You are on page 1of 4

बजेटका सिद्धान्त, प्रकार र महत्व, बजेट चक्र: बजेट निर्माण, कार्यान्वयन र मूल्याङ्कन

बजेट के हो ?

 सरकारको आम्दानी र खर्चको एक वर्षको अनुमानित विवरण ।


 राजनीतिक दस्तावेज, आर्थिक दस्तावेज, एक वर्षे योजना र सरकारको योजना।
 बजेटमा विगतको अभिलेख,वर्तमानको नियन्त्रण र भविष्यको योजना उल्लेख हुन्छ।
 संसदीय अनुमोदन र नियन्त्रणका लागि तयार गरिने।
 बजेट चक्रमा देहायका विषयहरु पर्छन।
 बजेटको सीमा निर्धारण र मार्गदर्शन
 बजेट प्रस्ताव र छलफल
 बजेट प्रस्तुतीकरण र अनुमोदन
 बजेट निकासा र खर्च
 खर्चको लेखाङ्कन
 प्रतिवेदन
 अनुगमन र मूल्याङ्कन
 लेखा परिक्षण

बजेटको महत्व

 वित्तीय उत्तरदायित्व र पारदर्शिता अभिवृद्धि गर्न


 वित्तीय अनुशासन कायम गर्न
 सरकारी खर्चको गुणात्मक प्रतिफल प्राप्त गर्न
 निजी क्षेत्र र वाह्य समुदायलाई निर्देशित गर्न

बजेटका सिद्धान्तहरु

 सन्तुलित बजेटको सिद्धान्त


 बचत बजेटको सिद्धान्त
 घाटा बजेटको सिद्धान्त

बजेटका अन्य सिद्धान्तहरु

 वैधानिकता
 लचकता
 विस्तृतता
 कार्यान्वयन योग्य
 जवाफ देहिता र पारदर्शिता

बजेटका प्रकार
 उद्देश्यमूलक वर्गिकरण: शीर्षकगत वर्गिकरण
 कार्यमूलक वर्गिकरण: साधारण र विकास
 उपलब्धिमूलक वर्गिकरण
 बनाउने तरिकाका आधारमा: बढोत्तरीमूलक, शुन्यमा आधारित, कार्यक्रम बजेट

बजेट निर्माणका आधारहरु

 नेपालको संविधान
 आवधिक योजना
 क्षेत्रगत योजना र नीति
 आर्थिक कार्यविधि ऐन तथा नियमावली
 बजेट तर्जुमा मार्गदर्शन
 सार्वजनिक खरिद ऐन र नियमावली
 सार्वजनिक सुझाव संकलन

संलग्न निकाय

 राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र विषयगत मन्त्रालय

बजेट तर्जुमाका चरणहरु

 समष्टिगत आर्थिक अवस्थाको विश्लेषण गरी बजेटको आकार र स्रोत निर्धारण गर्ने।
 खर्चको अनुमान: क्रमागत आयोजना, नयाँ आयोजना र कार्यक्रम
 राजस्व अनुमान: कू ल गार्हस्थ उत्पादनको वृद्धि, कर नीतिमा परिवर्तन
 वैदेशिक सहायता अनुमान: प्रतिवद्धता
 आन्तरिक ऋण अनुमान: कू ल गार्हस्थ उत्पादनको वृद्धि
 मन्त्रालयगत सीमा निर्धारण र मार्गदर्शन
 मन्त्रालयगत बजेट प्रस्ताव
 बजेट नीति छलफल
 विस्तृत छलफल
 बजेट मस्यौदा र प्रस्तुतीकरण
 बजेट अनुमोदन

बजेट कार्यान्वयन

 बजेटको अख्तियारी र कार्यक्रम स्वीकृ ति


 बजेट निकासा र खर्च
 लेखा र प्रतिवेदन
 रकमान्तर र स्रोतान्तर
 बजेट रोक्का र समर्पण
 आन्तरिक नियन्त्रण प्रणाली
 आन्तरिक लेखा परिक्षण

मूल्यांकन

 अनुमगन र मूल्याङ्कन: राष्ट्रिय योजना आयोग र सम्बन्धित मन्त्रालय


 राष्ट्रिय विकास समस्या समाधान समिति र मन्त्रालयगत विकास समस्या समाधान समिति
 अर्धवार्षिक र वार्षिक एकिकृ त मूल्याङ्कन प्रतिवेदन
 आन्तरिक र वाह्य मूल्याँकन
 अन्तिम लेखापरिक्षण

बजेट तर्जुमामा विद्यमान समस्याहरु

 आवधिक योजनासँग तालमेल नहुनु।


 महत्वाकाँक्षी प्रस्ताव
 बजेट तर्जुमामा संलग्न अधिकारीले प्रगतीको जिम्मेवारी लिनु नपर्ने।
 राजनीतिक आयोजनाहरुको संख्या थपिदै जानु।
 आयोजना विकासका चरण पुरा नहुँदै आयोजना प्रस्ताव गर्नु।
 आयोजनाको लागतका आधारमा बजेट छलफल नहुनु।
 नीतिगत र कार्यक्रमगत छलफल नहुनु।
 प्रतिबद्ध खर्च बढ्दै जानु।
 चालु खर्च बढ्दै जानु।

बजेट कार्यान्वनयमा देखिएका समस्या

 खरिद प्रक्रियामा अनावश्यक ढिलाई


 आयोजना पूर्व तयारीका चरण पुरा गर्न समय लाग्नु।
 निर्माण सामाग्रीको अभाव
 संस्थागत समन्वयको अभाव
 प्राविधिक क्षमताको अभाव
 अनावश्यक रकमान्तर र कार्यक्रम संशोधन
 वर्षान्तमा खर्च गर्ने प्रवृत्ति
 नागरिक अपनत्वको अभाव

मूल्यांकनमा विद्यमान समस्या

 मूल्यांकनको पृष्ठपोषण लिने प्रचलन नभएको।


 मूल्यांकनका आधुनिक विधिहरु प्रयोगमा नआउनु।
 मूल्याँकन औपचारिक मात्र हुनु।
 मूल्यांकनमा एकरुपताको अभाव।
 मूल्याँकनमा विशेषज्ञताको अभाव।
 प्रभाव मूल्याँकन नहुनु।

बजेट तर्जुमामा गर्नुपर्ने सुधारहरु

 आवधिक योजनासँग तालमेल हुनुपर्ने। मध्यकालिन खर्च संरचनाको प्रभावकारी कार्यान्वयन


 परियोजना बैंकको प्रभावकारी कार्यान्वयन
 बजेट तर्जुमा गर्ने अधिकारीले कार्यान्वयनको जिम्मेवारी लिनुपर्ने।
 आयोजनाको संख्यामा नियन्त्रण गर्ने।
 आयोजना विकासका चरण पार गरेर मात्र बजेट विनियोजन गर्ने।
 प्रति यूनिट लागतका आधारमा बजेट विनियोजन
 कार्यक्रम बजेटमा जोड
 बजेट नीति र कार्यक्रमामा पर्याप्त छलफल
 प्रतिबद्ध खर्च र चालु खर्च नियन्त्रण गर्ने।

बजेट कार्यान्वनयमा गर्नुपर्ने सुधारहरु

 खरिद प्रक्रियामा सुधार


 निर्माण व्यवसायीको नियमन
 निर्माण सामाग्रीको उपलब्धतामा सहजीकरण
 संस्थागत समन्वय
 प्राविधिक क्षमता विकासमा जोड
 अनावश्यक रकमान्तर र संशोधनमा नियन्त्रण
 बर्षान्तमा हुने खर्चमा नियन्त्रण
 नागरिक अपनत्वमा जोड

मूल्यांकनमा गर्नुपर्ने सुधारहरु

 मूल्यांकनको पृष्ठपोषण लिने र सुधार गर्ने परिपाटी बसाउने।


 मूल्यांकनका आधुनिक विधिहरु प्रयोगमा ल्याउने
 मूल्याँकनमा एकरुपता कायम गर्ने।
 मूल्यांकनमा विशेषज्ञता विकास गर्ने।
 प्रभाव मूल्याँकनमा जोड दिने।

You might also like