाबाट सञ्चालन हुने आयोजनाहरू त ढिलो हँुदै आएका छन ् भने
निजी÷बहुराष्ट्रिय कम्पनीबाट सञ्चालन हुने आयोजनाहरू यही कारणबाट पनि लगानी गर्न
अनुत्साह दे खाउँ दै आएका छन ् ।  वातावरणकर्मीहरू ठूला आयोजनाका विपक्षमा दे खिद
ँ ै आएका छन ्
।  भारतको चिप्को आन्दोलन, मेनका गान्धी, ग्रीनपीसको अभियानको सक्रियताले पनि प्रदर्शन
प्रभाव पार्दै आएको छ ।  नेपालका ठूला आयोजनाहरू यसका अपवाद छै नन ् ।  
ठूला आयोजनाबाट प्रभावित हुने स्थानीय बासिन्दाको व्यवस्थापन जटिल र खर्चिलो बन्दै गएको छ
।  जग्गा प्राप्ति, पन
ु र्वास, पन
ु स्र्थापनामा सबैजसाो ठूला आयोजना, विशेषतः
जलाशययक्
ु त÷बहुद्देश्यीय आयोजना प्रभावित भैरहे का छन ् ।  पश्चिम सेती, सिक्टा सिचाइ,
काठमाडौं तराई द्रत
ू मार्ग यसका उदाहरण हुन ् ।  प्रशासनिक ढिलाशुस्ती कर्मचरीतन्त्रीय संगठनको
विशेषता नै हो ।  राजनीतिक संक्रमण र यसले ल्याएको नीति अस्थिरताका लागतमा पनि ठूला
आयोजनाहरू पीडित छन ् ।  जस्तोकि तीनदशक अघिबाट पश्चिम सेती स्मेक कम्पनीको
सहभागितामा सञ्चालन गर्ने तयारी गरियो, त्यो अघि बढ्न सकेन र विगत पाँच वर्षदे खि चीनिया
कम्पनीबाट सञ्चालन गर्ने कि भन्ने सोच अघि सारिएको छ ।  काठमाडौं तराई द्रत
ू मार्ग सन ् २००८
बाट कार्यान्वयन प्रक्रियामा ल्याउन कसरत गरियो ।  यसबीच पाँचपटक मोडालिटी परिवर्तन गरियो
।  लगानीकर्ताहरू बारम्बार हुने निर्णयलाई विश्लेषण गरे र मात्र आयोजनामा लगानी सम्बन्धी
अवधारणा बनाउँ छन ् ।  राजनीतिक दलहरूलाई सल्लाह दिने विज्ञहरू नेपाली परिवेश नबझ
ु ी वा
स्वार्थपूर्ण सल्लाह दिन्छन ्, जसले राजनीतिक दललाई बहकाउन वा ‘पपुलिष्ट’ बन्न सघाउने गर्दछ
।  जसका कारण धेरैजसो ठूला आयोजनाहरू सञ्चालनमा आउन सकेका छै नन ् ।  मेलम्ची, निजगढ
विमानस्थल, हुलाकी मार्ग, रे लमार्ग, द्रत
ू मार्ग, चुरे संरक्षण कार्यक्रम, पश्चिम सेती, बढ
ु ीगण्डकी,
अरुण, माथिल्लो तामाकोशी प्रभावित हुँदै आएका छन ् ।  भविष्यमा कार्यान्वयनमा लगिने
आयोजनाहरूलाई आयोजना व्यवस्थापनका सबै चरणमा वास्तविक र कार्यान्वयनयोग्य बनाउन
थप्र
ु ै प्राविधिक कार्य गर्नु जरुरी छ । 

You might also like