Professional Documents
Culture Documents
विज्ञापन 6th draft
विज्ञापन 6th draft
विज्ञापन 6th draft
रेस्टुरेन्ट : इन्टर-कट
अप्सरा उसको बच्चालाई खाना खुवाउँदै हुन्छे । बच्चा मोबाइलमा गेम खेल्दै हुन्छ। फोन बज्छ। अप्सराले हत्त न पत्त
गरेर फोन तान्छ।
माेजेक
कस्तो छ तिमीलाई?
अप्सरा भावुक हुन्छे ।
माेजेक एउटा सर्ट उठाउँछ अनि आइरन गर्न थाल्छ।
अप्सरा
ठीक छु .. तिमी नी?
माेजेक
भद्रगोल .. भित्र बाहिर।
अप्सरा
के गर्दै छौं?
माेजेक
सर्टमा आइरन गर्दै छु ।
माेजेक सर्टलाई हेर्छ अनि भावुक हुन्छ।
अप्सरा
कविता बिना कि कविता सँगै आइरन गर्दै छौं?
माेजेक
धेरै कविता सँगै। एकदम गहिरो। त्यही कविताले तिम्रो सम्झना दिलायो।
अप्सरा
तिमीलाई मैले फु जुलमा गर्ने कु राहरु कविता जस्तै लागेथेन है?
माेजेक
लागेथेन .. अब मनपर्न थालेको छ फू जुलमा महसुस गर्ने कविता .. हरेक
धर्कोमा तिम्रो याद बदलिँदै जान्छ।
अप्सरा
तिमीलाई छोराको पनि उस्तै याद आउँछ?
माेजेक अचम्म पर्छ। बच्चा मोबाइल तान्न खोज्दै रुन थाल्छ।
माेजेक
कसको?
अप्सरा
फे रि? तिमी ठीक त छौं?
अप्सराले फोन काट दिन्छे ।
कोठा - साँझ
टेलिभिजनमा विज्ञापन आइरहेको हुन्छ। पानीले भरिएको रेस्ट्ररूममा मोबाइलमा गीत सुन्दै माेजेक हग्दै हुन्छ।
मोहिनी आफ्नो हात डोरीले बटार्दै छे।
मोहिनी
तिमी म भगाम न बरु।
माेजेक
मजाक न गर न।
मोहिनी
मैले आफू लाई साँचो कु रा भन्नै सकिन। ढाँटेको नै ठीक रहेछ।
माेजेक
नाई .. नाई भनेको नाई नै हो क्या। मोहिनी .. मोहिनी।
माेजेक हात धोएर बाहिर आउँछ। टेलिभिजनमा विज्ञापन हेर्दै बस्छ।
माेजेक
मोहिनी के भयो? किन चुप लागेकी?
माेजेक पछाडि हेर्दा मोहिनी झुण्डेको देख्छ।
फे ड आउट: